थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको औपचारिकरुपमा उद्घाटन भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका हुन्। उनलाई थारु समुदायका ब्यक्तिहरुले फूलमाला दिएर स्वागत गरेका थिए। कार्यक्रममा थारु सभासद्हरुको पनि सहभागिता छ। कार्यक्रमका तस्बिरहरु थारुवानको फेसबुकमा हेर्न सक्नुहुन्छ। Continue reading “थाकसको २१औं महाधिवेशन : प्रधानमन्त्रीद्वारा उद्घाटन”
Author: admin
थारू नेतृत्व बहस
मदन चौधरी- यतिबेला थारू समुदायमा नेतृत्वको बहस भइरहेको छ। नेपालकै जेठो संस्था मानिएको थारू कल्याणकारिणी सभाको २१ औं महाधिवेशन यसै साता सम्पन्न हुँदैछ। महाधिवेशन संघारमा रहँदा कसलाई नेतृत्व सुम्पिने भन्नेबारे चर्को बहस भइरहेको छ। प्रमुख राजनीतिक दलले जसरी विवादित विषयमा सहमति प्रयास गरिरहेका छन्। त्यसरी नै थारू अगुवाहरु अब बन्ने नयाँ संविधानमा थारूका मुद्दा उठाउन सक्ने हैसियत भएको नेतृत्वको खोजीमा छन्। छठपछि अर्को थारू आन्दोलन गर्ने चेतावनी एकथरी नेताले दिइरहँदा त्यो क्षमता भएको व्यक्ति नेतृत्वमा आउनेछ कि छैन भनेर थारू समुदाय ब्यग्र प्रतीक्षामा छन्। Continue reading “थारू नेतृत्व बहस”
थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजबाट
थारूहरुको छाता संगठन थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजदेखि तीन दिन झापामा हुँदैछ। सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्दैछन्। महाधिवेशनमा तराईका २४ जिल्लाबाटै पाँच सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक चन्द्रकुमार चौधरीले बताए। Continue reading “थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजबाट”
इन्स्पेक्टरको कुटाइले हवलदार राजकुमार चौधरीको कानको जाली फुट्यो
कास्कीका एक प्रहरी इन्स्पेक्टरले आफूभन्दा तल्लो तहका सिपाही र हवल्दारलाई अंगभंग हुनेगरी कुटपिट गरेका छन्। वडा प्रहरी कार्यालय बैदामका प्रमुख सुन्दर तिवारीले कुट्दा हवल्दार राजकुमार चौधरीको कानको जाली फुटेको छ भने जवान रामबहादुर कुँवरको खुट्टा भाँच्चिएको छ। Continue reading “इन्स्पेक्टरको कुटाइले हवलदार राजकुमार चौधरीको कानको जाली फुट्यो”
घटल आकर्षण ‘थाकस’मे (थारु भाषा)
सीएन थारु- वि.सं. २००५ सालमें स्थापना करल गेल थारु कल्याणकारिणी सभा येहा आश्विन २९, ३० आ ३१ गते एकाइशौं महाधिवेशन झापामे सम्पन्न करले छै। ६६ वरिष के यी संस्था गैर सरकारी संस्था ऐन २०३४ बमोजिम काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमें दर्ता के वाद संस्थागत तवरले अपन गतिविधि सञ्चालन करे लाग्लै । यैसे पैहने कार्यसमिति केन्द्रमे बन्याके जिल्ला जिल्लामा भेला आयोजना करैत समाज सुधार सम्बन्धि प्रवचन दैत सम्पन्न हैछेलै। भाषा आ संस्कृति सम्बन्धि पत्रिका २०३३ साल से रामानन्द प्रसाद सिंह थारुके सम्पादन में प्रकाशित हेबे लाग्लै। येहेन चेतना मुलक गतिविधि तखुनका स्थितिमें परिवर्तनकारी कदम मानल जाइछेलै। Continue reading “घटल आकर्षण ‘थाकस’मे (थारु भाषा)”
थाकसलाई पूर्वमहामन्त्रीको सुझाव- शिक्षित युवालाई सहभागी गराऊ
भुलाइ चौधरी- थारु कल्याकारिणी सभाको विधानअनुसार हरेक तीन वर्षमा सभाको महाधिवेशन हुने गरेको छ । सभाको २०औं महाधिवेशन २०६८ साल दाङमा सम्माननीय प्रधानमंत्री माधव कुमार नेपालज्यूको प्रमुख आतिथ्यमा भव्यतापूर्वक सम्पन्न भएको थियो। सभाको २१सौं महाधिवेशन सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्युको प्रमुख आतिथ्यमा २०७१ साल असोज २९ गते झापा जिल्लाको विर्तामोडमा भव्यरुपमा सम्मपन्न हुने कुरो निधो भइसकेको छ । Continue reading “थाकसलाई पूर्वमहामन्त्रीको सुझाव- शिक्षित युवालाई सहभागी गराऊ”
नेपाली कांग्रेसको सात प्रदेश : दक्ष प्रजापतिको टाउको
सीएन थारु- नेपाली कांग्रेस प्रजातान्त्रिक धारको पार्टी भनी आफुलाई चिनाउने गर्छ। यहाँसम्म कि प्रजातन्त्रको रक्षक नेपाली कांग्रेस मात्र भएको दावी समेत गर्दै आएको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको आदर्श भएको स्वीकार गरे। तर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसजनहरु कसरी बुझ्दै छन् त? यसको सकली अनुहार संघीयता सम्बन्धि बहसमा स्पष्ट भइसकेको पाइन्छ। Continue reading “नेपाली कांग्रेसको सात प्रदेश : दक्ष प्रजापतिको टाउको”
काशीलाल चौधरीको अन्त्यष्टि
विर्तामोड- दुई दिनअघि निधन भएका नेपाली कांग्रेसका नेता काशीलाल चौधरीको शनिबार झापाको कनकाई माइ नदीमा थारु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ। हजारौं मलामीका बीच उनको पार्थिव शरीरमा जेष्ठ सुपुत्र कृष्ण चौधरीले दागवत्ती दिइ अन्तिम संस्कार गरिएको हो। Continue reading “काशीलाल चौधरीको अन्त्यष्टि”
थारु कल्याणकारिणी सभाको २१औं महाविधेशनको तयारी पूरा
काठमाडौं- थारु कल्याणकारिणी सभाले यही असोज २९, ३० र ३१ गते २१औं महाधिवेशन गर्ने भएको छ। झापाको विर्तामोडमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको राजधनीमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो। अध्यक्ष एवम् महाधिवेशन मूल आयोजक समितिका संयोजक चन्द्रकुमार चौधरी थारुले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा हुने जानकारी दिए। Continue reading “थारु कल्याणकारिणी सभाको २१औं महाविधेशनको तयारी पूरा”
कांग्रेसको प्रस्तवप्रति थरुहट तराई पार्टीको गम्भिर आपत्ति
काठमाडौं- नेपाली कांग्रेसले ल्याएको राज्य पुनःसंरचनाअन्तर्गत संघीय प्रदेशहरुप्रति थरुहट तराई पार्टी नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै थरुहटका अध्यक्ष भानुराम थारुले छलफलका नाममा ल्याएको ६ र ७ प्रदेशको दुई विकल्पमा थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। Continue reading “कांग्रेसको प्रस्तवप्रति थरुहट तराई पार्टीको गम्भिर आपत्ति”




