कामदार पक्रेको भन्दै संघ संगठनद्वारा विरोध

धनगढी- कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण बहादुर कुवँरले जंगलीजनावर घरमापाल्दा, जिल्ला बन कार्यालय कैलालीले उनको घरमा काम गर्ने कामदारलाई पक्राउ गरेको छ। जिल्लास्थित थारु सम्बद्ध संघ संगठनले आज एक विज्ञप्ती जारी गर्दै त्यसको विरोध गरेका छन्। Continue reading “कामदार पक्रेको भन्दै संघ संगठनद्वारा विरोध”

‘भितिया गौवर’ पर्व मनाँउदै थारु महिला

tharu lady

कमला चौधरी, बुटवल- नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो। नेपालमा बस्ने हरेकको आफ्नो छुट्टै मौलिक पहिचान छ। त्यसमा पनि पूर्व मेचिदेखि पश्चिम तराईका फाँटहरुमा बसोबास गर्ने नेपालको भूमीपुत्र मानिने थारु समुदायको आफ्नै विशेषता छ। यो समुदायको आफ्नै मनमोहक संस्कृति, लवाइखवाइ, रीतिरिवाज छ। हरेक महिना थारु समुदायले चाड मनाउँछन्। भर्खरैमात्रै नेपालीहरुको महान् चाड बडादसैं सकियो। थारु समुदायले दसैंलाई दशहराको रुपमा मनाए। दशहरा सकिएको एक हप्ता नबित्दै थारु समुदायले भितिया गौवर पर्व मनाउँदैछन्। Continue reading “‘भितिया गौवर’ पर्व मनाँउदै थारु महिला”

समाजसेवी नन्दुराज चौधरी र ‘जुनेलीके आश मे’

khgमदन चौधरी। समाज सेवामा सक्रिय नन्दुराज चौधरी ‘सर्वहित’ले एकल प्रयासमा ‘जुनेलीके आश मे’ नामक थारु एलब्म बजारमा ल्याएका छन्। भलै उनले यसको श्रेय एलब्मका नव गायकगायिकालाई दिन्छन्। तर नव प्रतिभालाई समेटेर उनले एकल प्रयासमा यो एलब्म बजारमा ल्याएका हुन्। Continue reading “समाजसेवी नन्दुराज चौधरी र ‘जुनेलीके आश मे’”

पहिचानसहितको सङ्घीयताका लागि राजधानीमा प्रदर्शन

protest-1
तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- पहिचानसहितको सङ्घीयता पक्षधर एकीकृत नेकपा (माओवादी)सहित २२ दलले प्रदर्शन गरेको छन्। नयाँ संविधानमा पहिचानसहितको सङ्घीयताका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका ती दल आज काठमाडौँ माइतीघर मण्डलदेखि संविधानसभा भवन बाहिर बानेश्वरसम्म नारा जुलुससहित सहभागी थिए। Continue reading “पहिचानसहितको सङ्घीयताका लागि राजधानीमा प्रदर्शन”

फेसबुकमा थारुहरुको बदनाम

नेपालका आदिवासी थारुहरुलाई एक फेसबुक आइडीबाट बदनाम गरिएको छ। ‘मधेसी आवाज‘नामक फेसबुक आइडीबाट थारुहरुलाई बदनाम गरिएको छ। उक्त आइडीमा हिन्दीमा लेखिएको छ, ‘कैलाली खा गया दांग, चितवत और कंचनपुर निगल गया पर थारूओं को तो देखो उन्हीं दैत्यों, मगरमच्छों नेपालियों का पुजा कर रहे है। दास बनाया, गुलाम बनाया, कमैया और कमलरी बनाकर सताया फिर भी देखो हमारे थारूओं नेपाली लोगों को भगवान समझते और हम मधेशियों को बेइमान।’ Continue reading “फेसबुकमा थारुहरुको बदनाम”

जन्मकैदको मागसहित सीके राउतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तस्बिर : देवकी विस्ट/हिमालखबर
तस्बिर : देवकी विस्ट/हिमालखबर

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतविरुद्ध राज्यविल्पवको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर भएको छ। यसअघि पटकपटक म्याद थपिँदै आएकोमा सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा नै दायर गरेको हो। मोरङमा पक्राउ परेका उनलाई ‘राज्यविरुद्धको अपराध’मा मुद्दा चलाउने तयारीसाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज २ गते काठमाडौं ल्याइएको थियो। Continue reading “जन्मकैदको मागसहित सीके राउतविरुद्ध विशेष अदालतमा मुद्दा दायर”

थाकसको २१औं महाधिवेशन : अध्यक्षमा धनिराम र चन्द्रकुमारको चर्चा

logo tharuसन्तोष दहित, दाङ, थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दिन नजिकिँदै गर्दा नेतृत्वको लागि दुई जनाको नाम चर्चा परिचर्चा जिल्लादेखि राजधानीसम्म चलिरहेको छ। विशेषगरी थारु कल्याणकारिणी सभाको शाखा रहेको जिल्लादेखि इकाइ कमिटीसम्म यसपटकको नेतृत्व कसलाई दिने व्यापक छलफल र बहस भइरहेको छ। अहिलेसम्म रुपेन्देहीबासी तथा इन्जिनियर धनिराम चौधरी र वर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीको बढी चर्चा हुँदै आएको छ। थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशन यही असोज २९ देखि ३१ गतेसम्म झापाको विर्तामोडमा हुँदैछ। Continue reading “थाकसको २१औं महाधिवेशन : अध्यक्षमा धनिराम र चन्द्रकुमारको चर्चा”

थाकसको २१औं महाधिवेशनको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

Sushil-Koirala

विर्तामोड- प्रधानमन्त्री सुशील कोइराला झापा आउने भएका छन्। थारु कल्याणकारिणी सभाको असोज २९, ३० र ३१ गते हुन गइरहेको २१औं महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री कोइराला झापा आउने भएका हुन्।  Continue reading “थाकसको २१औं महाधिवेशनको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने”

आमिर खान नेपालमा, उनी किन आए नेपाल?

Aamir khanबलिउड स्टार अभिनेता अमिर खान बुधवार कपिलवस्तु आउने निश्चित भएको छ। युनिसेफकाले जिल्लाको पकडी स्वास्थ्य चौकीमा पोषण सम्बन्धी राखेको कार्यक्रममा सहभागी हुनेछन्। युनिसेफको पोषण सम्बन्धी कार्यक्रमको सद्‍भाव दूत रहेका आमिरले कुपोषणबिरुद्धको अभियानमा अभिप्रेरणा जगाउनका लागि त्यहाँ आउने कार्यक्रम तय भएको युनिसेफ स्रोतले जनाएको छ। मंगलवार काठमाडौं आइपुगेका उनी राजधानीको होटल द्वारिकाजमा बसेका छन्। बुधवार बिहान विशेष विमानबाट भैरहवा हुँदै उनी पडकी आउने छन्।

Continue reading “आमिर खान नेपालमा, उनी किन आए नेपाल?”

भानुराम थारु नेतृत्वसहितको तीन गठनबन्धनद्वारा आन्दोलन घोषणा

morcha nकाठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा, भानुराम थारु नेतृत्व पहिचानमा आधारित संघीय गठबन्धन तथा राजन केसी नेतृत्व संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन एकीकृत भई आन्दोलनको घोषणा गरेका छन्। तीन वटै गठबन्धन एकीकृत हुँदा मोर्चामा २५ दल पुगेका छन् भने यसको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन्। Continue reading “भानुराम थारु नेतृत्वसहितको तीन गठनबन्धनद्वारा आन्दोलन घोषणा”