राजेश विद्रोही– मधेशी जनताले पटक पटक मधेशकै नेतृत्वबाट धोका खाएर होला सिके राउत प्रकरणमा मानिसहरुले आँकलन गरेनुसार मधेश तातेन । सिके राउत र सिके राउतले बोकेका विचारहरु जब राज्यले उनलाई गिरफ्तार गर्यो, तब मात्र जनताले बुझ्न पाए कि सिके राउत को हो भनेर । सिके राउतको विचारसँग सिंगो मधेश सहमत होला वा नहोला, त्यो अलग्गै कुरा हो । तर यहाँ सवाल नेपालमा सिके राउत प्रकरण किन घटित भयो भन्ने हो । Continue reading “खबरदार ! सिके राउतहरु जन्माउन बन्द गर !”
Author: admin
कञ्चनपुरमा पित्तर असराई र सखिया नाच (फोटो फिचर)
दसैको आठौं दिन अर्थात् अष्टमीका दिन थारु महिलाहरु पित्तर असराईका लागि गाउँ नजिकैको खाली स्थानमा भेला हुने गर्छन्। ती महिलाहरुले खानाका विभिन्न परिकारसँगै जाँड पनि खाने चलन छ। यससँगै थारु युवतीहरु सखिया नृत्य नाच्ने गर्छन्। कञ्चनपुरबाट गीता चौधरीले पठाएका केही तस्बिर हेर्नुस्: Continue reading “कञ्चनपुरमा पित्तर असराई र सखिया नाच (फोटो फिचर)”
सखिया नाच
यस्तो संघीय राज्य चाहिँदैन हामीलाई!
थारु नेताहरु बहसमा
पुल उद्घाटनमा सभासद्
पहाड बराबर तराईमा पनि संघीय राज्य चाहिन्छ : लेखी (अन्तर्वार्ता)
सरकारले संविधान निर्माण जारी गर्न घोषणा गरेको मिति माघ ८ गते निजिकिँदै गर्दा संविधानलाई आफ्नै अनुकूल बनाउन विभिन्न समूह र राजनीतिक दलको दबाब बढ्दै गइरहेको छ। संविधान निर्माणको लागि दबाब दिने भन्दै विभिन्न समूहका आवाज सुनिन थालेका छन्। कुनै समूहले संविधान निर्माणको पक्षमा जनमत सिर्जना गर्ने भन्दै देश दौडाहा पनि सुरु गरेका छन्। यसैबीच आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले तराईमा बहुप्रदेश हुनुपर्छ भन्ने नाराका साथ देश दौडाहा सुरु गरेका छन्। पूर्वको झपादेखि पश्चिमको महेन्द्रनगरका २२ वटा तराईका जिल्लामा अभियान चलाएका उनीसँग रुद्र खड्काले गरेको कुराकानी पढ्नुस्: Continue reading “पहाड बराबर तराईमा पनि संघीय राज्य चाहिन्छ : लेखी (अन्तर्वार्ता)”
थारु गाउँमा सखिया नाचको रौनक (भिडियो)
अत्तरिया (कैलाली)- कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको रौनकसँगै थारु गाउँमा सखियाको रौनक बढेपछि गाउँमा नाच हेर्नेको घुइँचो लाग्ने गरेको छ। दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर नाच्ने प्रचलन रहँदै आएको धनगढी नगरपालिका–६ का जग्गुराम चौधरीले बताए। Continue reading “थारु गाउँमा सखिया नाचको रौनक (भिडियो)”
नेपाल अफगानिस्तानसँग ८ रनले पराजित

एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । Continue reading “नेपाल अफगानिस्तानसँग ८ रनले पराजित”
अनेकता मे एकता थारुन् के दशहरामे बिशेष,बा बिशेषता!
रन्जना रौतार- “पचवासे खेले राजा गन्दर्भ बेल रे बृक्ष रे होना,,सखि तो रानी बेदना बेहाल,,काहे राजा पास खेले हो ”अइसन गित धेर जैसान थारु समुदाय के स्थानीय बासी के बुढ पुरनिया से लैकै युवा युवती लोगके मुह से गुन्जते रहल सुन सकल्जाइ। Continue reading “अनेकता मे एकता थारुन् के दशहरामे बिशेष,बा बिशेषता!”




