आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए सडक आन्दोलन गर्छौं : लेखी

Aadibasi diwas-3

कमला चौधरी, बुटवल- आदिवासी जनजाति महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीले पहिचानसहितको संघीयताका लागि आदिवासी जनजातिले सडक संर्घष गर्नुपर्ने बताएका छन्। २०औं आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। Continue reading “आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए सडक आन्दोलन गर्छौं : लेखी”

मानबहादुर क्षेत्री, जसको अभियानले थारु चेलीहरु मुक्त भए

  Man Bdr Chhetri-1

सन्तोष दहित– सदियौं वर्षदेखि मालिकको घरमा दासताको रुपमा जीवन बिताउँदै आएका पश्चिम तराईका थारु बालिकाहरुलाई कमलरी भनिन्छ। त्यस्तै बालकहरुलाई बालकमलर अथवा कमैया पनि भनिन्छ। अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट हजारौं बालिकालाई उद्धार गरी विभिन्न संघसस्थाले उनीहरुको रोजाइमा पढ्न चाहनेलाई स्कुल भर्ना र पढन नचाहेकालाई विभिन्न सीपमुलक तालिम तथा आयआर्जनमा सहयोग गर्दै आएका छन्। करिब १३ वर्षअघिदेखि कमलरी प्रथा उन्मुलनका लागि दाङबाट सुरु गरेको नायफ नेपाल संस्थाका कार्यक्रम संयोजक मानबहादुर क्षेत्री निकै चुनौतिका साथ यो कठोर अभियानमा लाग्नुभयो। थारु समुदायका लागि बहादुर काम गरेकाले मानबहादुर क्षेत्रीलाई प्रत्यक्षरुपमा स्यावास दिन नपाए पनि यो आलेखमार्फत् उहाँलाई स्यावास दिन चाहन्छु। Continue reading “मानबहादुर क्षेत्री, जसको अभियानले थारु चेलीहरु मुक्त भए”

सरस्वती चौधरीको ड्रिम रोल

Sarswati Chaudhary

हरेक कलाकारको ड्रिम रोल हुन्छजस्तो लाग्छ । मेरो पनि छ । त्यो यतिबेला केही हदसम्म हेनरी इब्सनको नाटक ‘हेड्डा ग्याब्लर’ ले पूरा गर्छ की जस्तो लागेको छ । अहिले रिहर्सल चलिरहेको उक्त नाटकमा म नै हेड्डाको क्यारेक्टरमा छु । जो केटी केटाहरूमाथि प्रभुत्व जमाउन चाहन्छे । समाजमा शक्ति जमाउन चाहन्छे । लेडी ह्याम्लेट जस्तै भन्दा हुन्छ । पेस्तोल चलाउँछे । जे होस्, खुलेर काम गर्न चाहने उक्त चरित्रले धेरै हदसम्म मेरो ड्रिम रोललाई बोकेको छ । Continue reading “सरस्वती चौधरीको ड्रिम रोल”

‘सावनकी डोला’ मनाउँदै राना थारु महिला

Sawanki Dola_ A Fest by Rana Tharu

अविनाश चौधरी, धनगढी- पश्चिम नेपालका राना थारु समुदायका महिलाले ‘सावनकी डोला’ पर्व मनाइहेका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायका महिलाले यो पर्वलाई सबैभन्दा ठूलो पर्वको रुपमा मनाउने चलन छ। उनीहरुले एक महिनासम्म यो पर्व मनाउने गर्छन्। Continue reading “‘सावनकी डोला’ मनाउँदै राना थारु महिला”

सामञ्जस्यको संकट

Ck Lalसीके लाल– अन्तर्राष्ट्रिय भ्रमणका जाने उच्च तहका राजनीतिकर्मीले मूलतः तीन किसिमको भूमिका गर्नुपर्ने हुन्छ। सामान्य कूटनीतिको लाभहानिभन्दा माथि उठेर इतिहासको पथ निर्माताका रूपमा प्रस्तुत हुने जिम्मेवारी बोधले राजनीतिकर्मीलाई राजनेता बनाउँछ। भूतकालका पाठ एवं भविष्यमा आकांक्षालाई वर्तमान वास्तविकतासँग जोड्ने अद्भूत क्षमता कमै राजनीतिकर्मीमा हुन्छ। त्यसैले विदेश भ्रमणमा जाने राष्ट्र वा सरकार प्रमुखहरू आफ्ना प्रस्तावित प्रस्तुतिलाई विभिन्न विशेषज्ञबाट परिमार्जित एवं परिष्कृत गराउने गर्छन्। Continue reading “सामञ्जस्यको संकट”

बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने

Shahrukh Khan

बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने भएका छन्। अन्तरार्ष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो। उनी कान्साई नेरोल्याक पेन्टस्‌का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित ‘डान्स विथ डन’ अफर ल्याएको छ। Continue reading “बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने”

मुक्त कमैयाद्वारा उच्च स्तरीय आयोग बनाउन माग

Mukta Kamaiya Press Meet-1
काठमाडौं- कमैया मुक्ति घोषणा भएको १४ वर्ष बितिसक्दा पनि सरकारले पुनःस्थापना नगरेको भन्दै मुक्त कमैयाहरुले तत्काल उच्च स्तरीय आयोग बनाउनुपर्ने माग गरेका छन्। कमैया तथा कमलरीहरुले तत्काल अधिकार सम्पन्न मुक्त कमैया पुनःस्थापना आयोग गठन गर्नुपर्ने, प्रत्येक परिवार ५ कट्ठा जग्गा उपलब्ध गराउनुपर्ने, घर निर्माण गर्न ७५ क्यूफिट काठ उपलब्ध गराउनुपर्ने लगायतका १८ बुँदे माग अघि सारेका छन्। Continue reading “मुक्त कमैयाद्वारा उच्च स्तरीय आयोग बनाउन माग”