काठमाडौं- दाइजो लिने दिने, माग गर्ने तथा दाइजोको कारण महिलामाथि हुने हिंसाजन्य कार्यमा नियन्त्रण गरी पीडितलाई न्याय प्रदान गर्ने उद्देश्यअनुरुप राष्ट्रिय महिला आयोगले मस्यौदा गरेको ‘दाइजो नियन्त्रणसम्बन्धी (कसुर र सजाय) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज आयोगका अध्यक्ष शेष चाँदताराले महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीसमक्ष पेस गरिन्। Continue reading “दाइजो माग्दै हुनुहुन्छ? १० जेल बस्न पर्ला !”
Author: admin
‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिए
काठमाडौं- आपराधिक गतिविधिमा संलग्न भई फरार व्यक्तिको सूचीमा रहेका ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिएका छन्। फरार अपराधीको खोजतलासमा विगत १० दिनदेखि सक्रिय प्रहरीले सीतापाइला–भीमढुङ्गा क्षेत्रमा अपराह्न भएको भिडन्तमा उनी मारिएका जनाएको छ। Continue reading “‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिए”
थारु समुदायको हरेरी पूजा सम्पन्न
बर्दिया- मोतिपुर–२ लक्ष्मणपुरमा हरेरी पूजा सम्पन्न भएको छ। वर्षा सकिसकेपछि खेती हरियो होस् र कुनै किसिमका किरा फट्याङ्ग्रा, रोगहरू नलागोस् भनेर यो पूजा गरिने परम्परा रहिआएको छ। विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि कुनै किसिमको खेतीमा रोग नलाग्ने जनविश्वास छ। यो पूजामा विभिन्न किसिमका खानेकुरा भात, सागको तरकारी, मकै, मिठाइ एकैठाउँमा मोलेर ठनुवामा (थारुको देवतामा) लगेर पूजा गर्ने गरिन्छ। Continue reading “थारु समुदायको हरेरी पूजा सम्पन्न”
तीन जनजाति पत्रकारलाई आइभीए अवार्ड दिइने
काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले एसियामा आदिवासी आवाज (एआपीपी) को हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०१४ (आइभीए अवार्ड) तीन पत्रकारलाई दिने भएको छ। Continue reading “तीन जनजाति पत्रकारलाई आइभीए अवार्ड दिइने”
पाँच हिरोसँग एक्ली सोनु
अभिनेत्री सोनु थारु फेरि एकपटक पर्दामा देखिने भएकी छन्। पश्चिम थारु भाषामा निर्मित फिल्म ‘मोर जंग’मा उनी देखिने भएकी हुन्। सुदूरपश्चिमबाट एक महिने सुटिङ सकाएर उनी राजधानी फर्किएकी छन्। उनले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्। समाजमा बढ्दो विकृति/विसंगतिको कथा बोकेको मोर जंगले आफ्नो करियरलाई थप बुलन्द पार्ने अभिनेत्री सोनु भन्छिन्। ‘मोर जंगले अहिलेको समाजमा बढ्दो विकृति/विसंगतिलाई देखाएको छ,’ उनले थारुवानलाई भनिन्, ‘त्यही विकृति-विसंगतिलाई चिरफार गर्न आफू पत्रकारको भूमिका निभएकी हुँ।’ Continue reading “पाँच हिरोसँग एक्ली सोनु”
पूर्वमा पाँच लिम्बुवानवादी पार्टीको एकिकरण
आधादर्जन भन्दा धेरै टुक्रामा विभाजित भएका लिम्बुवानबादी दलहरुको एकीकरण भएको छ। धनकुटाको भेडेटारमा भएको तेस्रो चरणको वार्तापछि पार्टी एकीकरण गर्ने सहमति भएको हो। तीन दिनदेखि चलेको वार्तापछि पार्टीको नाम, झण्डा र लिम्बुवान प्राप्तिको ९ बुँदे रोड्म्यापमा समेत तयार भएको बृहत लिम्बुवान एकता वार्ता समितिका संयोजक खगेन्द्र माखिमले बताए । Continue reading “पूर्वमा पाँच लिम्बुवानवादी पार्टीको एकिकरण”
सजनामा खेती प्रणाली
कृष्णराज सर्वहारी-थारूहरूको पुख्र्यौली पेशा कृषि हो । धान खेतीको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । जेठ असार लाग्दा पनि पानी नपर्दा किसानहरूले सजनाको राग छोड्छन् । Continue reading “सजनामा खेती प्रणाली”
‘अखण्ड सुदूरपश्चिमले थारुलाई अधिकारबाट वञ्चित गराउँछ’

बौनिया वार्ड नं.–५, बनकटवा, कैलालीमा वि.सं. २०३३ साल माघ १० गते जन्मिएका संविधानसभा सदस्य जनकराज चौधरी २०४८ मा कक्षा १० मा अध्ययन गर्दैगर्दा नेपाल विद्यार्थी संघको सदस्यता लिए। बुबा रामप्रसाद चौधरी तथा ठूलाबाहरु कांग्रेस राजनीतिमा लागेकैकारण सभासद चौधरी पनि सुरुमा नेपाली कांग्रेस समर्थित थिए। नेविसंघको जिल्ला सदस्य तथा क्याम्पस इकाई समितिका सभापतिको जिम्मेवारी सम्हालेका चौधरी स्नातकोत्तर अध्ययनका क्रममा राजनीतिबाट टाढा भए। Continue reading “‘अखण्ड सुदूरपश्चिमले थारुलाई अधिकारबाट वञ्चित गराउँछ’”
मधेसी नेता र मोदीको भेटवार्ता
मधेसी नेतालाई सबक सिकाउन बोलेका थिए मोदीले नेपाली
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसदलाई नेपाली भाषामा सम्बोधन गर्दा सबै चकित भए। ४८ मिनेट लामो भाषणका क्रममा उनले पहिलो तीन मिनेट नेपालीमा बोलेका थिए। धेरैले उनले ‘नेपालीहरुको भावना जित्न’ नेपालीमा भाषण दिएको ठाने। Continue reading “मधेसी नेतालाई सबक सिकाउन बोलेका थिए मोदीले नेपाली”


