अमन चौधरी– शनिबार ‘माघी मूल आयोजक समिति’ले २०७० को माघीमा भएको खर्च विवरण सार्वजनिक गर्यो। खर्च विवरणअनुसार मूल आयोजक समितिले १३ लाख ६८ हजार ८ सय आम्दानी गरेको देखिन्छ। जसमा ११ लाख २५ हजार ५ सय ८५ खर्च गरी २ लाख ४३ हजार २ सय १५ रुपियाँ बचाएको देखिन्छ। Continue reading “माघी महोत्सवको खर्च ‘जेपिटी’”
Author: admin
माघी महोत्सवको खर्चप्रति बैठकमा चर्काचर्की, खाजामा मात्र एक लाख ७० हजार खर्च
काठमाडौं- राजधानीमा हरेक वर्ष मनाइने ‘माघी महोत्सव‘मा कति खर्च हुन्छ? महोत्सवको ‘मूल आयोजक समिति’ले कुन कुन शीर्षकमा कति खर्च गर्योच? सायद यसबारे तपाईँलाई पनि जिज्ञासा लागेको हुनुपर्छ। यही खर्च विवरण तपाईँहरुमाझ थारुवान डटकमले सार्वजनिक गर्दैछ। Continue reading “माघी महोत्सवको खर्चप्रति बैठकमा चर्काचर्की, खाजामा मात्र एक लाख ७० हजार खर्च”
पहाडविरोधी भावनाबाट माथि उठ्न मधेसी नेतालाई मोदीको आग्रह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न राजनीतिक दलका मधेसवादी नेताहरुबीच भेटवार्ता भएको छ । मोदीसँगको भेटपछि नेपालका मधेसवादी नेताहरुको ‘बडी ल्याङ्वेज’ केही निराशाजनक देखिएको छ । मोदीलाई भेट्न कांग्रेस र एमाओवादीका मधेसी नेतासहित मधेसवादी दलका नेताहरु होटल हायात पुगेका थिए । तर, मोदीसँगको भेटपछि मधेसवादी दलका नेताहरु निराश बनेका छन् । Continue reading “पहाडविरोधी भावनाबाट माथि उठ्न मधेसी नेतालाई मोदीको आग्रह”
कन्या पुत्री
अभिस्ता चौधरी– कन्या पुत्री भन्नासाथ बाल्यकालको समझना आउँछ। कन्या अर्थात् बेहुली अनु पुत्री भनेको पुतला हो। खासमा कन्या पुत्री एउटा खेल हो जो बाल्यकालमा करिब सबैले खेलेको हुन्छ। कन्या र पुत्री दुबै थारु भाषाबाट आएकै शब्द हुन्। त्यसैले कन्या पुत्रीलाई थारु समुदायसँग जोड्न सकिन्छ। खास गरेर पूर्वी तथा मध्य तराईका जिल्लामा थारु समुदायका बालबालिकाहरूले यो खेल खेल्ने गर्छन्। Continue reading “कन्या पुत्री”
सिकल सेल एनिमियाले चिन्तित थारु समुदाय
काठमाडौं- बर्दिया जिल्लाको बनियाभार उपस्वास्थ्य चौकीमा हालै यस्ती स्कुले किशोरी भेटिइन्, जो पूरै शरीर एकदमै दुख्ने समस्याबाट पीडित रहिछन्। १३ वर्षीया उनी निकै समयदेखि त्यो स्वास्थ्य चौकी धाउँदै आएकी रहिछन्। तर, समस्या निमिटयान्न हुन सकेको रहेनछ। उनी आएपिच्छे स्वास्थ्य चौकीका इन्चार्ज पञ्चराम चौधरीले पीडानाशक औषधि, आइरन चक्की आदि दिएर पठाउने गर्दा रहेछन्। ‘यी किशोरीलाई आनुवांशिक रोग सिकल सेल एनिमिया भएको छ,’ पञ्चरामले भने, ‘थारू समुदायका अन्य युवासमेत यस्तै समस्या लिएर यहाँ आउने गरेका छन्।’ Continue reading “सिकल सेल एनिमियाले चिन्तित थारु समुदाय”
राष्ट्रपति-मोदी भेटवार्ता
मोदीले ‘बुद्ध नेपालमा जन्मिएको’ भनेपछि लुम्बिनीवासी खुसी
सिद्धार्थनगर- नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको भनी संसद्मा नै भाषण गरेपछि लुम्बिनीवासी खुसी भएका छन्। भारतका कतिपय नागरिकले नै पटकपटक लुम्बिनी भारतमा पर्छ भन्ने गलत प्रचारप्रसारबाट आजित भएका यहाँका बासिन्दा प्रधानमन्त्री मोदीले नै हिंसाको अन्त्य बुद्धभूमि नेपालबाट भएको भन्ने भाषणले खुसियाली बनाएको लुम्बिनी विकास कोषले जनाएको छ। Continue reading “मोदीले ‘बुद्ध नेपालमा जन्मिएको’ भनेपछि लुम्बिनीवासी खुसी”
मोदीद्वारा पशुपतिनाथमा विशेष पूजाअर्चना
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान पवित्र धार्मिक स्थल पशुपतिनाथ जानुभई आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गरेका छन्। नेपालको औपचारिक भ्रमणमा आइतबार नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले साउनको सोमबारको अवसर पारेर आज बिहान भगवान् पशुपतिनाथको विशेष पूजाअर्चना गरेका हुन्। Continue reading “मोदीद्वारा पशुपतिनाथमा विशेष पूजाअर्चना”




