थारु संयुक्त संघर्ष समिति बन्यो, मधेसीको सूचीबाट नहटाए आन्दोलन गर्ने

Chandra Kumar Chaudhary

काठमाडौं- सरकारले थारुलगायतका आदिवासी जनजातिलाई मधेसीमा सूचिकृत गरेको भन्दै थारु सम्बद्ध विभिन्न संघ-संस्थाहरु मिलेर ‘थारु संयुक्त संघर्ष समिति’ बनाएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा थारु संयुक्त संघर्ष समितिले तराईका थारुलगायत आदिवासी जनजाति र मुस्लिमलाई मधेसीमा सूचीकरण गरिएकोमा विरोध जनाउँदै आफ्नो हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिएको छ। Continue reading “थारु संयुक्त संघर्ष समिति बन्यो, मधेसीको सूचीबाट नहटाए आन्दोलन गर्ने”

थारुको पहिचान मेटाउन खोजे कोइराला सरकारलाई उखलेर फालिदिन्छौं : लेखी

Rajkumar Lekhi

काठमाडौं- राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले थारुलगायत आदिवासी जनजातिको पहिचानलाई मेटाउन खोजे सुशील कोइराला नेतृत्वको सरकालाई उखलेर फालिदिने चेतावनी दिएका छन्। ताजपुरिया समाज कल्याण परिषद्ले आयोजना गरेको ‘नयाँ वछरेर काद सिरुवा पवनी’को अवसर बोल्दै उनले थारुलाई मधेसीमा सूचीकरण गरेको भन्दै सो चेतावनी दिएका हुन्। Continue reading “थारुको पहिचान मेटाउन खोजे कोइराला सरकारलाई उखलेर फालिदिन्छौं : लेखी”

संगीतसहित साहित्यिक बखेरी

SAMSUNG CAMERA PICTURES

सोम डेमनडौरा, नेपालगञ्ज- ‘थारु हम्र हुई अश्ली स्वदेशी’ साहित्यकार कृष्णराज सर्बहारीको मुक्तकसँगै सुरु भएको थियो साहित्यिक तथा सांगीतिक बखेरी। नयाँ वर्षको उमंगसँगै साहित्यवाचन गर्न र संगीतमा झुम्न तयार थिए कार्यक्रमका सहभागीहरु। नयाँ वर्षलाई खुसी र परिवर्तनको रंग दिन थारुभाषी साहित्यकारहरु संगीतसहित साहित्यिक बखेरी सम्पन्न गरेका छन्। कार्यक्रममा नयाँ वर्ष २०७१ सालको शुभकामना आदान प्रदान पनि गरिएको थियो। Continue reading “संगीतसहित साहित्यिक बखेरी”

थारु समुदायमा सिरुवा पर्व

siruwa
बुद्धसेन चौधरी
– सिरुवा पर्व थारुहरुको महान चाड हो। यो पर्व थारु समुदायमा प्राचीन कालदेखि चलिआएको विश्वास गरिन्छ। यस पर्वलाई मौसम परिवर्तन अर्थात् गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ। गर्मीबाट बच्नको लागि पानीको बढीभन्दा बढी प्रयोग हुने भएकाले र पानीले सितलता प्रदान गर्ने हुनाले यसलाई जुरसितल पनि भनिन्छ। Continue reading “थारु समुदायमा सिरुवा पर्व”

पूर्वी तराईमा सिरुवा मनाइँदै

siruwa-jhapa

अर्जुन राजवंशी, उर्लाबारी- नयाँ वर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाँड सिरुवा पर्व आजदेखि सुरु भएको छ। मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व विशेषरुपमा मनाउने गर्छन्। सिरुवा पर्वअन्तर्गत आज ‘पानी’ सिरुवा मनाइँदैछ। वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ। Continue reading “पूर्वी तराईमा सिरुवा मनाइँदै”

निर्वाचन विधेयक बनाइल थारून् मधेसी

मिनराज चौधरी
मिनराज चौधरी

मिनराज चौधरी– चैत ११ गते चलल संविधानसभा/व्यवस्थापिका संसदक बैठकम फरक मेराईक माहौल रह। कारण संविधान सभाम प्रतिनिधित्व करुईया नेपाली का“ग्रेसबाहेक सक्कु थारू पार्टीक् सभासद एक्क होक संविधानसभा सदस्य निर्वाचन विधेयक २०७० ओ नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) विधेयक, २०७० समावेशी विधेयकम थारू जातिह मधेसी कोटामन ढरल विरुद्धम संशोधनक प्रस्तावक पक्षम जोरदार आवाज उठैल रलह। तर बिडम्बना ओत्रा सशक्त आवाज उठैटी–उठैटी फे थरुहट तराईक आदिवासी थारू, जनजातिसहित मुसलमान समुदायक लाग दुर्भाग्य बनल। Continue reading “निर्वाचन विधेयक बनाइल थारून् मधेसी”