तमु विद्यार्थी सम्मानित

student

बुटवल- समाज परिवर्तनका लागि शैक्षिक जागरणले महत्वपुर्ण भूमिका खेल्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्। उनीहरुले गुरुङ समाजलाई समृद्ध बनाउन उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई समाजलाई प्रोत्साहन गर्ने कार्यक्रम ज्यादै सराहनीय भएको बताएका थिए। Continue reading “तमु विद्यार्थी सम्मानित”

मञ्चद्धारा कमलरीमाथि भएको आगलागी घटनाको छानबिन माग

agalagi_kamalari_dang

सन्तोष दहित, दाङ- मुक्त कमलरी विकास मञ्च दाङले कमलरी सरिता चौधरी र अनिता चौधरीमाथि भएको आगलागीको छानबिन माग गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै मञ्चले सो घटना शंकास्द भएको भन्दै छानबिन माग गरेको हो। घटना घटेको दुई हप्तासम्म बाहिर नआउनु, घाइतेहरुलाई लुकाएर उपचार गर्नुमा केही रहस्य रहेको भन्दै छानबिन माग गरेको मञ्चका जिल्ला अध्यक्ष उर्मिला चौधरीले बताइन्। Continue reading “मञ्चद्धारा कमलरीमाथि भएको आगलागी घटनाको छानबिन माग”

‘सोनाम लोछार’ मनाइँदै

sonam-lhosarकाठमाडौं- तामाङ समुदायको नयाँ वर्ष २८५०औं ‘सोनाम लोछार’ शुक्रबार मनाइँदै छ। ‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो। सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ। विशेषगरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन्। Continue reading “‘सोनाम लोछार’ मनाइँदै”

एमाले दलको नेतामा सहमति जुटेन, ओलीद्वारा ‘एक व्यक्ति एक पद’को अडान

CPN_Uml_Buildingकाठमाडौं- नेकपा एमालेको संसदीय दलको नेता चयनमा सहमतिको सम्भावना क्षीण भएपछि यही माघ २१ गते दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ। दलको नेता को बन्ने भन्ने विषयमा पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल भए पनि बिहीबार बसेको स्थायी कमिटीको बैठकमा औपचारिकरूपमा त्यस विषयले प्रवेश नपाएकाले मङ्गलबार दलको नेता चयन गर्ने निर्णय भएको छ। बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई निर्वाचनको आवश्यक प्रक्रिया प्रारम्भ गर्न निर्देशन पनि दिएको छ। Continue reading “एमाले दलको नेतामा सहमति जुटेन, ओलीद्वारा ‘एक व्यक्ति एक पद’को अडान”

तेजाब सल्किँदा दाङमा कमलरीसहित दुई बालिका घाइते

agalagi_kamalari_dangसन्तोष दहित, दाङ- जिल्ला विकास समिति दाङका एक कर्मचारीको घरमा एक कमलरीसहित दुई बालिका जलेर गम्भिर घाइते भएकी छन्। हेकुली-१ बैबाङ निवासी १६ वर्षीया अनिता चौधरी र सोही ठाउँकी सरिता चौधरी जलेर घाइते भएकी हुन्। अनिता चौधरीको दाँया खुट्टाको पूरै भाग जलेको छ भने सरिता चौधरीको हातमुख जलेका छन्।  Continue reading “तेजाब सल्किँदा दाङमा कमलरीसहित दुई बालिका घाइते”

फेसबुकको १० वर्षे यात्रा

Facebook

एजेन्सी- सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन्। यस अर्थमा फेसबुक संसारकै सबैभन्दा ठूलो परिवार बन्न सकेको छ। Continue reading “फेसबुकको १० वर्षे यात्रा”

बुलन्द विद्या

Bidha Balanएजेन्सी- अभिनेत्री विद्या बालनले बलिउडमा अभिनेत्रीको परम्परागत छवि (हिरोको वरिपरि रिङिरहने सुन्दर युवती) लाई  चुनौतीमात्र दिइनन्, यसलाई भत्काइ नै दिइन्। पुरुषप्रधान बलिउडमा ‘हिरोलाई छायामा पार्ने हिरोइन’को परिचय बनाइन् र पद्मश्रीजस्तो भारत सरकारले प्रदान गर्ने चौथो ठूलो नागरिक सम्मानबाट विभूषित भइन्। Continue reading “बुलन्द विद्या”

गायक बने रोनाल्डिन्हो

ronaldinoएजेन्सी- ब्राजिलका फुटबल खेलाडी रोनाल्डिन्हो गायक बनेका छन्। ब्राजिलियन पोर्चुगिज भाषाको ‘भाइ ना फे’ अर्थात् ‘विश्वासका साथ अघि बढ’ बोलको र्याोप गीतमा उनले र्यािपर इडसिटीसँगै गीत गाएका हुन्। ३३ वर्षका यी खेलाडीले गाएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ। भिडियोमा उनलाई स्टुडियोमा गीत गाइरहेको देख्न सकिन्छ। Continue reading “गायक बने रोनाल्डिन्हो”

थारू संस्कृतिसम्बन्धी अन्तर्क्रिया

मानबहादुर पन्ना- सुर्खेत- थारू कल्याण कारिणी सभा सुर्खेतले वीरन्द्रनगरमा सचेतना अभिवृद्धिसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम माघ ९ गते सम्पन्न गरेको छ। थारूहरुको थारू भाषा संस्कृति धरायसी बन्दै गएकाले यसप्रति जागरुक गराउन कार्यक्रम गरिएको आयोजकले बताएको छ। Continue reading “थारू संस्कृतिसम्बन्धी अन्तर्क्रिया”

हत्या आरोपी सभासद् मण्डललाई झिकाउन सर्वोच्चको आदेश

Lalendra kumar mandalकाठमाडौं- कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएका सभासद् लालेन्द्रकुमार मण्डललाई उपयुक्त दिन झिकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ‘जारी पक्राउ पुर्जी तथा अन्तरिम संविधानको धारा ७७(५) समेतको परिप्रेक्षमा दुबै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न वाञ्छनीय हुँदा विपक्षीहरूलाई उपयुक्त दिन तोकी अन्तरिम आदेश जारी हुने या नहुने विषयमा छलफल गर्न झिकाउनु’ भनेको छ। Continue reading “हत्या आरोपी सभासद् मण्डललाई झिकाउन सर्वोच्चको आदेश”