एमाओवादीले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

ucpn moist flagकाठमाडौं- एकीकृत नेकपा(माओवादी)ले आगामी वैशाखमा साङ्गठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले साङ्गठनिक राष्ट्रिय सम्मेलनको मिति तय गरेको हो। यसअघि विशेष राष्ट्रिय महाधिवेशन गर्ने बताउँदै आए पनि साङ्गठनिक संरचना टुङ्ग्याउन विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  Continue reading “एमाओवादीले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने”

बलात्कारविरुद्ध एप

nirbhaya_app_features

एजेन्सी- कुनै समय रहस्यमयी कम्प्युटर प्रविधि अब मानव जीवनको हरेक पक्षका लागि अनिवार्य बन्दै गएको छ। ग्याजेट र त्यसपछि बन्दै गरेका सफ्टवेयरले मानवीय जीवनलाई नै प्रभावित पार्दै छन्। तपाईं अखबार मोबाइलको एउटा एपकै भरमा पढ्न सक्नुहुन्छ। नागरिक दैनिक या शुक्रवार साप्ताहिकका सामग्रीका लागि नागरिक न्युज एप भए पुग्छ। लोडसेडिङको चर्को मार खेपिरहेका सबैलाई नेपाल विद्युत प्राधिकरणले नै एप तयार गरेर राखिदिएको छ। मोबाइल प्रविधिको विकासले वेब एड्रेसलाई कमजोर पार्दै लगेको छ। Continue reading “बलात्कारविरुद्ध एप”

अघिल्लो संविधानसभाको सहमति यथावत् राख्न कार्यदल

CA-buildingकाठमाडौं- अघिल्लो संविधानसभामा भएका सहमतिलाई वर्तमान संविधानसभामा यथावत् राख्न प्रमुख तीन राजनीतिक दलका दुई दुई सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रमुख तीन राजनीतिक दलको आज साँझ बसेको बैठकले अघिल्लो संविधानसभामा भएका सहमतिलाई कायम राख्दै संविधानसभाको एक वर्षभित्र संविधान निर्माण गर्न सो कार्यदल गठन गरिएको हो। Continue reading “अघिल्लो संविधानसभाको सहमति यथावत् राख्न कार्यदल”

सरकारमा सहभागी नहुने एमाओवादी निर्णय

Del416125काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको ठहर गरेको हो। Continue reading “सरकारमा सहभागी नहुने एमाओवादी निर्णय”

सरकारद्वारा छ वटा अध्यादेश पेस

Joj:yflksf ;+;bsf] a}7sdf ;xefuL ;ef;bx? . tl:j/ M /f;;÷/Tg >]i7काठमाडौं- व्यस्थापिका–संसद्को आजको बैठकमा सरकारले विभिन्न छवटा अध्यादेश पेस गरेको छ। बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ पेस गरेका थिए। Continue reading “सरकारद्वारा छ वटा अध्यादेश पेस”

युएईमा माघी (फोटोसहित)

UAE_tharu-1 दुबई- युएई बस्ने थारु समुदायले नयाँ वर्ष अर्थात् माघी मनाएका छन्। प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले आफ्नो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए। कामको सिलसिलामा जुनसुकै ठाउँ पुगे पनि आफ्नो संस्कृति बिर्सन नहुने उनीहरुको तर्क थियो। दुबईको एभरेष्ट होटलमा ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष तथा समाजको दोस्रो भेला विधिवत रुपमा सम्पन्न भएको हो।  Continue reading “युएईमा माघी (फोटोसहित)”

राष्ट्रका ३४ सिआइपीलाई राष्ट्रपतिको सम्मान

तस्बिर सौजन्य : प्रदीपराज वन्त/रासस
तस्बिर सौजन्य : प्रदीपराज वन्त/रासस

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले मुलुकको आर्थिक विकास तथा निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याएबापत् आज विभिन्न १५ शीर्षकमा ३४ जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान’ प्रदान गरे। वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित समारोहमा स्वदेशी तथा विदेशी उद्यमी/व्यवसायीलाई सम्मान गरिएको हो। सम्मानितहरूलाई प्रमाणपत्र, परिचयपत्र र लोगो प्रदान गरियो।  Continue reading “राष्ट्रका ३४ सिआइपीलाई राष्ट्रपतिको सम्मान”

सरदार र राधादेवीको प्रेम!

किरण भट्टराई, इटहरी- आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ। तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन्। भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन। त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्, जो आफ्नो प्रेम प्राप्त गर्न जस्तोसुकै बाधा अवरोध पन्छाउन सक्षम हुन्छन्। अपाङ्गता भएका व्यक्तिलार्ई हेय दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा पनि सबै सुख सुविधा त्यागेर अपाङ्गता भएको व्यक्तिलाई नै जीवन साथी रोज्न सक्नु कम ठूलो साहस होइन। Continue reading “सरदार र राधादेवीको प्रेम!”

कोरिया जाने नेपालीले बैंक खाता खोल्नैपर्ने

koreaकाठमाडौं- गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरेको नयाँ व्यवस्थाअनुसार उक्त प्रणालीअन्तर्गत रोजगारीका निम्ति कोरिया जाने नेपालीले आफ्नो देशमा आफ्नै नाममा बैंक खाता खोलेर त्यसको विवरण यहाँस्थित इपिएस कार्यालयमा बुझाउनुपर्ने नयाँ नियम जारी गरेको हो। कोरियाली सरकारले श्रम तथा रोजगार मन्त्रालयलाई उक्त व्यवस्था गर्न र कामदारले उपलब्ध गराएको विवरण कोरिया पठाउन गरेको अनुरोधअनुसार नेपाली श्रमिकले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा खाता खोल्नुपर्नेछ। Continue reading “कोरिया जाने नेपालीले बैंक खाता खोल्नैपर्ने”

ब्यवस्थापिका संसद्‍को पहिलो बैठकमा दलहरु एकजुट हुनुपर्नेमा जोड

तस्बिर सौजन्य : दीपेश श्रेष्ठ
तस्बिर सौजन्य : दीपेश श्रेष्ठ

काठमाडौं- व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गरेका ३० दलका शीर्ष नेताले संविधान निर्माण, मुलुकको राजनीतिक स्थायित्व लोकतन्त्रको सुदृढीकरण र विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा पुनः जोड दिएका छन्। आइतबारदेखि प्रारम्भ भएको व्यवस्थापिका–संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै नेताहरूले छ दशकभन्दा लामो समयदेखि जनचाहनाबमोजिमको संविधान निर्माण गर्ने उद्देश्य पूरा नभएको भन्दै राजनीतिक मतभेद त्यागेर छ महिनामा संविधान बनाएर एकवर्षभित्र त्यसलाई जारी गर्ने लक्ष्य पूरा गर्नैपर्ने बताए। Continue reading “ब्यवस्थापिका संसद्‍को पहिलो बैठकमा दलहरु एकजुट हुनुपर्नेमा जोड”