Author: admin
ढकियाबाट आम्दानी
थारु कला
बर्दियामा थारु युवती
चार कमलरीको उद्धार
सन्तोष दहित, दाङ- दाङको सदरमुकाम घोराहीको विभिन्न ठाँउबाट छापामारि चार जना कमलरीको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी विलाल पन्थको निर्देशन तथा जिल्ला बालकल्याण समिति दाङको अगुवाइ र मुक्त कमलरी विकास मञ्चको सहयकार्यमा आजदेखि दाङमा कम्लरी छापा मार्ने अभियानको थालनी गरिएको छ। सुरुवातको दिन घोराही दामोदर नजिकै कपडा पसल रहेको पदम श्रेष्ठको घरबाट घोराही ११ रतनपुरका इन्द्रमणी चौधरीको १५ वर्षीया लक्ष्मी चौधरीलाई उद्धार गरिएको हो। Continue reading “चार कमलरीको उद्धार”
आम्दानीको बाटो बन्दै ढकिया
कमला चौधरी, बुटवल- दिनभर घर काम गर्छिन् सुशिला। घर व्यवहार, बच्चाहरुलाई सम्हाल्नेदेखि मात्रै नभएर फुर्सदमा बाँकी बचेको समय ढकिया बुन्नमा व्यस्त हुन्छिन्। एकैछिन् हात खाली भयो कि हातमा सियो आकारकै छेद्ना, कैंची, मौनी लिग्छिन्। बसेर ढकिया बनाउन सुरु गर्छिन्। कतिपय अवस्थामा ढकिया बनाउनका लागि आवश्यक पर्ने सामग्री घर नजिकै नपाइने भएकाले उनी घरको काम भ्याएर थोरै समय निकालेर जंगल जान्छिन्। जंगलमा गएर मुजा, पुजा कास ल्याइ सुकाउनमा व्यस्त हुन्छिन्। Continue reading “आम्दानीको बाटो बन्दै ढकिया”
सूचना प्रविधि मेला सुरु
काठमाडौं- सूचना तथा सञ्चार प्रविधिको महाभेला ‘क्यान इन्फोटेक २०१४’ को २०औं संस्करण भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आजदेखि सुरु भयो। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)द्वारा आयोजित सो महाभेला पुस २३ सम्म जारी रहने छ। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका पछिल्ला नवीनतम प्रविधिलाई सो प्रदर्शनीमा राखिएका छन्। Continue reading “सूचना प्रविधि मेला सुरु”
पार्टीलाई सहयोग गरेका तर समानुपातिकमा नपरेकाहरु
काठमाडौ- समानुपातिकमा पर्ने अभिभारा बोकेर एमाओवादी प्रवेश गरेका थारु कल्याणकारिणी सभा (थाकस)का केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीलगायतका नेता यतिबेला जिल्ल परेका छन्। थारुको छाता संगठन मानिने थाकसका केन्द्रीय अध्यक्षको पार्टी प्रवेशलाई लिएर थाकस पदाधिकारीबीच पदमा बस्न हुने नहुनेबारे चर्चा चलेको थियो। तर यसअघिका पदाधिकारीहरु पनि थाकसको जिम्मेवारी सम्हाल्दै कुनै न कुनै पार्टीसँग आबद्ध भएपछि त्यो कुरा चर्चामै सिमित बन्यो। Continue reading “पार्टीलाई सहयोग गरेका तर समानुपातिकमा नपरेकाहरु”
गच्छदारलको मनोमानीप्रति उपाध्यक्षहरु असन्तुष्ट, रामजनमसहित चार जनाको राजीनामा
काठमाडौं- फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोमानी ढंगले समानुपातिकतर्फको सभासद् छनौट गरेको भन्दै निर्वाचित सदस्यसहित चार जनाले राजीनामा दिएका छन्। गच्छदारले पार्टीका नेतालाई भन्दा पनि आर्थिक लेनदेनको हिसाबले सभासद् छनोट गरेको आरोप लगाएका छन्। राजीनामा दिने कैलाली ३ बाट विजयी भएका रामजनम चौधरी, केन्द्रीय सदस्य मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकी छन्। Continue reading “गच्छदारलको मनोमानीप्रति उपाध्यक्षहरु असन्तुष्ट, रामजनमसहित चार जनाको राजीनामा”
दोस्रो संविधान सभामा प्रतिनिधित्व जनाउने थारु सभासद्

मदन चौधरी, काठमाडौं- दोस्रो संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरी हालसम्म ४२ जना थारु सभासद् सहभागी हुने भएका छन्। प्रत्यक्षतर्फ १९ र समानुपातिकतर्फ २३ गरी ४२ जना थारु सभासद् संविधान सभामा सहभागी हुने भएका हुन्। सबैभन्दा बढी नेपाली कांग्रेसबाट १३ जना थारु सभासद्ले संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्। Continue reading “दोस्रो संविधान सभामा प्रतिनिधित्व जनाउने थारु सभासद्”





