काठमाडौं- मधेसवादी दलले पनि समानुपातिक सूचीको टुंगो लगाएको छ। उपेन्द्र यादवबाहेकका दलमा ६ जना थारु ब्यक्ति परेका छन्। विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि समानुपातिकतर्फो सूची टुंगो लगाएको छ। फोरम लोकतान्त्रिकले आशा चर्तुबेदी, डा. बाबुराम पोखरेल, गिता राणा, डा. सुबोध पोखरेल, दिनबन्धु अग्रवाल, रमनी राम, पवनकुमार सारडा, सुमित्रा थरुनी, योगेन्द्र चौधरी र कल्पना चौधरीको नाम टुंगो लगाएको हो। Continue reading “मधेसी दलमा ६ थारु सभासद्, फोरम लोकतान्त्रिकमा तीन जना”
Author: admin
कांग्रेस समानुपातिकमा डिल्ली चौधरीसहित ६ जना छनोट
नेपाली कांग्रेसले पार्टीकातर्फबाट संविधान सभामा जाने समानुपातिक सभासदको सूची टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकमा उपसभापति रामचन्द्र पौडेलसहित १५ जनाले असहमति रहँदा रहँदै पार्टीले सूचिलाई अन्तिम रुप दिएको हो। कांग्रेसको ९१ जना समानुपातिक सभासदमध्ये ६ जना थारु ब्यक्ति परेका छन्। जसमध्ये सावित्रीदेबी चौधरी, भोटनी देवी खवास, शान्ति देबी चौधरी, बुद्धिसागर चौधरी, डिल्ली बहादुर चौधरी र प्यारेलाल राना छन्। भोटनी देबी खबास यसअघि पनि कांग्रेसको समानुपातिक सभासद् बनेकी थिइन्। यसअघि नेकपा एमालेले समानुपातिकमा चार जना थारु ब्यक्ति छनोट गरेको थियो। Continue reading “कांग्रेस समानुपातिकमा डिल्ली चौधरीसहित ६ जना छनोट”
बाबुको हत्या आरोपमा छोरा पक्राउ
रौतहट- रौतहटको लक्ष्मीनियाँ गाविस–२ विजयपुर टोलमा गएराति छोराको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ। सत्तरी वर्षीय सुकदेव दास तत्माको गएराति कुटपिटको कारण ज्यान गएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा २८ वर्षीय छोरा वीरेन्द्रदास तत्माले बाबु सुकदेवलाई निर्घात कुटपिट गरेका थिए। Continue reading “बाबुको हत्या आरोपमा छोरा पक्राउ”
कमल थापाको राप्रपा नेपाल फुट्यो
काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपाल फुटेको छ। सविधान सभा निर्वाचनमा समानुपातिकतर्फ अप्रत्यासितरुपमा २४ सिट ल्याएर चौथो ठूलो दल बनेको राप्रपा नेपाल संविधान सभा नबोलाइँदै फुटेको हो। थापा नेतृत्त्वको राप्रपा नेपालमा समानुपातिक सभासदको सूची सार्वजनिक भएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्। Continue reading “कमल थापाको राप्रपा नेपाल फुट्यो”
भाषासेवी सगुनलाल चौधरी र गोचाली दिवस
कृष्णराज सर्वहारी– २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका “गोचाली” ले २०७० बैशाख ८ गते स्थापनाको त्रीचालीसौं बर्ष गाँठ मनायो। गोचालीका संस्थापक सम्पादकमध्ये एक सगुनलाल चौधरीको गाउँ बर्दियाको सेमरहवामा मनाइएको गोचाली दिवसका अवसरमा मन्तव्य राख्ने तथा रचना बाचन गर्ने प्रायः सबैले उनलाई सम्झिए। Continue reading “भाषासेवी सगुनलाल चौधरी र गोचाली दिवस”
एमालेको समानुपातिक सूचीप्रति दाङ र सुनसरीका थारु नेताहरुको आपत्ति
देवेन्द्र बस्नेत, दाङ- नेकपा एमालेका दुई जना केन्द्रीय सचिवको गृहजिल्ला दाङमा समानुपातिक सभासद चयन विभेद्पूर्ण भएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ। पार्टी केन्द्रीय सचिवद्धय शंकर पोखरेल र युवराज ज्ञवाली दुबै यही जिल्लाबाट प्रतिनिधित्व गर्छन्। समानुपातिकतर्फ सभासद चयन गर्दा यहाँबाट जातिगत र क्षेत्रीय सन्तुलन नमिलाइएको भन्दै असन्तुष्टिका स्वरहरु बाहिर आएका हुन्। एमालेले शुक्रबार राति समानुपातिकतर्फका सभासदको टुंगो लगाएको थियो। Continue reading “एमालेको समानुपातिक सूचीप्रति दाङ र सुनसरीका थारु नेताहरुको आपत्ति”
चिसोका कारण सप्तरीमा एकको मृत्यु
सप्तरी- विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन्। अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिए। Continue reading “चिसोका कारण सप्तरीमा एकको मृत्यु”
एमालेको समानुपातिकमा चार जना थारु सभासद्
काठमाडौं- नेकपा एमालेले टुंगो लगाएको ८४ सभासद्मनध्ये चार जना थारु समुदायका परेका छन्। गोकर्ण रिसोर्टमा शुक्रबार अबेर सकिएको स्थायी समिति बैठकले पार्टीलाई प्राप्त ८४ सिटको नामावली टुंगो लगएको थियो। चार जना थारु प्रतिनिधि भने क्रमशः नगेन्द्र चौधरी (पर्सा), विश्राम चौधरी (कपिलवस्तु), कृपाराम राना (कञ्चनपुर) र रवनी चौधरी (कैलाली) छन्। दोस्रो संविधान सभाको चुनावमा १९ जना थारु उम्मेदवार विजयी बनेका थिए। जसमध्ये ५ जना एमालेबाट विजयी भएका थिए। पर्सा–५ बाट जयप्रकाश थारु, सप्तरी–४ बाट ताराकान्त चौधरी, उदयपुर–२ बाट मञ्जुकुमारी चौधरी, बारा–५ बाट बलबीर चौधरी र नवलपरासी–४ बाट बैजनाथ चौधरी एमालेबाट निर्वाचित सभासद् हुन्। Continue reading “एमालेको समानुपातिकमा चार जना थारु सभासद्”
जसले बलिउडको इज्जत राखे
व्यापारिक दृष्टिकोणबाट बलिउडका लागि सन् २०१३ फलदायी रह्यो। सय करोड क्लबमा थुप्रै फिल्म दर्ता भए। चेन्नई एक्सप्रेस, क्रिस–३ र धुम–३ ले कारोबारका हिसाबले तहल्का मच्चाए। सिक्वेल फिल्मको ओइरो लाग्यो, यो वर्ष। धुम–३, क्रिस–३, रेस–२ र वान्स अपन अ टाइम इन मुम्बई–२, सत्या–२ र यम्ला पगला दिवाना–२, सुटआउट एड वडालाजस्ता फिल्मले राम्रो प्रशंसा कमाए। चेन्नई एक्सप्रेस, ये जवानी है दिवानी, रामलीला, भाग मिल्का भाग, ग्रान्ड मस्ती आदि फिल्मले पनि बक्स अफिसमा राम्रो उपस्थिति दर्शाए। बक्स अफिसमा राम्रो कारोबार गरे पनि यी फिल्म स्तरीयताका कसीमा भने खरो उत्रन सकेनन्। केही फिल्मले उति राम्रो कारोबार नगरे पनि फिल्म समीक्षकहरूबाट मनग्गे तारिफ पाए। यिनलाई बलिउडको ‘इज्जत’ धानिदिने फिल्ममा गनियो। Continue reading “जसले बलिउडको इज्जत राखे”
लोपोन्मुख थारु लोककला (फोटो फिचर)
मुकेश टेंर्रा, धनगढी- महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘लक्ष्य’ कवितामा भनेका छन्, ‘लक्ष्य बिनाको मानिस साँच्चै बाँदरजस्तो हुन्छ।’ मानिसको लक्ष्य उसको पहिचानले निर्धारण गर्छ र मानिसको पहिचान भनेको उसको लोककला र संस्कृति हो। लोककला र संस्कृति विना मानिस पहिचानविहीन मात्रै हुँदैन, मानव सभ्यताको मूल्य र मान्यता पनि रहन्न। Continue reading “लोपोन्मुख थारु लोककला (फोटो फिचर)”


