थारु गाँउमा माघीको चहलपहल सुरु

माघीमा मघौटा नाच नाच्दै कैलालीका महिला। तस्बिर : अविनाश चौधरी
माघीमा मघौटा नाच नाच्दै कैलालीका महिला। तस्बिर : अविनाश चौधरी

सन्तोष दहित– दाङ- एक हप्ता समय छँदै दाङको थारु गाँउमा माघीको चहलपहल सुरु भएको छ। थारु समुदायका मानिसहरु माघीको तयारीमा व्यस्त छन्। कोही दाउरा र पातको लागि जंगल जान ब्यस्त छन् भने कोही ढिक्री बनाउनको लागि पिठो पिसाउन व्यस्त छन्। त्यस्तै कोहीले मासुको लागि सुङ्गुरको खोजीमा छन्। कोही भने नृत्यका लागि मादल बनाउन व्यस्त छन्। थारु गाउँमा यसपालिको अघवा को बन्नेबारे गरधुर्यानहरुसँग भेटघाटमा ब्यस्त छन्। कोही अघवा, महटवा भने पुनः आफूलाई अघवा, महटवा बनाउन गरधुर्याब तथा अघवासँग छलफलमा व्यस्त छन्। आ–आफ्नो घरको आँगन सरसफाईदेखि घरमा लिपपोतमा समेत ब्यस्त देखिन्छन्। Continue reading “थारु गाँउमा माघीको चहलपहल सुरु”

रेडियो सुन्दा सुन्दै ‘सेलिब्रेटी’

Nikita Chaudhary

बेनुपराज भट्टराई, इलाम- ‘स्टुडियोमा हामीलाई अर्को कल आइरहेछ, हरौं कहाँबाट को हुनुहुन्छ’ पूर्वका एफएम स्टेशनमा रेडियो जक्की (आरजे)ले यसो भन्दै ‘हेलो’ भन्नासाथ उताबाट उही परिचित आवाज गुञ्जिन्छ, ‘म झापा सुरुङ्गाबाट निकिता चौधरी।’ इलाम र झापाका एफएममा निकिताको आवाज दिनमा एकपल्ट होइन धेरैपल्ट यसैगरी गुञ्जिन्छ। बच्चैदेखि रेडियो क्रेजी उनले दिनैपिच्छे एफएममा सम्पर्क गर्दै आफ्नो नाम बजाएको छ बर्ष बित्दैछ तर रहर पुगेको छैन। जीवनभर नाम गुञ्जाइरहने उत्कट चाहना छ। Continue reading “रेडियो सुन्दा सुन्दै ‘सेलिब्रेटी’”

तीन मधेसी दल एकीकरण हुँदै

काठामडौं- सद्‍भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान सभाको पहिलो बैठक संविधानमा उल्लेख भएअनुसार नै हुनुपर्ने बताए। ‘अन्तरिम संविधानमा व्यवस्था भएअनुसार संविधान सभाको पहिलो बैठक मन्त्रिपरिषद् अध्यक्षले नै बोलाउनुपर्छ,। उनले संविधान सभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा विवाद गर्नुभन्दा पनि एक वर्षभित्र संविधान जारी गर्नेतिर दलहरुको ध्यान जानुपर्ने बताए। ‘मधेसी मोर्चाको स्पष्ट अडान छ पहिलो बैठक अध्यक्षले बोलाउने र संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नगर्ने, उनले थपे, ‘अहिले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न आवश्यक छैन। यो बेमौशमको बाजा हो।‘ उनले कांग्रेस ठूलो दलका हैसीयतले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने पक्ष्मा मधेसी मोर्चा रहेको बताए। Continue reading “तीन मधेसी दल एकीकरण हुँदै”

कमैयाबस्तीमा माघीको तयारी तीब्र

Maghi parba ko tayari gardai Kamaiya Pariwar

अविनाश चौधरी, धनगढी- धनगढीको मिलनपुर मुक्त कमैंया बस्तीका जगतराम चौधरी दैनिक ज्यालादारी मजदुरी गर्न कम्मर कसेर खटेका छन्। माघी खर्च जुटाउनका लागि पैसा आवश्यक रहेकाले कठ्याङ्ग्रिने चिसोलाई चिर्दै मजदुरीमा उनको सक्रियता बढेको हो। बसन्त टोल मुक्त कमैंयाबस्तीकी जानकी चौधरीपनि चाउमिन व्यापारमा दौडधुप बढाएकी छन्। माघी पर्वका लागि जोडजाम आवश्यक रहेकाले एक/दुई दिनभित्रै उनले रुपैंया जुटाउनु पर्नेछ।
जगतराम र जानकी जस्तै अहिले कैलालीका हरेक बस्तीका पूर्व कमैंयाहरु माघी पर्वको जोडजाममा जुटेका छन्। थारु समुदायले नयाँ बर्ष र महान पर्वको रुपमा मनाउने माघी पर्व नजिकिएसंगै कमैंयाबस्तीमा तयारीको चटारो भएको हो। विभिन्न बस्तीका पूर्व कमैंयाहरुले माघी पर्वलाई भव्यताका साथ मनाउने तयारीमा छन्। Continue reading “कमैयाबस्तीमा माघीको तयारी तीब्र”

सौराहामा ‘फायर डान्स’

Fire dance 1 कमला चौधरी, बुटवल- फोटो देख्दै आश्चार्य लाग्न सक्छ। मनमा धेरै कुराहरु खेल्न सक्छ के होला भनेर। हेर्दा आगोको गोलो घुमाउरो मुश्लो आकारमा केही चीज जलाएजस्तो। वास्तवमा यो आगोको मुश्लो नाच हो। एउटा लाठीको छेउछाउको भागमा आगो बाली घुमाई घुमाई नाचिने नाच हो। आगोलाई नाचकै माध्यमबाट निभाउने गरिन्छ। यसभित्र एक जना थारु युवाले नाच प्रदर्शन गरेका छन्। Continue reading “सौराहामा ‘फायर डान्स’”

थारु पत्रकार संघले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने

दाङ- थारु पत्रकार संघ दाङले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ। घोराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। संघका अध्यक्ष सन्तोष दहितका अनुसार तेस्रो वार्षिकोत्वसको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमम आयोजना गरिनेछ। उनका अनुसार पुस २६ गते रक्तदान, २७ गते नेपाल पत्रकार महासंघको अधिवेशनलाई केन्द्रीत गरी थारु पत्रकारको विशेष भेला र सोही दिन थारु भाषाको साहित्यक कविता प्रतियोगिता कार्यक्रम गरिनेछ। Continue reading “थारु पत्रकार संघले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने”

कतारमा तिलकराम चौधरीले जिते सर्वोत्कृष्ट कामदार अवार्ड

कतार- दोहास्थित अल एवल टे्रडिङ एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत पाँच सय कर्मचारीमध्ये नेपाली कामदार सर्वोत्कृष्ट भएका छन् । कार्यक्रममा नेपाली दूतावासका द्धितीय सचिव हरिहरकान्त पौडेलले नेपाली कामदार तिलकराम चौधरीलाई वर्षकै सर्वोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार प्रदान गरेका थिए ।
अल एवल कल्याणकारी समूहको स्थापना दिवस एवं नयाँ वर्ष २०१४ को अवसरमा अवार्ड घोषणा गरिएको हो । Continue reading “कतारमा तिलकराम चौधरीले जिते सर्वोत्कृष्ट कामदार अवार्ड”

कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने

कपिलवस्तु- थारु समुदयको नयाँ वर्षको रुपमा मनाइने माघीको अवसरमा तीन दिने महोत्सव हुने भएको छ। थारु जागृति युवा क्लब गजेहडा–२ को अयोजनामा ‘हम्मन भाषा–कला, संस्कृति हम्मन पहिचान,भाषा–कला संस्कृति संरक्षण कयना हम्मन अभियान’ भन्ने मूल नाराका साथ चौथा कपिलवस्तु माघी (खिचडी) महोत्सव–२०७० हुने भएको हो। Continue reading “कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने”

थारु सङ्ग्रहालय स्थापना गर्न माग

tharu sangrahalay

सुर्खेत- स्थानीय थारु अगुवाले सुर्खेतमा थारु सङ्ग्रहालय स्थापना गर्न माग गरेका छन्। पातलगंगामा भएको थारु भेलाले आदिवासी थारु जातिका मौलिक पहिचान, सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहना लोप हुँदै गएकाले संरक्षणको लागि संग्राहलयको आवश्यकता औंल्याएका हुन्। थारु कल्याण कारिणी सभाका केन्द्रीय उपाध्यक्ष मानबहादुर चौधरीले थारु संग्रहालय स्थापनासँगै थारु मन्दिर (ठन्वा) पनि बनाउनु पर्ने बताए। Continue reading “थारु सङ्ग्रहालय स्थापना गर्न माग”

सप्तरीका तेजकान्त चौधरी बने पूर्वाञ्चल कराँते च्याम्पियन

नेपालमै पहिलो पटक लुम्बिनीमा हुन गइरहेको क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँतेको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिताको पूर्वाञ्चलस्तरीय खेलाडीहरु छनौट गरिएको छ। सोलुखुम्बुमा सम्पन्न छनोट खेलमा पुरुषतर्फको खुला तौल समूहमा सप्तरीका तेजकान्त चौधरी प्रथम, सुनसरीका कुमार राई दोश्रो र सोलुखुम्बुका अजय किराती तृतिय भएका छन्। पुरुषतर्फको ६० केजी तौल समूहमा सोलुखुम्बुका प्रवेश राई छनौट भएका छन् भने ५० कजी तौल समूहमा भोजपुरका संजय राई पहिलो र ओखलढुङ्गाका रविन श्रेष्ठ दोस्रो भएका छन्। Continue reading “सप्तरीका तेजकान्त चौधरी बने पूर्वाञ्चल कराँते च्याम्पियन”