मालेको समानुपातिक सभासद्‍मा शिवचन्द्र चौधरी छनोट

काठमाडौं- सीपी मैनाली नेतृत्वको नेकपा मालेले शिवचन्द्र चौधरीसहित पाँच जना समानुपातिकतर्फका सभचासदको छनोट गरेको छ। बिहीबार बसेको पोलिटब्युरोको बैठकले महासचिव सीपी मैनाली, केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र महिला संघकी केन्द्रीय सदस्य कमलालाई समानुपातिकतर्फको सभासद्‍ चुनेको हो। Continue reading “मालेको समानुपातिक सभासद्‍मा शिवचन्द्र चौधरी छनोट”

तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित

Shitalahar_terai

सिरहा- तराईमा शीतलहर सुरु भएको छ। शीतलहरका कारण सिरहालगायत तराईको जनजीवन प्रभावित बनेको छ। शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन। कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ। Continue reading “तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित”

पहिचानको मुद्दालाई गलत ढङ्गले प्रचार गरियोः कुमाल

Nagendra Kumal

रोल्पा- आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन्। आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै यसमा स्पष्ट हुनसमेत उनले आग्रह गरे। आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमालले आदिवासी जनजातिको मुद्दामा राज्यनै पछि परेको बताए। Continue reading “पहिचानको मुद्दालाई गलत ढङ्गले प्रचार गरियोः कुमाल”

माघी महोत्सवको उद्‍घाटन अध्यक्ष रेग्मीले गर्ने

Khilaraj_regmi

लक्की चौधरी, काठमाडौं- काठमाडौंको टुंडीखेलमा आगामी माघ १ गते हुने ‘थारु माघी महोत्सव २०७०’ को उद्घाञटन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले गर्नुहुने आयोजकले बताएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले अध्यक्ष रेग्मीसँग समय माग गरिएको जानकारी दिए। महोत्सव तयारीका लागि आयोजक कमिटी मातहतका प्रतिनिधिहरुले सक्रियतापूर्वक कामकाज गरिरहेको संयोजक चौधरीले जानकारी दिनुभयो। महोत्सव तयारीका लागि पर्चा, पम्पलेट, सांस्कृतिक झलक, महोत्सव टिकट छपाई, हस्तकलाका सामग्रीहरु तथा स्टल निर्माणका लागि आवश्यक पर्ने तयारीहरु युद्धस्तरमा भइरहेको संयोजकले बताए। Continue reading “माघी महोत्सवको उद्‍घाटन अध्यक्ष रेग्मीले गर्ने”

मुक्त कमलहरी भन्छन्, ‘पाँच सयले गुजारा गर्न गाह्रो’

कञ्चनपुर- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको अगुवाईमा कंचनपुरको भिमदत्त नगरपालिका वडा नं १२ मा रहेको मुक्त कमलहरी छात्राबासमा रहेका मुक्त कमलहरीहरुको अवस्था, उनीहरुलाई सरकारले उपलव्ध गराइरहेको सेवा सुबिधाबारे जानकारी लिन भेटघाट कार्य सम्पन्न गरेको छ। यसरी जानकारी लिनेहरुमा इन्सेक कञ्चनपुरका जिल्ला संयोजक दिलबहादुर चौधरी, कार्यक्रम सहायक वीरबहादुर डंगौरा र कमाण्डर पोष्ट दैनिकका सम्बाददाता रनि बिबश रहेका थिए। मुक्त कमलहरीहरुले आफूहरु धेरै कुरामा सन्तुष्ट रहेको, तर मासिक रुपमा पाउने रु. पाँच सयले गुजारा गर्न निकै कठिनाइ भएको बताएका थिए। Continue reading “मुक्त कमलहरी भन्छन्, ‘पाँच सयले गुजारा गर्न गाह्रो’”

खर्च बहुटउप्लब्धी डान्चे (थारु भाषा)

school, dang

सन्तोष दहित, दाङ- सरकारसे सामुदायि विद्यालयके शैक्षिक सुधारक लाग बहुट रुप्या खर्चकर्टि आइल बा। खर्च अनुसारके उपलब्धी देख निपर्ल हो। सामुदायिक विद्यालयम घट्टी गइलक विद्यार्थी भर्ना दर, सिकाई उपलब्धी, विद्यार्थीके अभावम विद्यालय विद्यालय मिलाई पर्ना याकर उदाहरण हो। सरकारसेसामुदायिक विद्यालयम शिक्षक संख्या ओ विद्यालय संख्या बह्रैइटी बा, उह अनुरुप खर्च फे बहर्टी बा, तर विद्यार्थी बह्र निसेक्ल हो। Continue reading “खर्च बहुटउप्लब्धी डान्चे (थारु भाषा)”

सौराहामा पर्यटकलाई २५ प्रतिशतसम्म छुटको प्याकेज

चितवन- पर्यटनका लागि बेमौसमको रुपमा चिनिने अहिले चितवनको सौराहामा पर्यटक आकर्षित गर्न स्थानीय व्यवसायीहरुले २५ प्रतिशतसम्मको छुट प्याकेजका कार्यक्रमहरु ल्याएका छन्। उनीहरुले यो समयमा सौराहामा पर्यटक कम आउने भएकाले आएका पर्यटकको  बसाइँलाई लम्ब्याउन विशेष छुटको व्यवस्था गरेको जनाएका छन्। पाँच दिनसम्म खान र बस्नमा २५ प्रतिशतसम्म छुट दिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए। छुट क्रिसमसदेखि सुरु भई अङ्ग्रेजी नयाँ वर्ष जनवरी १ सम्म रहने उनले जानकारी दिए। Continue reading “सौराहामा पर्यटकलाई २५ प्रतिशतसम्म छुटको प्याकेज”

आठ दलबीच चार बुँदे सहमति, समानुपातिकतर्फको म्याद १५ गतेसम्मलाई थपिने

काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिको संयोजक संबिधान सभाबाट तोकिने गरी ८ दलबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। बबरमहलस्थित शान्ति कोषको सचिवालयमा भएको सर्वदलीय बैठकमा दलहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। दलहरुबीच सहमतिसँगै नयाँ संबिधान सभा गठनको बाटो खुलेको छ। कांग्रेस, एमाले र एमाओवादीबीच आज बिहान कोष सचिवालयमा भएको वैठकमा ४ बुँदे सहमति भएको थियो। Continue reading “आठ दलबीच चार बुँदे सहमति, समानुपातिकतर्फको म्याद १५ गतेसम्मलाई थपिने”

गच्छदारलाई आन्दोलनबाटै विस्थापित गर्ने गुप्ताको चेतावनी

Jay Prakash Guptaकाठमाडौं- दोस्रो संविधान सभा निर्वाचनबाट मधेसको ठूलो दल बनेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका मधेसी नेतालाई विस्थापित गर्ने पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बताएका छन्। तराई मधेस राष्ट्रिय अभियानका संयोजक रहेका गुप्ताले चुनाव अघिदेखि नै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलाई अमृतालिंगम् प्रवृत्तिका मतियारहरूको आरोप लगाउँदै आएका छन्। Continue reading “गच्छदारलाई आन्दोलनबाटै विस्थापित गर्ने गुप्ताको चेतावनी”

सद्‍‍भावनाबाट पराजित मोहनलाल चौधरीको खर्च ७ लाख ९७ हजार

पर्सा- पर्साबाट संविधानसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारमध्ये हालसम्म यहाँ १७ जनाले मात्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गरेका छन्। मतगणना सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचनमा भए गरेका खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्थाअनुरूप उनीहरुले जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण पेस गरेका हुन्। Continue reading “सद्‍‍भावनाबाट पराजित मोहनलाल चौधरीको खर्च ७ लाख ९७ हजार”