गोपाल दहित– दोस्रो संविधान सभाको चुनावको लागि २०७० मंसिर ४ गते मतदान भइराखेको दिन दिउँसो धेरै जिल्लामा सम्पर्क हुँदा शान्तिपूर्ण तरिकाले मतदान भइराखेको र हाम्रो पक्षमा पनि राम्रो मत खसिराखेको खबर पाइएको थिएँ, ज्यादै हर्सित समाचार थियो। तर एकाएक सोही दिन साँझ ६ बजेतिर मेरो र सँगै रहेको सहयोद्धाहरुको मोबाइलमा बर्दिया, दाङ, नवलपरासी, कपिलवस्तुलगायतको धेरै जिल्लाबाट लगातार कैयनवटा फोन आयो, र क्रस फोन पनि गरियो। सबैको एउटै बोली थियो, ‘मतदान केन्द्रबाट मतपेटिका उठाएर लाँदा कुनै पनि दलको एजेन्ट सँगै जान दिएनन्, प्रहरी र सेनाले लगे, र सँगै जान खोज्दा धम्क्याउने, कतिपय ठाउँमा लात्तीले समेत हिर्काए।’ Continue reading “धाँधलीको जन्जिर तोडेर उदीयमान थरुहट”
Author: admin
स्थानीय निर्वाचन गराउन आयोग तयार छ : उप्रेती
काठमाडौं- प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक दलहरुबीच सहमति भएमा स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताएका छन्। उनले भने, ‘तपाईंहरु (राजनीतिक दलहरु)ले राजनीतिक सहमति कायम गरी स्थानीय निर्वाचन गराउनु पर्यो भनेर आवश्यक ऐन नियम संशोधनसहितको पत्र फागुन १५ सम्ममा आयोगमा पठाइदिनुहोस्, आगामी चैत/वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार छ।’ Continue reading “स्थानीय निर्वाचन गराउन आयोग तयार छ : उप्रेती”
उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति
विराटनगर- विराटनगरमा आज बिहान एक पाउरोटी उद्योगमा आगलागी हुँदा रु ७० लाखभन्दा बढीको क्षति भएको छ। विराटनगर–१५ भट्टिमोडस्थित चौकमा रहेको सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योगमा आज बिहान ४:३० बजे विद्युत् सर्ट हुँदा लागेको आगोले पाउरोटी उद्योगका साथै छिमेकी जुगल सहनीको बोरा उद्योग एवम् गोदाम, मनोहर रायको पसल, छिमेकीको किराना, चिया पसल तथा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। Continue reading “उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति”
निजी विद्यालयको शुल्क बढाउन कार्यदल
काठमाडौं- शिक्षा विभागमा रहेको केन्द्रीय शुल्क निर्धारण समितिले आगामी शैक्षिकसत्रका लागि निजी (संस्थागत) विद्यालयका लागि शुल्क वृद्धिको सीमा प्रस्ताव गर्न सरोकारवालासहितको कार्यदल गठन गरेको छ। कार्यदल गठनसँगै शुल्क वृद्धि गर्न खोजेका निजी विद्यालयले आउँदो शैक्षिकसत्रमा औपचारिक रुपमै शुल्क वृद्धि गर्न पाउने भएका छन्। सरकारी कर्मचारीको तलब वृद्धिसँगै चालु शैक्षिकसत्रमा पनि कतिपय निजी विद्यालयले सरकारको स्वीकृतिबिना शुल्क वृद्धि गरेको गुनासो आएको थियो। Continue reading “निजी विद्यालयको शुल्क बढाउन कार्यदल”
बिरानो बनेका गोबरगाढावासी
राजु विश्वकर्मा, सप्तरी- टापु गाविसको रुपमा चिनिने सप्तरीको गोबरगाढा गाविसका बासिन्दाहरु अझै राज्यको पहुँचबाट टाढा रहेका छन्। राज्यले उचित ध्यान नदिँदा यहाँका स्थानीयहरु राज्यको हरेक सुविधाबाट वञ्चितमात्र होइन आफ्नै देशभित्र पनि कहाली लाग्दो जीवन बिताउन बाध्य छन्। सप्तकोसी नदीको बीच भागमा रहेको उक्त गाविसमा दशकौँदेखि विकासको नाममा ‘ब’ सम्म नहुँदा यहाँका स्थानीयहरु आफ्नै देशभित्र पनि बिरानो जस्तो महसुस भइरहेको बताउँछन्। राज्यको पहुँचबाट टाढा रहेका गोबरगाढावासीलाई सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरबाट आवतजावत गर्न सानाठूला गरी कोसीको छ वटा धार तर्नुपर्ने र अर्कोतर्फ नेपालको सिमानाबाट करिब २५ किलोमिटर स्थलगत यात्रा गरेपछि भारतको बिहार राज्यअन्तर्गत रत्नपुराबाट तीन किलोमिटर कोसीको धारमा ४० मिनेट डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। Continue reading “बिरानो बनेका गोबरगाढावासी”
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप हुने
काठमाडौं- ‘शान्तिका लागि खेलकुद लुम्बिनीको मन्दिर’ भन्ने मूल नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता विभिन्न जिल्लामा मङ्गलबारदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेल सङ्घहरूको आयोजना तथा राखेपको संयोजकत्वमा हुने सो प्रतियोगिता काठमाडौँ, काभ्रेपलाञ्चोक, सुनसरी, चितवन, नेपालगन्ज, रूपन्देही, कास्की, मकवानपुर, इलाम, नवलपरासी र बाँकेलगायत जिल्लामा सञ्चालन हुनेछ। Continue reading “प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप हुने”
चियागफम बैठल ब्याला

सन्तोष दहित– इल अठ्वार शुकक दिन दाङ देउखरी ओ दांङके थारु अगुवाहुकनसे एकठो कार्यक्रमम भ्याट हुइल। भ्याट हुइटीकी दाङके थारु सस्कृतविद चन्द्र प्रसाद चौधरी महि हाँक पर्ल। सन्तोष भैइया इहोर आओ, आज दउखुरीक मनै फे आइलबाट। टु दाङके एक्ठो थारुन्हक आवाजहिन आवाजह राज्यसम्म पुगैना टुहाँर बराभारि भुमिका बा। थारुन्हक आर्थिक, सामाजिक, राजनीतिक तथा सास्कृतिक विकासह आघ वह्रैनाम टुहाँर उल्लेखिनिय योगदान बा।
अस्ट अस्ट बातम उहा म्वार प्रशंसा कर्टि बटोइटी गैइल। टुहाँर लेख, विचार, गोरक्ष दैनिक, युगवोध दैनिक नागरिक दैनिक लगायत पत्रपत्रिकाम पह्रबेर बहुट खुशिलग्था। उह विचम थप्ल दांङ देउखुरीके थारु बुद्धिजीवि खडग वहादुर चौधरी। मै फे यी भैइयक लेख त बहुट पहरसेक्नु। नागरिक दैनिकके ग्राहक फे हुइटु। टुहार लेख नागरिकम थारुन्हक विषयम बहुट अइथा महिह फे बहुट खुशि लग्था लेकिन टुहिनसे भ्याँट निहुइलरह तर आज चिनजान हुइल बहुट खुशिलागल।
टुहार लिख्ना अभ्यास बहुट मजा बा । यी बात ओरैइटीक दाङके चन्द्रप्रसाद चौधरी महिह कल लेओ भइया यिह व्याला हो आब एक्क जिल्लम काजे थारुन्हक टै टिह्वारम दुविधा बा। एक्क टिह्वार फरक फरक दिन मनैना आज देउखरीके खड्वहादुर फे आइल बाट। यी विषयम छलफल करि ओ अइना वर्षम असिन निहवाए । अनि मै फे हो त कैख थप्देन,ु ओ कनु कहाँसे सुरु करु त मै चन्द्र प्रसाद ओ खडग बहादुरह पुछनु।
दाङके चन्द्र प्रसाद कल सुरु करि थारुन्हक बराभारि टिउह्वार “अट्वारी” मसे। अनि हम्र तीनज शुरु कर्ली मै दुनुजन्हक विच बैठनु ओ उहाहकन अर्जी कर्नु असिन समस्या काजे आइल त। दुनुज आ आपन व्याख्या कर सुरु कर्ल। मै टिपोट कर्टी गैइनु। अस्ट अस्ट थारुन्हक बहुट टै टिह्वार ओ थारुन्हक राजनीति, आर्थिक तथा सामाजिक विषयम कर्या चियाके चुस्किसंग करिब एक घण्टा गम्भीर छलफल हुइल।
ओ निष्कर्ष निकर्ली। पहिला बात त थारु हम्र आपने एक जुट नैहुइटी। थारुन्हक विचम भारि मनमुटाव बा। यीहिन साम्य पारपरल। द्धासर बात थारुन्हक टै टिह्वारह एक रुपता लानकलाग राज्यसे सार्वजनिक विदाके घोषणा करपरल। कौन टिह्वार कत्रा महत्व बा उ विषयमा थारु अगुवा तथा थारु सस्कृतविदहुकनसे राज्यके तरफसे छलफल करपरल।
थारुन्हक आर्थिक तथा राजनीतिक विकास करकलाग थारु नेताहुक्र एकठाँउम थारु नेताहुकन्हक गोलमेच सम्मेलन करपर्ना, थारुन्हक हरेक क्षेत्रम विकास पुगाइकलाग राजनीतिक पार्टीम लागल थारु नेताहुक्र प्रतिवद्धहोक लग्लसे थारुन्हक हरेक क्षेत्रम आघ वह्रसेक्ना सम्भावाना चियागफके वैठल व्याला असिन बातम छलफल हुइल रह।
ह्याङ आउट २ बर्दिया
अमृत भादगाउँले– पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी! नेपालगन्जबाट पश्चिम लाग्दा बबई पुलमा नरोकिई अघि बढ्न मन मान्दैन। बबईमा मात्र होइन, बर्दिया राष्ट्रिय निकुञ्जको कर्नाली र त्यसका भँगालामा पनि गोही भेटिन्छन्। सयौं छन्, गोही। जाडो याममा घाम ताप्न किनारमा आउँछन्। Continue reading “ह्याङ आउट २ बर्दिया”
चितवन हात्ती महोत्सव पुस ११ देखि
काठमाडौं- नेपालको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित चितवनमा पुस ११ गतेदेखि दसौं अन्तर्राष्ट्रिय हात्ती महोत्सव आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थलका रूपमा पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवन क्षेत्रीय होटल संघद्वारा आयोजना गर्न लागिएको पाँच दिने सो महोत्सवमा हात्ती दौड प्रतियोगिता, हात्तीका छावाको फुटबल, हात्तीको शृङ्गार, टाँगा दौड, गाडा दौड, डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने छ। Continue reading “चितवन हात्ती महोत्सव पुस ११ देखि”
चेलीबेटी बिक्री गर्न खोज्ने दुई दलाल पक्राउ
पर्सा- ललाइफकाई खाडी मुलुकमा बेच्न लैजाँदै गरेका युवतीहरूको आज उद्धार गरिएको छ। चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। माइती नेपालको सहयोगमा वीरगन्जको इनर्वाबाट पर्साको ठारीका दुई युवतीको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। Continue reading “चेलीबेटी बिक्री गर्न खोज्ने दुई दलाल पक्राउ”