उर्मिलाबारे तयार पारिएको फिल्म प्रिमियर

urmila with christoph and nathalieकाठमाडौं- कमलरीहरुबारे तयार पारिएको फिल्म शुक्रबार राजधानीमा प्रिमियर गरियो। जर्मन निर्माता नथालिया र निर्देशक क्रिस्टफले तयार पारेको ‘योङ्‍ग गर्ल स्ट्रिभ टु रिक्लेम देयर स्टोलेन चाइल्हुड’ नामक फिल्म जारी पर्वतीय फिल्म फेस्टिभलमा प्रमियर गरिएको हो। ५२ मिनेटको फिल्ममा तीन कमलरीबारे देखाइएको छ। फिल्मका मुख्य पात्र भने २२ वर्षीया उर्मिला चौधरी छिन्। उनले सानै उमेरदेखि ८ वर्षसम्म कमलरी बस्दा पाएको पीडा फिल्ममा देखाइएको छ। उनीसँगै अर्की कमलरी शोभा र सिर्जनाको कथासमेत समेटिएको छ। Continue reading “उर्मिलाबारे तयार पारिएको फिल्म प्रिमियर”

किसान नेता राधाकृष्ण थारू

तस्बिर : मानबहादुर चौधरी
तस्बिर : मानबहादुर चौधरी

कृष्णराज सर्वहारी– राजनीतिलाई कमाई खाने भाँडो बनाउने त धेरै छन् तर राजनीतिमै निष्ठापूर्वक आजीवन लागेर प्राण उत्सर्ग गर्ने राजनेताहरूको कमी छ। बर्दियाका राधाकृष्ण थारू त्यस्तै मध्ये एक थिए, जो भूमिहीन किसान सुकुम्वासीका अगुवा रहे।
२०१५ सालमा बर्दिया क्षेत्र नं ६४ बाट प्रतिनिधि सभामा नेपाली कांगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमीहीनहरूलाई अधिकार दिलाउनमा ठूलो योगदान छ। त्यसताका वीपी कोइरालाले उनलाई मंत्रीमण्डलकेा सदस्य बनाउन प्रस्ताव गर्दा उनले परशुनारायण चौधरीलाई सिफारिश गर्दै भनेका थिए– परशुबाबु पढे लेखेका शिक्षित गे्रजुएट छन्। म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ। Continue reading “किसान नेता राधाकृष्ण थारू”

काठमाडौंमा थारु माघी महोत्सव हुने

maghi mahotsaw in ktm-8लक्की चौधरी- काठमाडौं- विभिन्न जिल्लाबाट कामविशेषले काठमाडौं उपत्यकामा आई बासोबास गर्ने थारुहरुले यसपाली पनि थारु माघी महोत्सव २०७० मनाउने तयारी गरेका छन्। थारु जातिको नयाँ वर्षकोरुपमा चिनिने माघी पर्वको अवसरमा माघ १ गते काठमाडौंको टुँडीखेलमा सो महोत्सव मनाइने मूल आयोजक कमिटीले जानकारी गराएको छ। आमाबाबु तथा अभिभावकबाट शुभआशीर्वाद लिई मनाइने यस पर्वलेले नेपालीको एकता, सहकार्य र भातृत्वको विकास गर्ने विश्वास थारुहरुले गर्ने गर्दछन्। Continue reading “काठमाडौंमा थारु माघी महोत्सव हुने”

थरुहटबाट गोपाल र गंगा सभासदमा सिफारिस

gopal dahitकाठमाडौं- प्रत्यक्षतर्फ एक सिट पनि नजितेका थरुहट तराई पार्टी नेपालले समानुपातिकतर्फको दुई सभासद्को भने टुंगो लगाएको छ। राजधानीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी वरिष्ठ नेता गोपाल दहित र केन्द्रीय उपाध्यक्ष गंगा थारुको नाम सिफारिस गरेको हो। दहित राजाको पालामा पनि मन्त्री भइसकेका छन् भने गंगा थारु थरुहट आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी हुन्।
Continue reading “थरुहटबाट गोपाल र गंगा सभासदमा सिफारिस”

हारल थारू उम्मेद्वारन्के अवस्था (थारु भाषा)

कौशलेन्द्रकुमार- पश्छिउँ ओर लक्ष्मण थारु, योगेन्द्र चौधरी ओ पुरुबओर नरेन्द्रकुमार चौधरी, गोविन्द चौधरी, हरिबाबु चौधरी लगायत टमान थारु हस्ती मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) म प्रवेश करल पाछे यकर अवस्था बहुट बल्गर हुइहिस कना सोंच गैल रहे, मने मधेशी दलमे सब्से आगे हुइलो पर यी सोंचल अनुसार मत नाने नैसेकल। बहुट ठाउँमे यी चौठा आइल बा। थरुहट आन्दोलनके अगुवाइ करुइया लक्ष्मण थारू कैलाली जिल्ला क्षेत्र नं. ६ मसे प्रत्यक्षम उम्मेदवारी डेले रहिट। मने उहा ४ हजार ४ सय ७३ मत लान्के चौठा स्थानमे अइला। उ क्षेत्रम काँग्रेसके वरिष्ठ नेता शेरवहादर देउवा १६ हजार ४ सय ८९ मत आन्क विजयी हुइला। एमालेके महेश्वर पाठक ८ हजार ५ सय ६३ मत आन्क डोस्रा, एमाओवादीके लिला भण्डारी ४ हजार ७ सय ६४ मत लान्के टेसर अइली। Continue reading “हारल थारू उम्मेद्वारन्के अवस्था (थारु भाषा)”

इतिहासको पानामा गुमनाम परशुनारायण

persu narayanकृष्णराज सर्वहारी- २०६९ मंसिर २१ गते थारू राजनेता परशुनारायण चौधरी यो धर्तीबाट सदाका लागि अस्ताए। उनको नश्वर चोला विदा भएको ठीक एक बर्ष पूरा भयो। हालैको संविधानसभाको चुनावमा थारू समुदायका कति सभासद विजयी भए? समानुपातिकमा थारू समुदायबाट को को सभासदमा पर्लान्? सर्वत्र चर्चा छ, तर राजनीतिमा थारूहरूलाई संरक्षकको रुपमा डोर्‍याउने राजनेता परशुनारायणलाई सम्भि्कने फुर्सद कसैलाई छैन।  Continue reading “इतिहासको पानामा गुमनाम परशुनारायण”

भगवतीले दिइन् गच्छदारविरुद्ध उजुरी

Bijay Kumar Gachhadarसुनसरी ३ बाट झिनो मतले पराजित भएकी नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध संविधान सभा अदालतमा उजुरी दिएकी छन्। गच्छदारले सूर्यमा लागेको सदर मतमा किर्ते स्वस्तिक छाप लगाई बदर गराई सुनसरी- ३ बाट जितेको आरोप लगाउँदै उनले बुधबार उजुरी दर्ता गराएकी हुन्। गच्छदार त्यस क्षेत्रबाट उनका निकट प्रतिद्वन्दी भगवती चौधरीले भन्दा ३६२ बढी मत अर्थात १७५२४ मत प्राप्त गरि निर्वाचित घोषित भएका थिए। Continue reading “भगवतीले दिइन् गच्छदारविरुद्ध उजुरी”

जनता लोभ्याउने बजेट पुस्तिका

budgetकाठमाडौँ- बजेटको ‘ब’ नसुनेका जनताका लागि यसपालि पनि बजेट पुस्तिकाको रातो किताबमा बजेट पारीदिने आश्वासन बाँढेर जनताको भोट बटुलेका छन् कतिपय दलका नेताहरूले। भुराभुरीले कुटो र युवायुवती तथा बुढाबुढीले कोदालोकोदाली र चाँदेको भरमा खनेको बाटोलाई नेताले पक्की बनाइदिने आश्वासन दिएको पाँचदशक पुगिसकेकोछ। काभ्रेपलाञ्चोक जिल्लाको साँगा नासिका गाविस हुँदै भक्तपुर जिल्लाको नगरकोटसम्म जाने करिब १५ किमि कच्चीमार्ग जनताले घरेलु श्रम प्रयोगबाटै निर्माण गरेको पाँचदशक नाघिसकेको छ। धेरै वर्ष अघिदेखि रातो किताबमा बजेट पारिदिने आश्वासन पञ्चायतका नेतादेखि बहुदलका थुप्रै नेताले दिएको स्थानीय कृष्णबहादुर कार्कीले बताउनुभयो। Continue reading “जनता लोभ्याउने बजेट पुस्तिका”

सय मत पनि नपाउने पार्टी

परासी- हालै सम्पन्न संविधानसभाको निर्वाचनमा १०० मत पनि नपाउने राजनीतिक पार्टी नवलपरासीमा चार दर्जनभन्दा बढी रहेका छन्। छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी जिल्लामा संविधानसभाको निर्वाचनमा १४३ राजनीतिक पार्टीले चुनावमा भाग लिएकामध्ये ५० वटा राजनीतिक पार्टीका उम्मेदवारहरूले १०० भन्दा पनि कम मत ल्याएको जिल्ला निर्वाचन कार्यलयको तथ्याङ्कले जनाएको छ। एक सयभन्दा पनि कम मत पाउने राजनीतिक पार्टीमा मधेसको पुरानो राजनीतिक पार्टीको रूपमा परिचित सद्भावना पार्टी लिएर मधेसकै मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेस समता पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतका दर्जनौँ मधेसका क्षेत्रीय पार्टी रहेका छन्। Continue reading “सय मत पनि नपाउने पार्टी”

बिलीन हुँदै लक्ष्मण थारु

Laxman Tharuसन्तोष दहित- थारु समुदायको अधिकारलाई स्थापित गर्न जातीय पार्टीको रुपमा दर्ता भएको थरुहट तराई पार्टी नेपाल पनि एक हो। ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि थरुहट स्वायत्त प्रदेश नाम दिएर थारु जातिको अधिकारलाई स्थापित गर्नको लागि नेपालको तराईमा रहेका २२ जिल्लमा ०६५/०६६ मा ठूलो आन्दोलन भएको थियो। खासगरी मधेसमा गठन भएका मधेसी दलहरुले थारु समुदायलाई जबरजस्ती मधेसी बनाउन लागेको र तराईका सबै जिल्लालाई एक मधेस एक प्रदेशको माग गरिरहेका बेला थारु समुदायले पनि तराईमा कुनै पनि हालतमा एक मधेस एक प्रदेश हुन सक्दैन भनि उसको कडा प्रतिकार गर्नका लागि थरुहट स्वायत्त प्रदेश नामको संगठन खोलरे आन्दोलनको सुरुवात गरिएको थियो। त्यस आन्दोलनको अगुवाई १० वर्षसम्म माओवादीको युद्धमा लागेका तत्कालीन माओवादीको भातृसंगठन राष्ट्रिय थारुवान मुक्ति मोर्चाका महासचिव लक्ष्मण थारुले गरेका थिए। Continue reading “बिलीन हुँदै लक्ष्मण थारु”