काठमाडौं- नयाँ संविधान सभामा ३० दलको सहभागिता हुने भएको छ। अघिल्लो संविधानसभामा २५ दलको सहभागिता रहेको थियो। निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न संविधानसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलले प्राप्त गरेको मतसङ्ख्याको आधारमा सिट बाँडफाँड गर्दा सो सहभागिता हुने देखिएको हो। निर्वाचनमा भाग लिएका १२२ दलमध्ये ३० दलले मात्र सो निर्वाचन प्रणालीअन्तर्गतको सिट सङ्ख्या प्राप्त गर्न सफल भएका हुन्। यसपटक निर्वाचनमा कम्तीमा २१ हजारभन्दा बढी मत प्राप्त गरेका दलले एक सिट प्राप्त गरेका छन्। देशलाई एउटै निर्वाचन क्षेत्र निर्धारण गरी दलले प्राप्त गरेका मतका आधारमा संविधानसभामा सिट सङ्ख्या बाँडफाँड हुने निर्वाचन प्रणाली नै समानुपातिक निर्वाचन हो। नेपालमा विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभामा पहिलोपटक यसको प्रयोग गरिएको थियो। मतविभाजक सुत्रका आधारमा सिट विभाजन भएको थियो। Continue reading “समानुपातिक निर्वाचनको सिट बाँडफाँड, थरुहटको पोल्टामा दुई सिट”
Author: admin
दाहालविरुद्ध संविधानसभा अदालतमा रिट दायर
काठमाडौं- सिराहा जिल्ला क्षेत्र नं. ५ बाट विजयी एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायतबिरुद्ध आज संविधानसभा अदालतमा रिट निवेदन दायर भएको छ। हालै सम्पन्न संविधानसभाको निर्वाचनमा सो क्षेत्रमा प्रतिस्पर्धी बन्नुभएका नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले अध्यक्ष दाहालका कार्यकर्ताहरूबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको आरोप लगाउँदै पुनः मतदान गर्न माग गर्नुभएको छ।
निर्वाचन सम्पन्न भएको भोलिपल्टै सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरी विवादास्पद मतदानलाई नै मान्यता दिएकाले यस निवेदनको टुङ्गो नलागुञ्जेल अध्यक्ष दाहाललाई सपथ गराउनेलगायत सभासद्को हैसियतले कुनैपनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न रिट निवेदनमा उल्लेख गरिएको छ। Continue reading “दाहालविरुद्ध संविधानसभा अदालतमा रिट दायर”
लैंगिक हिंसाविरुद्ध मेरमेह्रीक कार्यक्रम (थारु भाषा)
सन्तोष दहित, दाङ- नोभेम्वर २५ अर्थात गैल अठ्वार सोमारक दिन्वासे सुरु कैगिलक लैंगिक महिला हिसाविरुद्धके १६ दिवसीय अभियान कार्यक्रम अन्गर्त दाङम फे मेरमेह्रीक कार्यक्रम कैख लैंगिक महिला हिंसाविरुद्ध अभियान जारी बा।
लैंगिक महिलाहिंसाह अन्त्य करकलाग दाङके सरकारी तथा गैरसरकारी कार्यालयके सहकार्ययम गोष्ठी, अन्तरक्रिया, वैठक, कचेहरी, सडक नाटक, मोटरसाइकील र्याली, सन्देशमुलक पम्पलेट, पर्चा वीतरण लगायत कार्यक्रम निरन्तर हुइटी बा। नाभेेम्वर २५ तारिखसे डिसेम्वर १० तारिख सम्म हुइना यी अभियान कार्यक्रम अन्तर्गत शुकक दिन्वा महिला मानवअधिकार रक्षकके अगुवाइमा दाङके सदरमुकाम घोराहीम दाङके महिला मानवअधिकार रक्षकहुक्र मोटरसाइकील र्याली निकर्ल। Continue reading “लैंगिक हिंसाविरुद्ध मेरमेह्रीक कार्यक्रम (थारु भाषा)”
संविधान निर्माणसँगै विकासको लागि प्रतिबद्ध छुः सुशीला चौधरी
सन्तोष दहित- दाङ क्षेत्र नं. २ की नवनिर्वाचित सभासद् सुशीला चौधरीले अब बन्ने संविधानमा महिलाको अधिकार स्थापित गर्न र विकास निर्माणको सबालमा आफू प्रतिबद्ध रहेको बताएकी छन्। थारु पत्रकार संघ दाङले घोराहीमा गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै चौधरीले महिलाको अधिकारको र समग्र दाङको विकासका लागि आफूले संविधान सभा र सदनमा भूमिका खेल्ने बताइन्। उनले थारु जातिलगायत सबै जातिको हकअधिकार सुनिश्चित गरी जनताको लोकतान्त्रिक संविधान निर्माणका लागि संविधान सभामा आफूले सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्धता जनाइन्। Continue reading “संविधान निर्माणसँगै विकासको लागि प्रतिबद्ध छुः सुशीला चौधरी”
प्रत्यक्षतर्फ निर्वाचित हुने थारु सभासद्
लक्की चौधरी, काठमाडौं- मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचन २०७० को प्रत्यक्ष उम्मेदवारतर्फ विभिन्न पार्टीका गरी १८ जना थारुहरु विभिन्न जिल्लाबाट निर्वाचित भएका छन्। निर्वाचित हुने थारुहरुमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा (एमाले) बाट ५ जना, एमाओवादीबाट ४ जना र फोरम (लोकतान्त्रिक) बाट ३ जना रहेका छन्। थारुले नेतृत्व गरेका राजनीतिक दलमध्ये फोरम (लोकतान्त्रिक) बाट १७६ जना प्रत्यक्ष तर्फका उम्मेदवारी दिएपनि ४ जनामात्रै निर्वाचित भएका थिए। Continue reading “प्रत्यक्षतर्फ निर्वाचित हुने थारु सभासद्”
संविधान सभाके चुनावम १८ थारुन्हक विजयी (थारु भाषा)
सन्तोष दहित, दाङ- यीह मंसिर ४ गतेके संविधान सभाके चुनावम तराईके बाइस जिल्लाम मेरमेह्रीक पार्टिमसे ३ सय ५४ जन थारुहुक्र प्रत्यक्ष्यम उठल रलह। पूर्व झापासे पच्छिउ कञ्चनपुरसम्मके २२ जिल्लाम थारु नेताहुक्र आ–आपन पार्टिमसे उम्मेदवारी देलरलह। ३ सय ५४ मध्य १८ थारु नेताहुक्र विजयी हुइल बाट। दाङमसे २, बर्दियामसे २, कैलालीमसे ३, नवलपरासीमसे १, बारामसे १, पर्सामसे २, सर्लाहीमसे १, सिराहमसे १, सप्तरीमसे ३, सुनसरीमसे १ ओ मोरङमे १ ज जितलबाट। कलसे बाँके, कञ्चनपुर, चितवन, रौटहट, महोत्तरी, धनुषा, झापा कपिलबस्तु, रुपेन्देही ओ सुर्खेत लगायत जिल्लमसे भर कौन पार्टिक थारु नै जित्ल अर्थात यी ११ जिल्लाम सुन्य हुइल बा। Continue reading “संविधान सभाके चुनावम १८ थारुन्हक विजयी (थारु भाषा)”
आफूले उठाएकै भारीबाट किचिँदै एमाओवादी
दिलबहादुर चौधरी- संविधान सभाको कुरा २००७ सालतिरबाट उठ्दै आएको भएपनि यसलाई संस्थागत रुपमा उठाउने माओवादी नै हो भन्दा गलत नठहर्ला । तर आज आफैले उठाएको संबिधान सभाको भारीबाट आफैं किचिएको छ । आखिर यस्तो किन ? काँग्रेस र एमालेलाई आश्चर्य नभए पनि धेरैलाई यो आश्चर्यको बिषय हुन सक्छ । म पनि आश्चर्य चकित भएको छु । यद्यपि माओवादी देशको ठूलो पार्टी बन्ला भन्ने मेरो बिश्वास पनि थिएन, तथापि तेश्रोमा पनि यति कम सीटले तेश्रो होला भन्ने मलाई चाहिं लागेको थिएन । सबैलाई थाहा भएको कुरा हो कि नेकपा माओवादीले ११ बर्षे द्वन्द्वको भारी, संबिधान सभाको माग र चुनावमा बिसाएको थियो । जनता माओवादीले केही गर्ला भनेर ठूलो दलको रुपमा संबिधान सभामा पठाएsf पनि थिए । Continue reading “आफूले उठाएकै भारीबाट किचिँदै एमाओवादी”
झलक्क झुल्केका जनक चौधरी
अविनाश चौधरी, धनगढी- उहाँ कार्तिक १५ गतेसम्म विज्ञान विषय पढाउने प्राध्यापक हुनुहुन्थ्यो। तर, १६ गते अध्यापन पेशा छोडेर भोलिपल्टै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभयो। यसअघि राजनीतिक वृत्तमा खासै चर्चामा नदेखिनु भएका जनक चौधरी अत्याधिक मतले संविधान सभा सदस्यका लागि विजयी हुनु भएपछि एकाएक चर्चामा आउनुभएको छ। एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले जस्ता शीर्ष दलका उम्मेदवारहरुलाई पछि पार्दै चौधरीले हाँसिल गरेको उपलब्धीले अहिले सबैतिर चर्चा भइरहेको छ। सबैको ध्यान उहाँ प्रति केन्द्रित भएको छ। Continue reading “झलक्क झुल्केका जनक चौधरी”
भाबी प्रधानमन्त्री बन्ने इच्छा छ : गच्छदार
इटहरी- मधेसी जनअधिकार फोरम लोकतान्त्रकिका अध्यक्ष विजयकुमार गच्छदार आफू भावि प्रधानमन्त्री बन्ने दावी गरेका छन्। उनले संविधानका लागि प्रतिनिधि छान्न भएको दोस्रो निर्वाचनलले मधेसवादी दलमध्ये आफनो पार्टी ठूलो हुने र कुनै पनि दलको बहुमत नपुग्ने हुदाँ जनताको माग पनि रहेकाले गर्दा आफू भाबी प्रधानमन्त्री हुने जिकिर गरे। Continue reading “भाबी प्रधानमन्त्री बन्ने इच्छा छ : गच्छदार”
नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौं- युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बीचको आजको खेलमा नेपालले पिएनजीलाई सात विकेटले पराजित गरेको छ। युएईको शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर प्राप्त गरेको थियो। Continue reading “नेपालद्वारा पपुवा न्युगिनी पराजित”