काठमाडौं- मंगलार सम्पन्न संविधानसभा सदस्यको निर्वाचनमा नेपालको निर्वाचनमा इतिहासमै सर्वाधिक बढी सरदर ७० प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले मतदाताको उत्साहजनक सहभागितामा अभूतपूर्वरूपमा निर्वाचन सफल भएको जनाएको छ। आयोगमा प्राप्त प्रारम्भिक विररणअनुसार ७० प्रतिशत मतदान भएपनि यो प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ। निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको कुल सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो। Continue reading “इतिहासकै सर्वाधिक मतदानः निर्वाचन आयोग”
Author: admin
छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण
काठमाडौं- छिटफुट घटनाबाहेक संविधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको सरकारले जनाएको छ। आज साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव जर्नादन नेपालले एकीकृत एवम् समन्वयात्मकरूपमा सुरक्षाकर्मीहरूको सघन परिचालन गरिएका कारण निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको बताउनुभयो। मतदान स्थल केन्द्रित सुरक्षा व्यवस्था मजबुत बनाइएका कारण निर्वाचन विरोधी राजनीतिक दल तथा समूहबाट निर्वाचन बिथोल्न गरिएका प्रयासहरू पनि निष्फल भएको उहाँले बताउनुभयो। Continue reading “छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण”
जितको सम्भावना बोकेका थारु उम्मेदवार
लक्की चौधरी, काठमाडौं- विघटित् संविधान सभामा विभिन्न दलबाट गरी प्रत्यक्ष र समानुपातिकमा ३७ थारुहरु संविधान सभा सदस्य बन्न सफल भएपनि यस संविधान सभा निर्वाचनमा थारुको प्रतिनिधित्व कति हुन्छ अहिले आमथारुबीच चासोको विषय बनेको छ। Continue reading “जितको सम्भावना बोकेका थारु उम्मेदवार”
डिल्ली चौधरीक् नाउँमे खुल्ला चिठी
कृष्णराज सर्वहारी-
आदरणीय डिल्लीजी
राम राम
गइल संविधान सभामे अपने हार गैली। अप्की सहजील डग्गर समानुपातिकमे हाँठ नफैले बटी। अग्रिम बधाई बा, अपने शेर बहादुर देउवाहे गडफाडर मान्के जो नेंगटी बटी।
अपनी पैल्हाफेरा चुनाव लरली टे, सोंचगैल रहे। आब राजनीतिमे कुदजैबी। मने फेन डोस्रे बेस एनजीओ चलाई चलगैली। एनजीओ चलैना मनै अपने हुइ या गोपाल दहित, जमके राजनीति करे नैसेक्बी कना मोर ठहर बा। ओहेसे जस्टे देउवा आपन जन्नी आरजुहे एनजीओ चलैना ठेक्का डेले बा। अपने ओ दहितजी आआपन जन्नीन् एनजीओक् जिम्मेवारी डेके खुलके पूरा राजनीतिमे अइबी टे थारुन्के कल्याण हुइ कना मोर अनुरोध बा। Continue reading “डिल्ली चौधरीक् नाउँमे खुल्ला चिठी”
कैलालीका थारु उम्मेदवारको मुख्य एजेण्डा संघीयता
कैलाली- जातीय पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नै मुख्य एजेन्डा हो। गरिब पक्षधरको वर्गीय पार्टी भएकाले थारू समुदाय र पहाडी दुवै समुदायको मत मैले पाउने भएकाले जित सुनिश्चित छ। मुक्त कमैया, सुकमबासी सबैले मत दिन्छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ।
फूलराम चौधरी, क्षेत्र १, एकीकृत माओवादी Continue reading “कैलालीका थारु उम्मेदवारको मुख्य एजेण्डा संघीयता”
सप्तरीका थारु उम्मेदवारका प्रतिस्पर्धा कोसँग?
सप्तरी- संविधान निर्माण मेरो मुख्य एजेन्डा हो। मुलुकमा राजनीतिक स्थिरता र विकासको गति प्रदान गर्न संविधान अपरिहार्य छ। एकीकृत माओवादी संघीयता पक्षधर परिवर्तनकारी शक्ति हो। यो संविधानसभाको निर्वाचन हो, विकास गर्ने निर्वाचन होइन। यस क्षेत्रका जनताले मलाई पक्कै पनि सेवाको अवसर दिनेछन्। मेरो मुख्य प्रतिस्पर्धा फोरम लोकतान्त्रिकसँग छ।
मानपुर चौधरी, क्षेत्र १, एकीकृत माओवादी
पहिचानसहितको संघीयता र लोकतान्त्रिक संविधान मेरा मुख्य एजेन्डा हुन्। कांग्रेसले नै मुलुकको हित गर्ने तथ्य कुनै पनि मतदाताबाट लुकेको छैन। यसपालि कांग्रेसको पक्षमा ब्यापक जनलहर देखिएको छ। पछिल्लोपल्ट मधेसी जनताले मधेसवादीलाई जिताएर पठाए पनि उनीहरूको चरित्र छताछुल्ल भएको छ। माओवादी हत्याहिंसामा विश्वास राख्ने भएकाले उनीहरूको अवस्था पनि राम्रो छैन। हामीले चुनाव जितिसकेका छौं। मेरो प्रतिस्पर्धा केही मधेसवादीहरूसँगै छ।
रामकुमार चौधरी, क्षेत्र ३, नेपाली कांग्रेस
बहुपहिचानसहितको संघीयता, आपसी सदभावसहितको राष्ट्रिय एकता र संविधान निर्माण मुख्य एजेन्डा हुन्। विकासमा पछाडि रहेको यस क्षेत्रको विकास गर्ने उद्देश्य पनि मेरो छ। खासगरेर पछिल्लो चुनावमा यहाँबाट निर्वाचित भएर गएकाहरूको लापरवाहीले यो क्षेत्रको विकास हुन नसकेको हो। यसपालि एमालेप्रतिको जनलहरले हामीलाई ठूलो शक्ति बनाउँदैछ। मुख्य प्रतिस्पर्धा कांग्रेस, सदभावना र फोरम नेपालसँग छ।
तराकान्त चौधरी, क्षेत्र ४, नेकपा एमाले
पहिचान र संघीयतासहितको लोकतान्त्रिक संविधान मेरा एजेन्डा हुन्। नेपालको इतिहासमा जुनजुन बेला राजनीतिक संकट उत्पन्न भएको छ, लोकतन्त्रमाथि खतरा देखिएको छ, त्यसको समाधान कांग्रेसले दृढतापूर्वक गर्दै आएको इतिहासबाट सर्वसाधारण मतदाता अनभिज्ञ छैनन्। अहिलेको अवस्थामा पनि राजनीतिक निकास तथा संविधान निर्माणका लागि कांग्रेस नै निर्विकल्प भन्दै देशभर जनलहर देखिएको छ। यसअघि चुनाव चितेकाहरूले मतदाताप्रति बइमानी गरेकाले पनि मेरो जित पक्का छ। प्रतिस्पर्धा एमालेसँग हुन्छ।
तेजुलाल चौधरी, क्षेत्र ५, नेपाली कांग्रेस
संघियता सहितको संविधान मुख्य एजेण्डा हो। मधेसी, आदिवासी जनजाति, पिछडीएका समुदाय, महिला, मुश्लिम सवैको पक्षमा वोल्ने एकमात्र दल फोरम लोकतान्त्रीक भएकोले हाम्रो पक्षमा यसपाली जनाधार देखिएको छ। पक्कै पनि हाम्रो जित यस क्षेत्रमा हुने छ। काँग्रेस र एमालेसँग मुख्य प्रतिस्प्रर्धा छ।
छेदीलाल चौधरी, क्षेत्र ५, फोरम लोकतान्त्रिक
बर्दियाका थारु उम्मेदवार के भन्छन्?
बर्दिया- पार्टीका एजेन्डा नै मेरा एजेन्डा हुन्। जनतालाई यस क्षेत्रको विकास र मुलुकलाई संविधान दिलाउन उम्मेदवारी दिएको हुँ। म निर्वाचित भएपछि संविधान जारी गर्न हरसम्भव प्रयास गर्नेछु। यस क्षेत्रका थारूको छोरो, स्थानीय व्यक्ति र १० वर्षसम्म गाविस अध्यक्षको हैसियतले जनतासँग भिजेर काम गरेकाले यस क्षेत्र मेरो ठूलो लगानी छ। अहिले नेपाली कांगे्रसको लहर छ। थारूको छोरो र लामो समय यस क्षेत्रमा रहेर काम गरेकाले जनताको विश्वास मप्रति छ। यही नै मेरो जित्ने आधार हो।
– भुवनेश्वर थारू, क्षेत्र १, नेपाली कांग्रेस Continue reading “बर्दियाका थारु उम्मेदवार के भन्छन्?”
‘निर्धक्क मतदान गरौं’
काठमाडौं- नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोध्नुभयो, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन?” “मैले अन्तिम दिन फोटो खिँचाएर मतदाता नामावलीमा नाम लेखेँ, जीवनमा पहिलो चोटि मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भन्नुभयो। चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा नायिका करिश्माले देश, विकास, जनता र पिछडिएका वर्गका लागि एक भोटले पनि असर पार्ने बताउँदै थप्नुभयोे, “प्लिज भोट हाल्नुस् है अधिकार र अवसर नगुमाउनुस्,” नायिका करिश्माले भन्नुभयो। Continue reading “‘निर्धक्क मतदान गरौं’”
संविधान सभाके चुनाव ओ थरुहटके पहिचान (थारु भाषा)
कृष्णराज सर्वहारी-
मुअल थारू हुइटुँ मै
साँस केल चल्ठा
फुर आओ ए छेम्हेन
आ रै चिल्ह्रा
एक झपट मारो
ओ मही लैजाओ
जहाँ थारू जिट्टी बट।
यी कविताके पंक्ति विहान २०७० पत्रिकामे छपल कवि राजकुमार कान्छाके हो। कविताके शब्द केरैना हो कलेसे एकफेरा सब्जे गहिंरके सोंचे पर्ना बा कि मै मुअल थारू हुइटुँ कि जियल? Continue reading “संविधान सभाके चुनाव ओ थरुहटके पहिचान (थारु भाषा)”
आब हेतै मतके कदर? (थारु भाषा)
सीएन थारु- संविधानसभाके दोसर निर्वाचन किछु दिन भित्तर हेतै। संविधानसभाके निर्वाचन निष्पक्ष और स्वतन्त्र हौक जनताके चाहना छै। पहौन्का बेर जे सविधानसभा गठन करल गेलै, से कोन कारण एक थान सविधान जारी नै कैरके विघटन करल गेलै? तकर खोजी वहस के विषय नै बनल्छै। अखुन मतदाता सब के मोटिभेसन फ्याक्टर खिएनाई पिएनाई देखल गेल्छै। अमुल्य मत के वात सव कोइयो करैछै आ मत किनैले सोहो योजना बनैछै। कथनी आ करनी मे फरक देखैके दार्शनिक भुल आपन ठाममे छेबे करै, तकरा लवका विचार से हरेबै कहैबला सोहो अकर्मण्यता से घेरल छै। अखुन्का सवाल प्रष्ट छै कि राजनीतिक दलसब जनताके मत के कदर आब कोन तरह से करतै? Continue reading “आब हेतै मतके कदर? (थारु भाषा)”