जित्ना थारु नेतन्के चर्चा (थारु भाषा)

कौशलेन्द्रकुमार- गइल संविधान सभाके चुनावमे जम्मा १३ थारु प्रतिनिधि प्रत्यक्षमे जिटल रहिट। जेम्नेसे मधेशी जनअधिकार फोरमसे विजयकुमार गच्छदार सुनसरी ओ मोरङ २ ठाउँसे जिटलमे सुनसरी ३ मे अप्की एमालेक् भगवती चौधरी उठल ओर्से उहाँ कडा प्रतिस्पर्धा रहलमे सुनसरीमे भर जित पक्का बटिन्। गोविन्द चौधरी (रौतहट) तमलोपालासे चुनाव जिटलमे अप्की मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) से उठल बटाँ। पहिले स्वतन्त्र उम्मेद्वारके रुपमे फेन जित्ना हैसियत रख्लक उहाँहे दलबदलसे कौनो फरक नैपर्ना जित्ना पक्का बटिन। Continue reading “जित्ना थारु नेतन्के चर्चा (थारु भाषा)”

फोरम लोकतान्त्रिक ठूलो तेस्रो पार्टी बन्छ : गच्छदार

भद्रपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पूर्वदेखि पश्चिमसम्म पार्टीका उम्मेदवारको पक्षमा जनलहर देखिएकाले यो निर्वाचनमा मधेसी जनअधिकार फोरम तेस्रो ठूलो शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्। झापा क्षेत्र नं ३ को बनियानीमा चुनावी सभालाई सम्बोधन गर्दे उनले झापाबाट नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी पार्टीका व्यक्तिले विगतमा जितेर गए पनि जिल्लाको विकास गर्न नसकेकाले विकासका लागि यसपल्टको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे।  Continue reading “फोरम लोकतान्त्रिक ठूलो तेस्रो पार्टी बन्छ : गच्छदार”

लौव नेपाल

nepal flagप्रसादु थारू,

हम्र कहिया कली उ भूमि हमार केल हो।

हम्र कहिया कली उ जल, जंगल हमार केल हो।

हम्र कहिया कली थरुहट हमार केल हो।

हम्र कहिया कली संघीयता, स्वायत्तता हमार केल हो। Continue reading “लौव नेपाल”

देउवाले भने- ‘थारुलाई बिशेषाधिकार दिन्छौं’

deuwaभिम चौधरीकैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर ६ बाट विजयी बने जिल्लाको प्रमुख समस्याको रुपमा रहेको नदी कटान रोक्ने प्रतिबद्धता जनाएका छन्। कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले कैलाली जिल्लाको प्रमुख समस्याको रुपमा रहेको मोहना, घुरहा, कान्द्रा नदीको कटान रोकेर छाड्ने प्रतिबद्धता जनाए। उनले गुरु योजना बनाएर दातृ निकायको सहयोगमा जसरी पनि कटानको समस्याबाट कैलाली बासीलाई मुक्ति दिने बताए। सुदूरपश्चिमको केन्द्र बिन्दुको रुपमा रहेको कैलाली उब्जाउ भूमिको खानी र महत्वपूर्ण भएको बताउँदै नेता देउवाले समस्याको रुपमा रहेको नदी नियन्त्रण आवश्यक रहेको औंल्याए। Continue reading “देउवाले भने- ‘थारुलाई बिशेषाधिकार दिन्छौं’”

संविधानसंगे धानके चिन्ता (थारु भाषा)

SAMSUNG DVC PICTURESरन्जना रौतार, कपिलबस्तु- धान खेतवम परल बा, मने संविधानमे आपन मनै चुन्ना काम फे नगिचे आ गइल बा। फिर भि गजेहडा–९ के राम अवतार थारू के अब होएना निर्वाचन मे भोट कसिक सहीसे डरना कहना अभिन तक पता नाई बा। उहाँ जैसनहि कपिलस्तु जिल्लामे ढेर मतदाता अनभिज्ञ बाटन् कि मत कईसे डरना कहना बातमे। ओइसही जितपुरके मधु शाही के तौन अब तक भोट कइसे ओ केकर खरतिन डरना, यी भोट डरले से का होई लगायतके बिषयमे शाहीके कुछ बात मालुम ना रहल कहलन्। Continue reading “संविधानसंगे धानके चिन्ता (थारु भाषा)”

दलीय विकासे नारा!

Lucky Chaudharyलक्की चौधरी, मंसिर ४ को निर्वाचन जति नजिकिदैछ, उम्मेदवारको चुनावी प्रचार–प्रसारको चटारो त्यति नै बढ्दो छ। तर आमनेपाली मतदाताहरुको मनमा अझै निर्वाचन सुनिश्चित्ताको भय कायमै छ।  कारण, नेकपा–माओवादी नेतृत्वको तेत्तीसदलीय मोर्चाको विरोध, वहिष्कार र छिटपुट बन्द। उम्मेदवारहरु स्वयम् निर्वाचन हुने–नहुने अन्यौलमै छन्। तथापि उनीहरुको मतमाग्नु अधिकार र दायित्व दुवै हो। किसानलाई बर्षा लागेकोबेला जसरी खेतीपातीको चटोरो हुन्छ, त्यसरी नै नेता र उम्मेदवारलाई अहिले भएको छ। उनीहरुकालागि खेतीपाती त ‘निर्वाचन’ नै हो। कथंकदाचित निर्वाचन सम्पन्न भैहाल्यो भने पनि अहिले गरेको मेहनत, परिश्रम र नमस्कार नै तिनकालागि उत्पादन हो, अन्नबाली र पुरस्कार सबैथोक हो। निर्वाचित भएका उम्मेदवार नै भोलिको नयाँ मन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, समिति सभापति तथा सभासद् पनि हुन्। Continue reading “दलीय विकासे नारा!”

सामाचखेवाको रौनक

sunsari sama chakewa-2बर्दिवास- होत्तरीलगायतका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा अहिले यहाँको लोक सांस्कृतिक पर्व सामाचखेवाको कर्णप्रिय भाखा गुञ्जँदो छ। आफ्ना दाजुभाइको गुणगान समेटेर मिथिलानी (मिथिलाका नारी)ले गाएका कर्णप्रिय गीतले अहिले मिथिलाको परिवेश नै सामाचखेवा पर्वमा रमेको देखिँदो छ।
हमर भैया’क् कोठीमे धान, चुगला कोठीमे भुस्सा…
हमर भैया’क् मुहमें पान, चुगला मुहमे कोइला।
हमर भैया’क् कोठीमे चाउर, चुगला कोठीमे छाउर… Continue reading “सामाचखेवाको रौनक”

कमैयाले देउवासँग माँगे जग्गा र जागिर

कमैंया बस्तीमा भोट माग्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा। तस्बिर : अविनाश चौधरी
कमैंया बस्तीमा भोट माग्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा। तस्बिर : अविनाश चौधरी

धनगढी- कैलालीका मुक्त कमैंयाले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवासंग जग्गा र जागिर माँगेका छन्। भोट माग्नका लागि कमैंया बस्ती पुग्नु भएका देउवालाई आफ्नो पीडा सुनाउँदै उनीहरुले जग्गा र जागिर माँग गरेका हुन। धनगढीको मिलनपुर मुक्त कमैंया शिविरकी बसन्ती चौधरीले आफूहरु पीडैपीडामा बाँच्दै आएको सुनाए। आफ्नै आँगन पुग्नु भएका नेता देउवालाई उनले भने– ‘हाम्रो मुक्ति भएको धेरै बर्ष भइसक्यो। तर, पुनस्थापनाको लागि कसैले चासो गरेन।’ Continue reading “कमैयाले देउवासँग माँगे जग्गा र जागिर”

कैलालीमा डेङ्गुको जोखिम बढ्यो

डेङ्गु रोग लागेका जोशीपुरको १० बर्षीय बालक सञ्जु चौधरीको सेती अञ्चल अस्पतालमा उपचार हुँदै। तस्बिर : अविनाश चौधरी
डेङ्गु रोग लागेका जोशीपुरको १० बर्षीय बालक सञ्जु चौधरीको सेती अञ्चल अस्पतालमा उपचार हुँदै। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरीधनगढी‍- केहि बर्षदेखि देखिन थालेको डेङ्गु रोगको प्रकोप यसबर्ष कैलालीमा बढेको छ। यसपाली स्थानीय स्तरकै गरेर पन्ध्र जना डेङ्गु बिरामी फेला परेपछि स्वास्थ्यकर्मीले चिन्ता र चासो व्यक्त गरेका छन्। Continue reading “कैलालीमा डेङ्गुको जोखिम बढ्यो”

भोट माग्दै गौरीशंकर चौधरी

Gaurisankar Chaudhari, kailali-4 candidate, election_2013धनगढी- एकीकृत माओवादीका उम्मेदवार गौरीशंकर चौधरीले जनताहरुसंग छलफल गर्दै भोट मागिरहेका छन्। एकीकृत माओवादीबाट कैलाली क्षेत्र नं. ४ मा संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ताराले घरदैलो अभियान अन्तरगत जनताको चाहना र गुनासा सुनिरहेका हुन्। उनले जनतालाई आफू उम्मेदवार हुनुको कारण खुलाउँदै एमाओवादीलाई अत्यधिक बहुमत दिन र आफूलाई जिताउन आग्रह गरिरहेका छन्। उनी आज साँडेपानी गाविसका जनताहरुसंग अन्तरक्रिया गर्न व्यस्त छन्। Continue reading “भोट माग्दै गौरीशंकर चौधरी”