सन्तोष दहित- पूर्व कम्लरी एवम पुर्व सभासद नेकपा एमाले क्षेत्र नं २ के उम्मेदवार शान्ता चौधरीको चुनावी माहोल बहर्टिबाटिन। चौधरी अत्रा व्याला कम्लरीहुकनके समस्या लगायत वर्गिय आवाज उठैइटी जनताहुकनके घर घरम पुग्ख आपन पक्षम मतदान करकलाग गाँउ गाँउम खटलबाटी। चौधरीह जिताइकलाग सयौंके कार्यकर्ता, वुद्धिजीवि, स्थानिय जनता, पुर्वकलरी, मुक्त कमैया समाज, भूमहिन लगायत लागि परलबाट। Continue reading “शान्ताके पक्षम जनलहर (थारु भाषा)”
Author: admin
चुनावके चहलपहल ओ अनुमान
दिल बहादुर चौधरी, पहिलेक पुर्खा कहैं, भैयो कमरा भिजी तब पता पैबो। आज हरेक सचेत थारूनहे लागता सचमुच कमरा भिजेहस् लागता। एक समयके बात रहे, जब थारूनके क्षेत्रमे कोई नाइरहे, सिर्फ थारू ओ थारू रहैं। थारू निष्पि्कक्र रुपमे काम करैंह्, बिचरण करैंह्। उ समयमे थारूनके लाग समस्या कलेक मनै नाई बल्कि मलेरिया, हैजा, बाघ–भालु जैसिन् हिंस्रक जनावर रहैं भूत, प्रेत पिसाच रहैं। तर समयके हेराफेरीसँगे समस्या थप्ती जाइता। हरेक समस्यासे जु‰ना, समस्यापर काबु पैना थारूनके बाध्यता बनगिल बा। Continue reading “चुनावके चहलपहल ओ अनुमान”
बारा ५ मा उमाकान्त र बलवीरबीच टक्कर
बारा- बारा-५ थारु बाहुल्य क्षेत्र मानिन्छ। यस क्षेत्रमा प्रमुख दल तथा साना दलले थारु उम्मेदवारलाइ नै प्रतिस्पर्धामा उत्रिएका छन्। एमाओवादीले तपेश्वर चौधरी, नेपाली कांग्रेसले उमाकान्त चौधरी, नेकपा एमालले बलवीर चौधरी र फोरम लोकतान्त्रिकले ओमप्रकाश चौधरीलाई उम्मेदवार बनाएका छन्। तर विश्लेषकहरु भने उमाकान्त र बलवीरबीच कडा प्रतिस्पर्धा हुने बताउँछन्। स्थानीहरु भने उमाकान्तले गत निर्वाचनमा विजय हुँदा आफ्नो क्षेत्रमा केही विकास नगरेको गुनासो गरे। त्यसैले पनि बलवीरको पक्षमा मतदाता रहेको स्थानीहरुले बताए।
कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकका उम्मेदवार के भन्छन्: Continue reading “बारा ५ मा उमाकान्त र बलवीरबीच टक्कर”
दाङमा चुनावी चटारो
दाङ- संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दाङमा पनि चुनावी चटारो तीव्र रुपमा अगाडि बढेको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दिएकाले मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो, कोणसभा लगायतका अभियान लिएर मतदातासमक्ष पुग्ने र आफ्नो माग राख्ने क्रमलाई यतिखेर तीव्र पारेका छन्। उम्मेदवारको प्रचारको तीव्रतालाई हेर्दा उक्त निर्वाचन क्षेत्रमा चुनावले प्रायः सबै तहलाई छोएको देखिन्छ। यहाँका चोक, गल्ली, चियापसलदेखि सार्वजनिक स्थानमा चुनावी रौनक बढ्नुका साथै कुन पार्टीका उम्मेदवारले जित्ला भन्ने पूर्व आङ्कलन पनि सुरु भइसकेको छ। कुल मतदाता ४६ हजार १२७ रहेको सो क्षेत्रमा मुख्य तीन दलका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा रहेको छ। Continue reading “दाङमा चुनावी चटारो”
सुनसरी ३ मा गच्छदारका ३१ प्रतिद्वन्द्वी
विराटनगर- संविधान सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट विजयी हुने उम्मेदवारबारे यहाँका मतदातामाझ कौतुहलता बढेको छ। आदिवासी थारु, मुस्लिम, रौनियार, मुसहर, यादव र पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा ६३ हजार ८०९ मतदाता छन् र यहाँबाट ३२ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। यस क्षेत्रमा नेपाली काँग्रेस, मधेसी जनाअधिकार फोरम(लोकतान्त्रिक), मधेसी जनाअधिकार फोरम नेपाल, नेकपा (एमाले) र एमाओवादीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। Continue reading “सुनसरी ३ मा गच्छदारका ३१ प्रतिद्वन्द्वी”
गुडिरहेको यात्रुबाहक बसमा आगजनी
चितवन- चितवनको जुगेडीमा बन्दकर्ताहरूले गएराति गुडिरहेको एक यात्रुबाहक बसमा आगजनी गरेका छन्। सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना४ख ४७३४ नम्बरको बसमा माथि डाँडाबाट फ्याँकेको आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक सञ्जय राउतले जानकारी दिए। राति अन्दाजी १:३० बजेको समयमा डाँडा माथिबाट आगो फ्याँकेर गाडी जलाएकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। उक्त गाडी स्कर्टिङभन्दा पछि आएकाले जल्नबाट रोक्न नसकिएको प्रहरीको भनाइ छ। Continue reading “गुडिरहेको यात्रुबाहक बसमा आगजनी”
एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको गाडीमा आगजनी
इटहरी-सुनसरी क्षेत्र नं. २ की एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। इटहरीको वीपी चोक स्थित कोठा अगाडि पार्किङ गरेको को १ च ५८५१ नम्बरको बोलेरो गाडीमा गए राति २ बजे अज्ञात समूहले आगो लगाइदिएको हो। ढुंगाले हानेर सिसा फुटाएर गाडीको भित्री भागमा आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उम्मेदवार चौधरीले आफूमाथि एमालेले आक्रमण गरेको बताइन्। ‘प्रतिशोध साँध्न विपक्षीले गाडीमा आगो लगाइदिएका हुन्’, उनले भनिन्। ती समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।वैद्यलाई गच्छदारको आग्रह
भिम चौधरी, कैलाली- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सबै चुनावी अभियानमा केन्द्रित भइसकेकाले कुनै पनि हालतमा चुनाव नरोकिने बताएका छन्। नेकपा–माओवादीलगायत चुनावको बिपक्षमा रहेका दलहरुलाई चुनावपछि संविधान बनाउँदा मूलधारमा ल्याएर संविधान बनाउने जिकिर गरे। ‘हामी सबै चुनावी मैदानमा दौडिसकेका छौं,’ उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका उनले भने, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन।’ Continue reading “वैद्यलाई गच्छदारको आग्रह”
रहेनन् ‘सकस’का लेखक घिमिरे
विष्णु नेपाल, काठमाडौं- “अनन्त समय विगतको लगामले रोकिँदैन, समयलाई भविष्यको बेगवान् भिजनले कुदाएर लैजान्छ …” हो, अवश्यमेव। नेपाली आख्यानका क्षेत्रमा चम्किला नक्षत्र जगदीश घिमिरे ती आफ्नै वाणीले भने झैँ अब भौतिक रूपमा रहेनन्। विसं २०६९ भदौ महिनाको अन्त्यतिर। पछिल्लो संस्मरणात्मक आख्यानकृति ‘सकस’को लेखकीय मन्तव्यमा सो वाक्य उनले कोरेका थिए। ती वाक्यले झैँ उनले नेपाली साहित्यलाई नयाँ उचाइमा कुदाएर भौतिक शरीर छाडेर गए। ‘सकस’ उनको सिङ्गो जीवनको सकस थियो। अनि देशको सङ्कटको राजनीतिक सङ्क्रमणको सकस थियो। Continue reading “रहेनन् ‘सकस’का लेखक घिमिरे”
यमपञ्चक सुरु
काठमाडौं- आजदेखि नेपालीको घरआँगनमा दोस्रो ठूलो चाड दीपावली प्रारम्भ भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ। तिहारलाई दाजुबहिनी वा भाइबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ। भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउँछन्। Continue reading “यमपञ्चक सुरु”