काठमाडौं- नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको हत्या अभियोगमा सोही दलका पूर्व सभासद् रामचन्द्र प्यासी कुसवाहसहित दुईजना पक्राउ परेका छन्। एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका कुसवाहसँगै भारतीय नागरिकद्वय अतिक खान र राजु श्रीवास्तवलाई प्रक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। Continue reading “आलम हत्या अभियोगमा पूर्वसभासद् पक्राउ”
Author: admin
थारु नेतामाथि गोली हान्ने प्रकाउ
दाङ- केही दिनअघि एमाओवादी जिल्ला नेतामाथि गोली हान्ने आपराधिक गिरोहलाई प्रहरीले समातेको छ। डुरुवा निवासी एमाओवादी जिल्ला सदस्य हरिशचन्द्र चौधरीलाई गोली प्रहार गर्ने पाँच जनाको समूहलाई प्रहरीले हतियारसहित समातेको हो। प्रहरीले उरहरी ८ बेलगनारका पारस हमाल, उरहरी ८ कै भानुभक्त बस्नेत,हापुर १ का रणबहादुर घर्ती, टरीगाउँ ७ का हिरामणी चौधरी र हापुर १ का गोपाल घर्तीलाई हतियारसहित नियन्त्रणमा लिएको हो। Continue reading “थारु नेतामाथि गोली हान्ने प्रकाउ”
थरुहट तराई पार्टी तराईमा तीन स्वायत्त प्रदेशको पक्षमा
काठमाडौं- थरुहट तराई पार्टी नेपालले जातीय समानुपातिक प्रतिनिधित्वको आधारमा सरकार गठन गर्नुपर्ने शासन ब्यवस्थाको पक्षमा आफूलाई उभ्याएको छ। आइतबार पत्रकार सम्मेलन गरेर सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संसदबाट चयन हुने कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा जातीय समानुपातिकताको आधारमा मन्त्रिमण्डल गठन गर्ने र प्रदेश–केन्द्रको जातीय सभाको निर्वाचक मण्डलद्वारा संवैधानिक राष्ट्रपति चयन गर्ने उल्लेख छ।
केन्द्र र प्रदेशमा प्रतिनिधि र जातीय सभा गठन गर्ने र त्यसमा कम्तिमा पनि प्रत्येक जातीबाट एक र प्रदेशबाट एक जनाको प्रतिनिधित्व सुनिश्चित गराउने ब्यवस्था प्रस्ताव गरेको छ। जातीय पहिचानको आधारमा आत्मनिर्णयको अधिकारसहित तराईमा तीन र पहाड हिमालमा ८ प्रदेश गरि ११ प्रदेश बनाउनु पर्ने प्रस्ताव गरेको छ। जसमा तराईमा चितवन पश्चिम कञ्चनपुरसम्म थरुहट स्वायत्तः प्रदेश, पर्सादेखि धनुषासम्म मध्यतराई सिम्रौनगढ स्वायत्तः प्रदेश, झापादेखि सिराहासम्म पूर्वी थरुहट कोचिला स्वायत्तः प्रदेश, पहाड र हिमालमा खप्तड प्रदेश, खसान प्रदेश, मगरात प्रदेश, तमुवान प्रदेश, ताम्सालिङ प्रदेश, नेवाः प्रदेश, खुम्बुवान प्रदेश र लिम्बुवान प्रदेश रहेका छन।
प्रदेशहरुलाई आर्थिक अधिकारको सम्बन्धमा सो क्षेत्रबाट उठ्ने कुल राजस्वको ९० प्रतिसत प्रदेश र १० प्रतिसत केन्द्रले बाडफाड गर्ने राज्यको बाडफाड प्रस्ताव गरेको छ। सो पार्टीले नेपालको आर्थिक विकासको बाटोको रुपमा भ्रष्टाचार मुक्त देश घोषणा, स्वरोजगारी, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग र विज्ञान तथा प्राविधिको प्रयोगलाई अघि सारेको छ। 
त्यसैगरी केन्द्रमा एक र प्रदेशमा आवश्यकता अनुसार अदालतहरुको ब्यवस्था गर्ने, धर्म निरपेक्षतालाई कायम गर्ने, राष्ट्रिय महत्वका विवादित विषयमा जनमत संग्रह गरेर निकास निकाल्नु पर्ने, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक मिश्रित निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति जातीय रोलक्रमको आधारमा चयन गरिनु पर्ने, पञ्चशिल र असंलग्नता र राष्ट्र संघको बडापत्रको आधारमा परराष्ट्र नीति तय गर्ने, जनताको प्रत्यक्ष मतबाट निर्वाचित मुख्य मन्त्री, आदीबासीलाई नेतृत्वमा २५ वर्षसम्म अग्राधिकार दिने, जातीय जनसंख्याको आधारमा सबैको राज्यमा पूर्ण समानुपातिक प्रतिनिधित्व, महिलाको लागि ३३ प्रतिसतको सुनिश्चितताको प्रतिबद्धता पनि सो पार्टीले आफ्नो घोषणापत्रमार्फत ब्यक्त गरेको छ।
घोषणा पत्रको पूर्ण पाठ यहाँ क्लिक गरेर पढ्नुस्
तराईमे बहुप्रदेश : लेखी (थारु भाषा)
अविनाश चौधरी, धनगढी- नेपाल आदिवासी जनजाति महासंघके निवर्तमान अध्यक्षसमेत रहल राष्ट्रिय नागरिक पार्टीके अध्यक्ष राजकुमार लेखी तराईमे बहुप्रदेश बनाइक पर्ना बटैले बटाँ। कुछ राजनीतिक दल आपन चुनावी घोषणापत्रमे ‘समग्र मधेस एक प्रदेश, तराईके २२ थो जिल्लाहे ‘एक थरुहट’ ओ पच्छिउँमे अखण्ड सुदूर पश्चिम बनैना प्रतिबद्धता आघे सारलप्रति लेखी विमती जनैलैं। अँटवारके बिहान धनगढीमे आयोजना कैगिल पत्रकार सम्मेलनमे उहाँ तराईमे एक प्रदेश सम्भव नै रहल कहती बहुप्रदेश बनाइक पर्ना बटैलाँ। Continue reading “तराईमे बहुप्रदेश : लेखी (थारु भाषा)”
दाङका थारु उम्मेदवारका चुनाबी एजेण्डा
दाङ- दाङमा प्रमुख तीन दल एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका तीन प्रतिस्पर्धी चुनाबी मैदानमा उत्रिएका छन्। ती उम्मेदवारहरुले एकअर्कालाई आफ्ना प्रमुख प्रतिस्पर्धीका रुपमा लिइरहेका छन्। क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सुशीला चौधरी र नेकपा एमालेका शान्ता चौधरी आमनेसामने भिड्दैछन्। नेपाली कांग्रेसबाटै क्षेत्र नम्बर १ मा पार्वता डिसी चौधरी एकीकृत माओवादीबाट क्षेत्र नम्बर ४ मा रामजी चौधरी छन्। उनीहरुका चुनाबी एजेन्डा के कस्ता छन्? विस्तृत पढ्नुस्: Continue reading “दाङका थारु उम्मेदवारका चुनाबी एजेण्डा”
मुङ्ग्रह्वा नाचके शान (थारु भाषा)
अविनाश चौधरी, धनगढी- कैलालीके मुङ्ग्रह्वा थारु नाच आकर्षणके केन्द्र बिन्दु बन्टी गैल बा। थारु समुदायमे अक्केथोकिल रहल ओरसे गदरिया–१ खरुवाखेरा गाउँक युवा पुस्तालोग नच्टी रहल यी नाचके आकर्षण बढटी गैल हो। दाङ जिल्लाके देउखरसे उत्पत्ति हुईल कैहजिना मुङ्ग्रह्वा नाच अब्बे कैलालीमे किल जियल बा। साहित्यकार कृष्णराज सर्वहारी कैलालीके खरुवाखेरामे किल मुङ्ग्रह्वा थारु नाच नाचजैना दाबी कर्लै। Continue reading “मुङ्ग्रह्वा नाचके शान (थारु भाषा)”
मधेसी दलको समानुपातिक लिस्टमा थारु ब्यक्ति कति? (लिस्टसहित)
काठमाडौं- तराईमा शासकीयस्वरुपबारे मधेसी दलहरु दुई खेमामा विभाजित भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रि र राजेन्द्र महतोको सद्भावना पार्टीले तराईमा स्वायत्तः मधेस प्रदेश सम्भव नभएको भन्दै घोषणा पत्रमा चितवन पूर्व मधेस र पश्चिम थरुहट भनेर उल्लेख गरेका छन्। उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले भने आफ्नो घोषणा पत्रका स्वायत्तः मधेस प्रदेश हुने उल्लेख गरेका छन्। यी दुईथरी मधेसी दलले समानुपातिकमा थारु समुदायका ब्यक्तिलाई कतिको प्राथमिकता दिएका छन्। Continue reading “मधेसी दलको समानुपातिक लिस्टमा थारु ब्यक्ति कति? (लिस्टसहित)”
जसले १८ वर्ष कमलरी जीवन बिताइन्
काठमाडौं- कमलरीदेखि संविधान सभासम्मको जीवनयात्रालाई फर्केर हेर्दा शान्ता चौधरीको कथा कुनै चलचित्रको कथाभन्दा फरक लाग्दैन। उनले भोगेका पीडा र संङ्घर्षले उनलाई वास्तवमै उदाहरणीय व्यक्ति बनाएको छ। उनले भोगेका विगतका ती दिन कति पीडादायी थिए भने आठ वर्षको उमेरदेखि नै उनले जमिन्दारको घरमा कमलरी बस्न थालिन्। त्यहाँ उनले १८ वर्ष बिताइन्। परिवारमा आमाबुबा, दिदीबहिनी सबै कमैया र कमलरी थिए। जीविकाका लागि शान्ताले पनि त्यही बाटो अपनाउनु पर्यो। जमिन्दारको घरमा सानै उमेरदेखि कमलरी बस्नुपर्दा बाबुआमाको न्यानो काखबाट वञ्चित भइन्। शिक्षाको ज्योती पाउन सकिनन्। बिरामी हुँदासमेत उपचार नपाउने अवस्था थियो। जमिन्दारले जे काम अह्रायो त्यही गर्नुपर्ने नत्र पिटाई र अपमान खानुपर्ने डर हुन्थ्यो। ‘मीठो खाना, नयाँ लुगा र चाडपर्व भनेको के हो थाहा थिएन, यी सबै कुरा मेरा लागि असम्भव थिए,’ कमलरी अवस्था छँदाको पीडा पोख्दै उनी भन्छिन्, ‘जमिन्दारको घरमा दिनभरी र राति अबेरसम्म काम गरेर पनि पेटभरी खान पाइँदैन्थ्यो।’ Continue reading “जसले १८ वर्ष कमलरी जीवन बिताइन्”
मोरङ ७ मा गच्छदार र शेखर कोइरालाको टक्कर
विराटनगर- आजसम्म संविधान सभाको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं. ६ र ७ मा उच्चस्तरीय नेताहरूको उम्मेदवारीले गर्दा कार्यकर्ता र मतदाताहरूको ध्यान बढी केन्द्रित देखिएको छ। यस क्षेत्रमा विगतको संविधान सभाको निर्वाचनमा क्षेत्र नं ६ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार भीम राजवंशी र निर्वाचन क्षेत्र नं ७ बाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा नवप्रवेशी विजयकुमार गच्छदारले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पराजित गराउँदै विजय हासिल गरेका थिए। Continue reading “मोरङ ७ मा गच्छदार र शेखर कोइरालाको टक्कर”
मलाई जिताउुस्, प्रधानमन्त्री बनेपछि मधेसको विकास गर्छु : दाहाल
सिरहा- एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहालले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी प्रचारप्रसारका लागि मुक्सार पुगेका अध्यक्ष दाहालले चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नेछु, त्यसपछि सिरहालगायत समग्र मधेसको विकास हुनेछ।” Continue reading “मलाई जिताउुस्, प्रधानमन्त्री बनेपछि मधेसको विकास गर्छु : दाहाल”