राजधानीमा साहित्य मेला सुरु

Ncell litfest2013काठमाडौं‍- एनसेल नेपाल साहित्य मेला (लिटरेचर फेस्टिबल)को तेस्रो संस्करण आजदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। एनसेलको प्रायोजनमा बुकवर्म फाउन्डेसनले आयोजना गरेको चारदिने महोत्सवको उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली संस्कृतिलाई साहित्यिक कृतिले नै जिउँदो राखेको बताए। Continue reading “राजधानीमा साहित्य मेला सुरु”

‘चुनावी गतिविधिमे बालबच्चन प्रयोग नै करब’ (थारु भाषा)

अविनाश चौधरी, धनगढी- कैलालीके राजनीतिक दल आचार संहिता विपरीत निर्वाचन गतिविधिके लाग बालबच्चन प्रयोग नै कर्ना सामूहिक प्रतिबद्धता जनैले बटाँ। बालबच्चा भविष्यके कर्णधार रहल ओरसे ओइनमे नाकारात्मक असर पर्ना मेरिक संलग्नता नै करैना ओ ओइने लग्गे गतिविधि नै कर्ना वचनबद्धता दलहुक्रे करह हुईटैं।  एकीकृत नेकपा (मानओवादी) पार्टी कैलालीके प्रतिनीधि गोबिन्द बिक बालबच्चनके सवालमे आपन पार्टी गम्भिर रहल बटैंलैं। उहाँ अइना अगहन चार गते हुईना संविधान सभा निर्वाचन प्रचार प्रसारके क्रममे आपन पार्टी आचार संहिता विपरीत कौनौ फेन गतिविधि नै कर्ना जनैलाँ। Continue reading “‘चुनावी गतिविधिमे बालबच्चन प्रयोग नै करब’ (थारु भाषा)”

‘एक मधेस प्रदेश’विरुद्ध ‘तराई बहुप्रदेश अभियान’ थालनी

rajkumar lekhiकाठमाडौं- राष्ट्रिय नागरिक पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले तराईमा ‘एक मधेस प्रदेश’ बनाउने षड्यन्त्रकारी योजनालाई पुर्नजिवित गर्ने मधेसवादी नेताहरुको अवधारणाको कडा भर्त्सना गरेको छ। सचिवालयको बैठकले तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाउने जनविरोधी र षड्यन्त्रकारी योजनाविरुद्ध ‘तराईमा बहुप्रदेश अभियान’ चलाउने निर्णय पनि गरेको छ। अभियानका लागि पार्टी अध्यक्ष राजकुमार लेखीको नेतृत्वमा कविराज राई, राजकुमार रेग्मी र कमल चौधरी रहेको टोली तराईका विभिन्न जिल्लामा खटिने भएको छ।

अभियानका क्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु, बुद्धिजीवी, पत्रकार, अधिकारकर्मी, युवा विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकहरुसँग भेट गरी बहुप्रदेश अभियानलाई समर्थन गर्न आह्वा्न गरिनेछ।
अभियानको क्रममा भोलि शनिबार बिहान आठ बजे नेपालगञ्जमा पत्रकार सम्मेलन आयोजना गरिनेछ। महेन्द्रवादको नयाँ अवतारका रुपमा देखा परेका आफूलाई मधेसवादी भन्ने केही मधेसी मठाधीस नेताको झुण्डले सम्पूर्ण तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाएर एकात्मक शासन चलाउने र तराईका जनतालाई पञ्चायतकालमा झैं ठग्ने षड्यन्त्र गरिरहेका छन्। यसविरुद्ध राष्ट्रिय नागरिक पार्टी (नेपाल)ले अभियान चलाउन लागेको हो।
rajkumar status
‘एउटै प्रदेश या थोरै प्रदेश बनाएर तराईमा संघीयताका नाममा एकात्मक शासन चलाउने कतिपय मधेसी मठाधीस नेताहरुको स्वार्थलाई ठूला भनाउँदा दलहरुले पनि घुमाउरो समर्थन गर्दै आआफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नु चिन्ताको विषय भएको राष्ट्रिय नागरिक पार्टीको ठहर छ,’ जारी विज्ञप्तीमा भनिएको छ।
‘तराईका जनताले अस्विकार गरिसकेको एक प्रदेश या थोरै प्रदेशको अवधारणालाई चुनावको बहानामा पुर्नजिवित गराउने घातक प्रयासप्रति राष्ट्रिय नागरिक पार्टी (नेपाल) कडा विरोध जनाउँछ र यसविरुद्ध तराईका सम्पूर्ण जनतालाई आन्दोलित हुन अपिल गर्छ,’ विज्ञप्तिमा छ, चुनावमा सहभागी नबन्ने तर बहिष्कार पनि नगर्ने भनी पार्टीले गरेको निर्णयलाई जनतामाझ अझ दह्रोसँग लैजाने निर्णय पनि सचिवालय बैठकले गरेको छ।’

थारु गजल (मैइ मैया )

मैइ मैया कर्ख तु महिन घायल बनिलो ।
बिच दग्रीम छोर्ख तु महिन पागल बनिलो ॥
तुहिन आपन सोच्ख देनु दिल कर्नु मैया ।
तु चाहिँ मोर मैयान आपन घिर्ना बनिलो ॥ Continue reading “थारु गजल (मैइ मैया )”

सम्बन्ध विस्तारका लागि जसले अपरिचित ब्यक्तिसँग विवाह गरिन्

bhagwati chaudharyकाठमाडौं- भगवती चौधरी सानो छँदा आमाले गरेको सामाजिक सेवाबाट प्रभावित हुन्थिन्। गाउँका महिलाविरुद्ध भएका घरेलु हिंसा देखेर केही गरौं भन्ने भावना उनमा पनि थियो। गाउँका फनिलाल चौधरी, शिक्षक गोपालसाहलगायत ‘तिमी हामीजस्ता गाउँमा १००/१०० जना तयार गर्यौं भने त्योभन्दा ठूलो सामाजिक राजनीति केही हुँदैन’ भन्ने आफ्नो श्रीमानको भनाइबाट प्रेरित भएर भगवतीले सामाजिक राजनीतिक अभियान सुरु गरिन्। सुनसरी जिल्लाको मध्यमवर्गीय थारु परिवारमा जन्मेकी भगवती छ जना छोरीमध्ये कान्छी हुन्। Continue reading “सम्बन्ध विस्तारका लागि जसले अपरिचित ब्यक्तिसँग विवाह गरिन्”

स्वागतमा दुई हजार बढी सवारीसाधन प्रयोग गरेको भन्दै गच्छदारविरुद्ध उजुरी

Bijay Kumar Gachhadarबिराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको स्वागतमा पार्टीको झण्डा र चुनावचिन्ह अंकित दुई हजार भन्दा बढी सवारीसाधन प्रयोग गरिएको बिरूद्धमा बिहीबार निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावको आचारसंहिता उल्लघन गरेको भन्दै दुई पार्टी मधेसी जनअधिकार फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीले आयोगको बिराटनगरस्थित कार्यालयमा लिखित उजुरी बुझाएको छ। साढे १२ बजेको यति एयरलायन्सबाट विराटनगर उत्रिएका नेता गच्छदारको स्वागतको लागि विमानस्थलमै दुई हजार भन्दा बढी सवारीसाधनका उनका नेता–कार्यकर्ता र समर्थक उपस्थित भएका थिए। एयरपोर्ट नजिकैको एबि पेट्रोलियमको कुपन थमाइएका मोटरसाइकल सवारहरुले गच्छदारको ‘जयजयकार’ गरेका थिए। एयरपोर्टको विशिष्ट अतिथि कक्षकै द्वारमा पुगेका गच्छदारका समर्थकहरुले उनको स्वागत गरेका थिए। Continue reading “स्वागतमा दुई हजार बढी सवारीसाधन प्रयोग गरेको भन्दै गच्छदारविरुद्ध उजुरी”

कांग्रेसको घोषणपत्र एक वर्षमा संविधान

NC Party Ghoshana patra
तस्बिर : प्रदीपराज वन्त/रासस

 काठमाडौं- अघिल्लो संविधान सभामा भएका समझदारीको स्वामित्व ग्रहण गरी ६ महिनामा मस्यौदा तयार गरी वर्षदिनमा संविधान र दश वर्षमा समृद्व नेपाल बनाउने प्रतिबद्वतासहितको घोषणापत्र लिएर नेपाली कांग्रेस आगामी संविधान सभा निर्वाचनमा जनतामाझ जाने भएको छ। राज्यको शासकीय स्वरूपमा सङ्घीय, प्रादेशिक र स्वायत्ततासहितको स्थानीय तह गरी तीन तहको सरकारको पक्षमा उभिएको काँग्रेसले संवैधानिक राष्ट्रपति तथा संसद्बाट निर्वाचित कार्यकारी प्रधामन्त्रीको अडान विगतमा झैँ घोषणापत्रमा दोहोर्‍याएको छ। Continue reading “कांग्रेसको घोषणपत्र एक वर्षमा संविधान”

थारुलाई आश्‍वासन बाँड्दै देउवा

party prabeshभिम चौधरी, कैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनपछि बन्ने संविधानले आदिवासी थारुलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने बताएका छन्। Continue reading “थारुलाई आश्‍वासन बाँड्दै देउवा”

संस्कृतिविद्व अशोक थारु सम्मानित (थारु भाषा)

Ashok Tharuअविनाश चौधरी, धनगढी- थारु लोकसंस्कृतिके रसिया संस्कृतिविद्व अशोक थारु धनगढीमे सम्मानित हुईल बटैं। थारु लोककलाके खोज अनुसन्धानमे महत्वपूर्ण योगदान देहल कदरकर्ती सुदूर पश्चिमाञ्चल साहित्य समाज उहाँहे सम्मान करल हो। दाङ जिल्लाके हेकुलीमे जरमल थारु लोककला संरक्षणके लाग लम्बा समयसे योगदान देती आइल सम्मानपत्रमे लिखल बा। Continue reading “संस्कृतिविद्व अशोक थारु सम्मानित (थारु भाषा)”