थारू नेताः के कत्रा पानीम्? (थारु भाषा)

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वाहरि– अन्ततः अघन ४ गते संविधान सभा–२ के चुनाव हुइना निश्चित हो गैल बा। पहिला संविधान सभामे प्रत्यक्षमे जम्मा १३ ओ समानुपातिकमे २३ ठो कैके ३६ ठो थारू सभासद रहिंट। यी आलेखमे अप्कीक् चुनावमे कौन थारू नेतन्केे स्थिती का बा? केरैना प्रयास कै जाइटा। विजय कुमार गच्छदार सुनसरी ओ मोरगं कैके पैल्हक् निर्वाचनमे २ ठाउँसे चुनाव जिटल रहिँट। अप्की फेन उहे २ ठाउँसे उ चुनाव लरटी बटाँ। मने पैल्हक् निर्वाचनमे चुनाव लरेवेर पार्टी एकढिक्का रहिन्, अप्की कइयो टुक्रा बटिन्। अभिन सुनसरीमे टे हुँकार प्रतिद्वन्द्वी एमालेक् भगवती चौधरी थारू बटी, जे पहिले समानुपातिकसे सभासद रही। बाराके उमाकान्त चौधरी बल्गर काँग्रेसके बल्गर उम्मेद्वार हुइट। जे जा कहे अप्की प्रत्यक्ष चुनावमे गच्छदार ओ उमाकान्त किल चुनाव जित्ना सम्भावित उम्मेद्वार हुइट।

Continue reading “थारू नेताः के कत्रा पानीम्? (थारु भाषा)”

‘मेरो विजय निश्चित’

minraj chaudharyकाठमाडौं- थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव बर्दिया क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फबाट उम्मेदवार छन्। थारु बाहुल्य रहेको उक्त क्षेत्रमा अन्य पार्टीले पनि थारु समुदायकै उम्मेदवार बनाएका छन्। एमाओवादीले मानबहादुर चौधरी, कांग्रेसले किशोरसिंह राठौर, एमालेले लौटनकुमार चौधरी, फोरम नेपालले विजयाकुमारी चौधरी र फोरम लोकतान्त्रिकले मानबहादुर चौधरीलाई उम्मेदवार बनाएका छन्। यस्तो अवस्थामा मिनराजको स्थित के त? मिनराज भन्छन्, ‘यो थारु बाहुल्य क्षेत्र हो। थरुहट तराई पार्टीले पनि थरुहटको वकालत गर्दै आएको छ। त्यसैले मेरो विजय निश्चित छ।’ Continue reading “‘मेरो विजय निश्चित’”

आश्वासन बाँड्दै उम्मेदवार

मुकेश टेंर्रा, धनगढी- कैलालीका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बा“ड्न थालेका छन्। पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेका दलहरु दोस्रो संविधानसभा बनाइदिनका लागि जनतासंग मत माग्न घरदैलो अभियानमा लागेका उम्मेदवारहरुले जनतालाई विकास र समस्या समाधान गरिदिने आवश्वासन बा“डिरहेका हुन्। उनीहरुले मतदातालाई आफ्नो चुनाव चिन्हमा मत दिएमा उनीहरुको सुविधा हुने विकास गर्ने र विभिन्न खाले समस्याबाट मुक्ति दिने बताइरहेका छन्। Continue reading “आश्वासन बाँड्दै उम्मेदवार”

कैलालीमा आचारसंहिता मिच्ने क्रम जारी

achar sahitaमुकेश टेंर्रा, धनगढी- कैलालीमा राजनीतिक दलहरुले संविधानसभा सदस्य निर्वाचन आचारसंहिता मिच्ने क्रम अझै रोकिएको छैन। उनीहरुले एकपछि अर्को अर्दै आचारसंहिता मिच्दै क्रम झन बढाएका छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीले आचारसंहिता उलंघन गर्ने दल र उम्मेदवारहरुलाई कारबाही गर्न उदाशिनता देखाएकाले दलहरुले निरन्तर रुपमा आचारसंहिता मिच्दै गएका हुन्। विभिन्न सञ्चार माध्यमहरुमा राजनीतिक दलहरुले आचारसंहिता मिचेको खबर आएपछि निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरुले कारबाहीका लागि निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका छन्। जिल्ला निर्वाचन कार्यालयले पनि दलहरुलाई आचारसंहिता उलंघन रोक्न सचेत गराएको जिल्ला निर्वाचन कार्यालयका शाखा अधिकृत लक्ष्मीराज जोशीले बताए। Continue reading “कैलालीमा आचारसंहिता मिच्ने क्रम जारी”

‘पुरुष मेरो प्राथमिकता होइन’

 

कंगना रानावत, बलिउड अभिनेत्री
कंगना रानावत, बलिउड अभिनेत्री

‘क्रिश–३’ मा प्रियंका चोपडासँग तपाईंको खुब प्रतिस्पर्धा चल्यो भन्छन् नि?
काँ हुनु? ‘क्रिश–३’मा म हिरोइन बनेको छैन। ‘सुपरवुमन’ बनेको छु, जो आधा मानिस र आधा पशु हुन्छे। यस्तोमा केको प्रतिस्पर्धा?

तर, प्रियंका र तपाईंबीच तनाव छ भन्ने हल्ला छ त?
यो वाहियात कुरा हो। हामीले फिल्म ‘फेशन’मा पनि सँगै काम गर्‍यौँ। त्यतिबेला पनि हामीबीच गजबको समझदारी थियो। Continue reading “‘पुरुष मेरो प्राथमिकता होइन’”

आइफोन बनाउन लाग्छ कति?

iphoneआइफोन ५ एसले बजारमा तहल्का मचाइरहेको समय तपार्इं यसको उत्पादन खर्च कति भनेर सोध्यो भने के जवाफ दिनुहुन्छ? थाहा छैन या उसको मूल्यको आधाजति उत्पादन खर्च लाग्यो होला भन्ने अनुमान गर्नुहोला। आइफोन ५ एसमा त धेरैजसो फिचर यसका अघिल्ला संस्करणकै निरन्तरता पाएका छन्। मतलब खर्च कम गर्ने मेलो। १६ जिबी क्षमताको आइफोन ५ एस उत्पादन गर्न कुल १ सय ९९ डलर लागेको एक अनुसन्धानले देखाएको छ। अनि बजार मूल्य? ६ सय डलरको हाराहारी। योभन्दा अधिल्लो संस्करण आइफोन ५ को उत्पादन लागत थियो १ सय ९७ डलर। ६४ बिट एप प्रोसेसर र फिंगरप्रिन्ट पहिचान गर्ने सेन्सरका कारण आइफोन ५ एसको लागत मूल्य केही माथि पुगेको थियो। Continue reading “आइफोन बनाउन लाग्छ कति?”

पूर्व कमलरी शान्तालाई सहयोग जुट्दै

shanta chaudhari umlदाङ- पूर्वसभासद शान्ता चौधरीको चुनाव खर्चका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । पूर्वकम्लरी चौधरीले चुनाव खर्च नभएपछि चामल बेचेर रकम संकलन गरिरहेको समाचार रकाशित भएपछि विभिन्न ठाउँबाट आर्थिक सहयोग हुन थालेको हो । सामाचार प्रकाशित भएपछि काठमाडौंमा बस्दै आएका सात युवाले ‘शान्ता चौधरी सहयोग समिति’ नै गठन गरेर आर्थिक र जिन्सी संकलन गरिरहेका छन् । ध्रुवप्रसाद घिमिरे, बसन्त न्यौपाने, अस्मिता रोका, संगीता हुमागाईं, अच्युत लोहनी, उमा घिमिरे र नारायण भट्टराई सम्मिलित टोलीले स्वतःस्फूर्त रूपमा सहयोग जुटाएका हुन् । एक लाख रकम संकलन गर्ने लक्ष्य रहेको र अहिलेसम्म २९ हजार रुपैयाँ जम्मा भइसकेको समितिका अगुवा घिमिरेले बताए । Continue reading “पूर्व कमलरी शान्तालाई सहयोग जुट्दै”

सुनसरीका थारु उम्मेदवार के भन्छन्?

sunsari tharu leaderसुनसरी- पार्टीको अवधारणबारे आममतदातालाई जानकारी गराउँदै दलित, जनजाति, आदिवासी र पिछडिएको समुदायलाई उक्साउन सधैं लाग्नेछु।  क्षेत्र नं. २ को प्रमुख बजार इटहरी बजार क्षेत्रमात्र नभएर पिछडिएका भित्री क्षेत्रको विकास गर्ने, सुकुम्बासीलाई लालपूर्जा दिलाउने, रंगशाला निर्माण गर्ने प्रतिबद्धता लिएको छु। इटहरी र झुम्का बजारमा प्रमुख समस्या, पकली, हाँसपोसा, एकम्बा, खनार र भादगाउँ सिनुवारीमा समग्र विकासमा सधैं सशक्त ढंगले लाग्नेछु। र, म महिलामाथि हुने हिंसाविरुद्ध कडा रूपमा प्रस्तुत हुने भनी अघि बढेको छु।
– रामकुमारी चौधरी, सुनसरी– २, एकीकृत माओवादी
अहिले म घरदैलो अभियानमा छु। मेरो घरदैलो अभियानबाट जुन उत्साह, उमंग र कांग्रेसका पक्षमा जनलहर छ यसका आधारमा मेरो विजय निश्चित भएको दाबी गर्छु। मैले मतदातासमक्ष कांग्रेसले मात्र नयाँ संविधान दिनसक्ने र देश विकासमा अग्रणी भूमिका कांग्रेसले मात्र निर्वाह गर्नसक्ने भनी मतदातासमक्ष मत मागिरहेको छु। यहाँको विकास–निर्माणमा अहोरात्र रूपमा लागेर पहल गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको छु। यो क्षेत्रमा म पहिलो स्थानमा छु।
– बद्रीनारायण चौधरी, सुनसरी– २, नेपाली कांग्रेस
सर्वप्रथम संविधानमा सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरिनेछ। साथै, संविधानमा महिला, विधवा र जेष्ठ नागरिकलाई प्रमुख प्राथमिकतामा राखेर संविधान निर्माण गर्नेछु। अर्कातर्फ पार्टीले युवा स्वरोजगारका लागि राष्ट्रिय नीतिमै समेट्नुपर्ने एजेन्डा लिएको छ। रोजगार दिन सकिँदैन भने बेरोजगार भत्ता उपलब्ध गराउन पहल गर्नेछु।
– भगवती चौधरी, सुनसरी– ३, नेकपा एमाले

जिप दुर्घटनामा पाँचको मृत्यु, १० घाइते

 हरिकुमार राई, उदयपुर- कटारीबाट आइतबार साँझ घुर्मी जाँदै गरेको एक जिप उदयपुरको सिरीसे गाविस–७ अँधेरीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्। जिप दुर्घटनामा मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको र बाँकी दुईको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। मृतक तीन जनामध्ये खोटाङ विजयखर्क– ९ बस्ने वर्ष ७३ का नारायणप्रसाद पोखेरल, खोटाङ बाक्सिला–४ का ३५ वर्षीय बालकुमार खत्री र सुनसरी धरान घर भई उदयपुरको घुर्मी बस्दै आएकी वर्ष २४ की सरिता रानामगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख किसनसिंह थापाले बताए। Continue reading “जिप दुर्घटनामा पाँचको मृत्यु, १० घाइते”

मह जोडी भन्छन्, ‘राजनीतिमा नलाग्ने’

Maha Jodi at litfestival-1काठमाडौं- तेस्रो एनसेल नेपाल साहित्य महोत्सवको आजको शृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुको राजनीतिमा लाग्ने सोच नरहेको बताएका छन्। महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गरेको छलफलमा उनीहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा लाग्ने सम्भावना नभएको स्पष्ट पारे। Continue reading “मह जोडी भन्छन्, ‘राजनीतिमा नलाग्ने’”