काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति प्रणालीको अवधारणासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय बिजुलीबजारमा आज पत्रकार सम्मेलनमार्फत चुनावी घोषणपत्र सार्वजनिक गर्दै तमलोपाले शासकीय स्वरूपका सम्बन्धमा मिश्रित निर्वाचन प्रणालीबाट चुनिने संसदबाट कार्यकारी प्रधानमन्त्रीको चयन र आलङ्कारिक राष्ट्रपतिको प्रस्ताव गरेको हो। Continue reading “तमलोपा पनि स्वायत्त मधेस प्रदेशको पक्षमा”
Author: admin
सप्तरीका क्षेत्र ५ का उम्मेदवार तेजुलाल चौधरीसँग स्पष्टीकरण माग
सप्तरी- निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै दिनहुँ लिखित उजुरी पर्न थालेपछि जिल्ला निर्वाचन कार्यालय सप्तरीले त्यस्ता उम्मेदवारसँग लिखित तथा मौखिक स्पष्टीकरण माग्न थालेको छ। उम्मेदवारहरूबिरुद्ध दैनिकजसो दुई/तीन वटा आचारसंहिता उल्लङ्घन गरेको उजुरी जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला निर्वाचन कार्यालय सप्तरी र निर्वाचन अधिकृतको कार्यालय सप्तरीमा समेत पर्ने थालेपछि उम्मेदवारसँग स्पष्टीकरण सोध्न थालेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। Continue reading “सप्तरीका क्षेत्र ५ का उम्मेदवार तेजुलाल चौधरीसँग स्पष्टीकरण माग”
थाकस अध्यक्ष एमाओवादीको समानुपातिकमा (विवरणसहित)
काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरुले बुझाएको बन्दसूची सार्जजनिक गरेको छ। आयोगले बुधबार केन्द्रीय कार्यालयमा दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो। १ सय २२ दलको बन्दसूची सार्वजनिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए। Continue reading “थाकस अध्यक्ष एमाओवादीको समानुपातिकमा (विवरणसहित)”
देउवाको प्रचारमा आचारसंहिता विपरित गाडीको लस्कर
मुकेश टेंर्रा, धनगढी- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादृर देउवाको प्रचारमा संविधान सभा सदस्य निर्वाचन आचारसंहिता विपरित गाडी प्रयोग गरिएको छ। चुनावी प्रचारका लागि बुधबार काठमाडौंबाट आएका देउवालाई धनगढी विमानस्थलबाट ल्याउन आचारसंहिताले तोकेको भन्दा ठूला साइजका झण्डा लगाएर तीन दर्जनभन्दा बढी गाडी प्रयोग गरिएका थिए। उनको स्वागतका लागि नेपाली कांग्रेसले विमानस्थलबाट धनगढीसम्म मोटरसाइकल र्यालीसमेत आयोजना गरेको थियो। र्यालीमा करिब एक हजार बढी मोटरसाइकल प्रयोग गरिएको थियो। देउवाको र्यालीमा शिक्षकसमेत सहभागी थिए। Continue reading “देउवाको प्रचारमा आचारसंहिता विपरित गाडीको लस्कर”
दाङको पहाडी गाविसमा चुनाबी अभियान तिब्र
दाङ- नेकपा एमाले दांग क्षेत्र नं २ को पहाडी गाविसमामा चुनाबी माहोल तातेको छ। क्षेत्र नं २ का उम्मेदवार शान्ता चौधरीले घरदैलो अभियान कार्यक्रम लिएर पहाडी गाविसमा पसेपछि दिनदिनै कार्यकर्ता प्रवेश र एमालेलाई समर्थन जनाउनेको घुँइचो लागेको छ। Continue reading “दाङको पहाडी गाविसमा चुनाबी अभियान तिब्र”
‘अबको प्रधानमन्त्री देउवा वा गच्छदार’
मुकेश टेंर्रा, धनगढी- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले फोरम लोकतान्त्रिक तराईको सबैभन्दा ठूलो दल बन्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले संविधान सभा सदस्य निर्वाचनमा फोरम लोकतान्त्रिकले तराईका ५० भन्दा बढी सिट जित्ने दाबी गरे। कैलाली क्षेत्र नम्बर ६ का उम्मेदवार र फोरम लोकतान्त्रिकको भातृ संगठन थरुहट लोकतान्त्रिक परिषद्का अध्यक्षसमेत रहेका थारुले फोरम लोकतान्त्रिकले समानुपातिकमा समेत आफूहरुले समावेशी बनाएकाले धेरै सिट पाउने बताए। Continue reading “‘अबको प्रधानमन्त्री देउवा वा गच्छदार’”
चाहके चुस्कीमे चुनावी बात् (थारु भाषा)

अविनाश चौधरी, धनगढी- झलक्क झुल्कल बिहनियाँसंग मनैनके जमघट हुईल। बिहान ओ चाह दुनु परिपूरक रहल आभास हुईल दृश्य लेके। एक हाथमे चाह गिलास। दोसर हातले कानमे लागल मोबाइलमे वार्तालाप हुइटी बा। ‘हमार पार्टी हे यी फेरा सम्झवी’। अखण्ड नेपाल पार्टीके कैलाली जिल्ला अध्यक्ष सुरेन्द्र बमके फोनमे यी मेरिक गफगाफ हुईटी रहल बेला कैलालीके धनगढी स्थित एलएन चौकमे रहल सुरेश चाह दुकानके वातावरण चुनावमय रहे। जमघटमे रहल चियाके चुस्की लेटी फलाना जित्ना वा हट्ना बारेमे गफ मर्ती रहिंट। नेता लोग आपन कार्यकर्तन निर्देशन देना ओ चिन्हलजानलहुक्रनसंग फोनमेसे भोट मंग्ना काम हुईटी रहल बा। कुछदिन यहोंर, ऊ चाह दुकानके वातावरण अस्ते बा। Continue reading “चाहके चुस्कीमे चुनावी बात् (थारु भाषा)”
थारु साहित्यके विकास बारेम् चिन्तन्

अविनाश चौधरी, धनगढी- पुरुसे पच्छिउँसम्के सक्कु थारुनके साहित्यिक विकासके लाग धनगढीमे चिन्तन् हुईल बा। दाङके साहित्यकार कृष्णराज सर्वहारी, बुद्धिजिविद्वय दिल बहादुर चौधरी, कुन्नुनारायण चौधरीके उपस्थितिमे थारु साहित्यके विकासबारे छलफल कैगिल। ‘देऊ देऊ मायर मोरे माथा शिर पगीया रे, हम जइबी धानी रे बियाहे। माथ शिर पुता बातै जोलहे हाथ, जाउ पुता धानी रे बियाहे।।’ Continue reading “थारु साहित्यके विकास बारेम् चिन्तन्”
उपेन्द्र यादवले बिर्सिए थरुहट
किरण भट्टराई, काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालले तराईमा एक प्रदेश र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको घोषणापत्र सार्वजनिक गरेको छ। फोरमले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पार्टीको घोषणापत्रमा तराईमा एक प्रदेशको अवधारणा अघि सारिएको भए पनि पहाड र हिमालमा कति प्रदेश हुने भन्ने बारे स्पष्ट खुलाइएको छैन। फोरम अध्यक्ष उपेन्द्र यादवले तराईमा थरुहट प्रदेश र मधेस प्रदेशको चर्चा चलेपनि आफ्नो पार्टी मधेस एक प्रदेशनै कायम हुनुपर्ने पक्षमा रहेको बताए। Continue reading “उपेन्द्र यादवले बिर्सिए थरुहट”
एमाले घोषणापत्रमा समृद्ध नेपालको परिकल्पना
प्रकाश सिलवाल, काठमाडौं- नेकपा एमालेले सार्वजनिक गरेको निर्वाचन घोषणापत्रमा एक वर्षभित्रमा नयाँ संविधान जारी गर्ने प्रतिवद्धतासहित मुलुकको रुपान्तरणको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ। एमालेले २०५१ सालको नौमहिने सरकारको पालामा अघि सारिएका आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रमलाई विस्तार गर्दै लाने गरी आफ्नो परिकल्पनामा ल्याएको छ। जसलाई एमालेले सुखी र समतामूलक समृद्ध नेपाल स्थापनाकाको आफ्नो खाकाको सङ्ज्ञा दिएको छ। Continue reading “एमाले घोषणापत्रमा समृद्ध नेपालको परिकल्पना”