Author: admin
फोरम लोकतान्त्रिकका उम्मेदवार सिंहमाथि आक्रमण
सिरहा- मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ। बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण भएको हो। आक्रमणबाट उम्मेदवार सिंहले चढेको बा८च १७९२ र कार्यकर्ता चढेको बा३च ८८३७ नंको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। Continue reading “फोरम लोकतान्त्रिकका उम्मेदवार सिंहमाथि आक्रमण”
कञ्चनपुरका १८८ मुक्त कमलरी अझै अर्काको घरमा
कञ्चनपुर- सरकारले कमलरीहरूलाई मुक्त घोषणा गरे पनि कञ्चनपुरमा अझै पनि कमलरी मुक्त भएका छैनन्। कमलरी उन्मूलनको पक्षका काम गर्दै आइरहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुरका अनुसार अझै पनि १८८ कमलरी मुक्त हुन सकेका छैनन्। कञ्चनपुर घर भएकाहरू विभिन्न जिल्लामा अझै पनि घरेलु काम गर्ने बाध्य भएको सो संस्थाले जनाएको हो। अझै पनि मालिकै घरमा दासत्वको जीवन बिताउन बाध्य रहेको सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले बताउनुभयो। उनीहरूको उद्धार गर्न सरकारी निकायबाट पहलकदमी आवश्यक रहेको जैरुको भनाइ छ। Continue reading “कञ्चनपुरका १८८ मुक्त कमलरी अझै अर्काको घरमा”
कञ्चनपुरका १९ राना थारु चुनाबी मैदानमा
कञ्चनपुर- संविधान सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। राना थारु सङ्घर्ष समितिका अनुसार निर्वाचन क्षेत्र नं–१ बाट सात जना, निर्वाचन क्षेत्र नं– २ बाट आठ जना, निर्वाचन क्षेत्र नं–३ बाट तीन जना र निर्वाचन क्षेत्र नं–४ बाट एक जना राना समुदायका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन्। Continue reading “कञ्चनपुरका १९ राना थारु चुनाबी मैदानमा”
दसैं टीका
यस्तो रह्यो थारु समुदायको दसैं (फोटो फिचर)
सन्तोष दहित, दाङ- पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायले उल्लासमय वातावरणमा दसैं मनाएका छन्। अरु समुदायभन्दा फरक तरिकाले मनाउँदै आएका पश्चिमका थारु समुदायको गाँउ-गाँउमा यतिबेला सख्या, पैया नाचले उमंग बनाइरहेको छ। फोटो फिचर हेर्नुस् Continue reading “यस्तो रह्यो थारु समुदायको दसैं (फोटो फिचर)”
सख्या नाच। तस्बिर : राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुरमा सख्या नाच
थारु समुदायले यसरी मनाउँछन् दसैं

सन्तोष दहित, दाङ- थारु समुदायले जन्माअष्टमी ‘अष्टिम्की’ र ‘अट्वारी’पछि दसैंको तयारीमा जुटिसकेका हुन्छन्। महिनौ पिच्छे विभिन्न पर्व मनाउने यो समुदाय चाडपर्वमा निकै धनी मानिन्छन्। दसैंको तयारीमा यो समुदाय एक महिनाअघिदेखि नै लागिसकेको हुन्छ। यो समुदायमा निकै लोकप्रिय नृत्य ‘सख्या’ले पनि औपचारिरुपमै दसैंलाई भित्र्याउँछ। अर्थात् दसैंको आगमन यही सख्या नाचबाट सुरु हुन्छ। दिनभरि काममा दल्ने थारु समुदाय रातमा भने थकाइका बावजुद बठिन्या र पुरुषहरु सखया नाच्न महटवाको आँगनमा पुग्छन्। Continue reading “थारु समुदायले यसरी मनाउँछन् दसैं”




