पर्वत- उत्तरी पर्वतको लेखफाँट गाविसमा आज बिहान जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। म्याग्दीको नागीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ज ५१२० नम्बरको जिप पर्वतको लेखफाँट गाविसस्थित धौलापहाड भन्ने स्थानबाट सडकबाट ५०० मिटर तल खसेको थियो। Continue reading “पर्वतमा जिप दुर्घटना, आठको मृत्यु”
Author: admin
चामल मागेर चुनाव खर्च जुटाउँदै

दाङ- पूर्वसभासद शान्ता चौधरी एक बिहान लक्ष्मीपुरको थारू गाउँमा चामल माग्दै हिँडिन्। सभासद् भइसकेकी उनले किन चामल मागिन् त ? सर्वसाधारण छक्क परे? चौधरीले हरेक घरबाट माना-मुठी गर्दै एक क्विन्टल चामल जम्मा गरिन् अनि नजिकैको पसलमा बेचिन्। चुनावी घरदैलो अभियानमा जिल्लाको पहाडी गाविस सैघा जानु रहेछ तर उनीसँग पैसा रहेनछ। अनि चामल बेचेर आएको ३ हजार बोकेर उनी सैघाको उकालो लागिन्। Continue reading “चामल मागेर चुनाव खर्च जुटाउँदै”
एमाओवादीका थारु नेतामाथि गोली प्रहार
दाङ- एमाओवादी दाङका जिल्ला सदस्य एवं डुरुवा गाविस–६ धम्कापुर निवासी हरिचन्द्र चौधरीमाथि आज अपराह्न करिब ४ बजे एक समूहले गोली प्रहार गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीका अनुसार घरमै रहेका चौधरीलाई पाँच जनाको सङ्ख्यामा आएको एक समूह गोली हानी फरार भएको थियो। Continue reading “एमाओवादीका थारु नेतामाथि गोली प्रहार”
दाङमा थारु साहित्यकारको जमघट
सन्तोष दहित, दाङ-
उठि जागि सक्कु हम्र थारु संघारी
बनाई परल संविधान ओ कानुन संघारी
कौन ज स्वदेशम त कौन ज प्रदेशम
जहा रलसेफे अभिमत एक जमाई संघारी
एक एक बुँदले त समुन्द्र बनलबा
बुँदा बुँदा मिलकसक एकजुट समाज बनाई संघारी Continue reading “दाङमा थारु साहित्यकारको जमघट”
झापामा १६ जना राजवंशी उम्मेदवार
झापा- यसपटकको संविधान सभा चुनावमा झापाबाट राजवंशी समुदायका धेरैले विभिन्न दलबाट उम्मेदवारी दिएका छन्। एमाले, कांग्रेस र एमाओवादीको दाँजोमा अन्य साना दलले यस्तो नीति अख्तियार गरेको देखिएको छ। झापामा मधेसवादी दलहरुले सातवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ राजवंशी समुदायका उम्मेदवार चुनावी मैदानमा उतारेका छन्। राजवंशी समुदायको बाक्लो उपस्थिति रहेको झापामा जातीय मत आकर्षित गर्ने उद्देश्यले दलहरुले त्यसरी उम्मेदवार खडा गरेका हुन्। Continue reading “झापामा १६ जना राजवंशी उम्मेदवार”
बुबाको इच्छा पूरा गर्दै भलिवल खेलाडी सरस्वती
मुकेश टेंर्रा, धनगढी- राष्ट्रिय महिला भलिबल प्रयोगितामा धनगढीकी सरस्वती चौधरी दुई पटक उत्कृष्ट खेलाडी भइन्। दुबै पटक उनले स्कुटरसमेत पाइन्। सशस्त्र प्रहरीले आयोजना गरेको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) पहिलो राष्ट्रिय खुला महिला भलिबलमा उत्कृष्ट खेलाडी भएपछि उनले दोस्रो पटक स्कुटर पाइन्। यसअघि ढोरपाटनले आयोजना गरेको महिला डबल्स लिगमा इमर्जिङ खेलाडी बन्दै उनले स्कुटर पाएकी थिइन्।
उत्कृष्ट खेलाडी भएर दसैं मनाउन घर फर्किएकी सरस्वती चौधरीलाई गृहनगर धनगढीमा भव्य स्वागत गरिएयो। उनको लगातारको जीतले उनको परिवारमा हर्ष बढेको छ। सोही अवसरमा सरस्वतीका बुबा शुक्रराजले छिमेकी र आफन्तलाई बोलार भोज खुवाए।
विगत चार महिनादेखि एपिएफ स्पोर्ट क्लबबाट खेलिरहेकी सरस्वतीले आइजिपी कप भलिबलको फाइनलमा स्पाइकबाट २१, ब्लकबाट ७ र सर्भिसबाट १ स्कोर बनाएर आफ्नो टीमलाई उपाधि जिताइन्। सरस्वतीलाई भतिजी नेविका चौधरीले २२ स्कोर थपेर सहयोग गरिन्। 
नेविका सरस्वतीभन्दा उमेरले ठूली हुन्। उनले पहिलेदेखि एपिएफ स्पोर्ट क्लबमा खेल्दै आएकी छन्। उनी चार पटकसम्म राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी भइसकेकी छन्।
नेविकाका बुबा विष्णु र सरस्वती दाजुबहिनी हुन्। विष्णुले सुदूरपश्चिमको भलबल टोलीमा २०४२ देखि ०६२ सम्म २० वर्षसम्म राष्ट्रिय र क्षेत्रीय प्रतियोगिता खेलेका थिए। विष्णुका फुपा तथा सरस्वतीका बुबा पनि भलबलिका खेलाडी हुन्। उनले राष्ट्रिय खेलमा सहभागी नभए पनि स्थानीय टिममा भलिबल खेलिरहन्थे।
बुबा बिष्णु र बाजे शुक्रराजले खेलिरहेको देखेर भलिबल खेल्ने प्रेरणा आफूमा आएको नेविकाले बताइन्। बुबा शुक्रराजबाट भलिबल खेल्ने प्रेरणा पाएकी सरस्वतीले भतिजी नेविकासँगै खेलिन्।
हालः नेविका र सरस्वती परिवारमा खुसियाली थपिरहेका छन्। उनीहरुले आफ्ना बुबाको राष्ट्रिय खेलाडी बन्ने सपनालाई पूरा गरिरहेका छन्। ‘आफ्नो कार्यव्यस्ता र परिस्थितिले खेल्न पाएन,’ शुक्रराज भन्छन्, ‘त्यसैले छोरीलाई खेल्न टाँढा पठाएँ। अहिले पढिरहेकी छ र उत्कृष्ट खेलाडी पनि भइ।’
पोखराको फिस्टेल एकेडीमीमा कक्षा ११ पढ्दै गर्दा सरस्वतीले कलेजको तर्फबाट खेलेर ढोरपाटनमा इमर्जिङ खेलाडी भएकी थिइन्। त्यसलगत्तै उनीसँग एपिएफ क्लबले कन्ट्रयाक्ट गरेको छ। १२ पढिरहेकी सरस्वतीले आफ्ना बुबाले भलिबल खेल्न र पढ्न मध्यपश्चिम पठाएर खेलाडी बन्न ठूलो सहयोग गरेको बताइन्।
एमाओवादीको घोषणा पत्रमा तराईमा तीन प्रदेश
काठमाडौं- एकीकृत माओवादीले संविधान सभा निर्वाचनलाई केन्द्रीत गरी तयार पारेको प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ। एमाओवादीले एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। एमाओवादीले घोषणापत्रमा ‘पहिचानसहितको सङ्घीयता पक्षधरलाई दुई तिहाइ मत, स्थिर सरकारका लागि एकीकृत माओवादीलाई पूर्ण बहुमत” भन्ने मूल नारा तय गरेको छ भने त्यसको सहायक नारामा ‘जसको नीति उसको नेतृत्व, राष्ट्रको नेता अध्यक्ष क.प्रचण्ड’ तय गरेको छ। Continue reading “एमाओवादीको घोषणा पत्रमा तराईमा तीन प्रदेश”
सिरहमा उम्मेदवारमाथिको आक्रमण रोकिएन
सिरहा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्न सिंहमाथि आक्रमण भएको दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण भएको छ। अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टीका उम्मेदवार आशा पालमाथि गए राति ८ बजे आक्रमण भएको हो। पिप्रा प्रध गाविसमा चुनावी कार्यक्रम सकाएर लहान फर्किने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत मेदनीपुरस्थित पुल नजिकै अपरिचित युवाले उम्मेदवार पालमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। Continue reading “सिरहमा उम्मेदवारमाथिको आक्रमण रोकिएन”
दाङ २ बाट विजयी हुने शान्ताको दाबी
दाङ- आसन्न संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी शान्ता चौधरीले आफू भारी मतले विजयी हुने दाबी गरेकी छन्। लक्ष्मीपुरको बेलुवामा कार्यकर्तालाई प्रशिक्षण दिन आएकी चौधरीले सञ्चारकर्मीसमक्ष आफू जित्नेी दाबी गरिन्। उनले बेलुवा एमाओवादीको क्षेत्र भए पनि ८० प्रतिशत जनताले आफूलाई रोजेको बताइन्। Continue reading “दाङ २ बाट विजयी हुने शान्ताको दाबी”
साउदीमा नेपाली कामदारको मृत्यु
उदयपुर- यहाँका एक युवाको साउदी अरवमा कामको सिलसिलामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा एकवर्षअघि साउदी पुगेका त्रियुगा नगरपालिका २ मा स्थायी बासोबास गर्दै आएका सियाराम चौधरीको बिहीबार राति मृत्यु भएको आफन्तजनले जनाएका छन्। Continue reading “साउदीमा नेपाली कामदारको मृत्यु”