चितवन- राजनीतिक दलले संविधानसभा निर्वाचनका लागि थारुहरूबाट उम्मेदवार मनोनयन नगरेको भन्दै चितवनका थारु समुदायले आपत्ति जनाएका छन्। थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महत्तोले ठूला भनिएका र समावेशी गर्छौं भन्ने दलहरूले थारुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट जनाउनुभयो। केही साना दलले निर्वाचनमा थारु प्रतिनिधि समावेश गरेपनि ठूला दलले भने गरेका छैनन्। Continue reading “थारु उम्मेदवार नबनाएकोमा थारु समुदायको आपत्ति”
Author: admin
उम्मेदवारी दिएको भोलिपल्टै एमाले नेतामाथि गोली प्रहार
काठमाडौं- बारा क्षेत्र नं ४ बाट नेकपा एमालेफबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महमुद आलमलाई अज्ञात समूहले गोली हानेका छन्। वीरगन्ज–पथलैया सडकखण्डको बारा चैनपुरमा शुक्रबार बिहान ११:३० बजे उनीमाथि गोली प्रहार भएको थियो। उनी गम्भीर घाइते छन्। घाइते आलमको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारपछि काठमाडौं ल्याइएको छ। उनको उपचार शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। Continue reading “उम्मेदवारी दिएको भोलिपल्टै एमाले नेतामाथि गोली प्रहार”
राष्ट्र संघको अवार्ड पाएपछि…
कपिलवस्तुमा तीन दिने सांस्कृतिक मेला
कपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’ आयोजना हुने भएको छ। ‘हम्मन संस्कृति हम्मन पहिचान, थारु संस्कृति बचयना हम्मन अभियान’ भन्ने नारासहित हुने मेलामा असोज २० गते रक्तदान कार्यक्रम र २१ ,२२ र २३ गतेसम्म थारु गीत, संगीतका साथै झुमरा, झर्रा, मयुर नाच हुने बताइएको छ। Continue reading “कपिलवस्तुमा तीन दिने सांस्कृतिक मेला”
दाङबाट ३१ जना थारु उम्मेदवार
नविन चौधरी, दाङ- मंसिर ४ गते हुने भनिएको संविधान सभा निर्वाचनका लागि दाङका पाँच वटै क्षेत्रबाट ३१ जना थारुहरुको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म निर्वाचन कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका थारु नेताहरुले आफ्नो उम्मेद्वारी दिएका हुन्। दाङमा १ सय १५ जना उम्मेदवारमध्ये ३१ जना थारु नेताहरुको उम्मेदवार परेको हो। उम्मेदवार दर्ता गर्नेहरुमा १५ वटा नयाँ दल छन्। Continue reading “दाङबाट ३१ जना थारु उम्मेदवार”
दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी नेकपा एमालेका नेतृ शान्ता चौधरीलगायत।
थरुहट तराई पार्टी ५० निर्वाचन क्षेत्रमा, भानुराम कैलाली ३ मा
काठमाडौं- थरुहट तराई पार्टी नेपालले तराईका विभिन्न १४ जिल्लाको ५० निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु कैलालीको क्षेत्र नं. ३ बाट उममेदवारी दिएका छन्। उपाध्यक्षद्धय नन्दकुमार चौधरीले दाड क्षेत्र नं. १ बाट र हरिनारायण चौधरीले सुनसरी क्षेत्र नं. ४ र ६ बाट उम्मेदावरी दिएका छन्। यसैगरी केन्द्रीय सचिव मिनराज चौधरीले बर्दियाको क्षेत्र नं. ४ बाट र कोषाध्यक्ष खडक चौधरीले कैलालीको क्षेत्र नं. ६ र कन्चनपुरको क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन्। Continue reading “थरुहट तराई पार्टी ५० निर्वाचन क्षेत्रमा, भानुराम कैलाली ३ मा”
मोरङमा-७ मा उम्मेदवारी दर्ता गराउँदै विजय गच्छदार।
कांग्रस नेता उमाकान्त चौधरी उम्मेदवारी दर्तापछि। तस्बिर : उपेन्द्र यादव
२ सय ४० निर्वाचन क्षेत्रको उम्मेदवारी दर्ता, को कहाँबाट परे?
काठमाडौं- विभिन्न राजनीतिक दलले २ सय ४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिएको दर्तामा झन्डै ६ हजार उम्मेदवारले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको जनाइको छ। केही शीर्ष नेताले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। केहीले स्वातन्त्र उम्मेदवारी दिएका छन्। असन्तुष्टहरु भने आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवार बनेका छन्। Continue reading “२ सय ४० निर्वाचन क्षेत्रको उम्मेदवारी दर्ता, को कहाँबाट परे?”


