बेरोजगार भएपछि म्यादी प्रहरीमा लाइन

myadi police at butwal-1
कमला चौधरी, बुटवल- नवजवान युवाहरु बीच बाटोमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडिरहेका थिए। नजिकै गएर बुझ्दा म्यादी प्रहरीमा भर्ना हुनेको लाम रहेछ। पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवल वरिपरिको उनीहरुकै भीडले ओगटिएको थियो। सबैको ध्यान छनौटमा परुँला र जागिर गरुँला भन्ने थियो। Continue reading “बेरोजगार भएपछि म्यादी प्रहरीमा लाइन”

चुनाबी मैदानमा दाजुभाइको लडाइँ

khadka vs dhan bahadurमुकेश टेंर्रा, धनगढी- संविधान सभा सदस्य निर्वाचनमा धनगढी–५, जाइँका सहोदर दाजुभाइ एकअर्काका प्रतिस्पर्धी भएका छन्। थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडकबहादुर चौधरी र उनका आफ्नै दाजु धनबहादुर चौधरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका हुन्। दुबै दाजुभाइले हालसम्म एउटै भान्साको खाना खाँदै आएका छन्। फरक-फरक पार्टीबाट एकअर्काविरुद्ध उठेपछि उनीहरुका छिमेकी चकित भएका छन्। Continue reading “चुनाबी मैदानमा दाजुभाइको लडाइँ”

‘थाकस’का केन्द्रीय अध्यक्ष एमाओवादीमा (भिडियोसहित)

Chanda Chaudharyकाठमाडौं- थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी एमाओवादीमा प्रवेश गरेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चौधरीलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गराएका हु्न्। एमाओवादी कार्यालय पेरिस डाडाँमा आयोजित कार्यक्रममा दाहालले अबको संविधानमा थारुहरुको पनि पहिचान समेट्नुपर्ने भएकाले उहाँको पार्टी प्रवेशले एमाओवादीलाई थप उर्जा दिने बताए। Continue reading “‘थाकस’का केन्द्रीय अध्यक्ष एमाओवादीमा (भिडियोसहित)”

उत्कृष्ट फिचर लेखेबापत कमला चौधरीलाई सम्मान

kamala chaudhary awarded by butwal todayबुटवल- बुटवल पव्लिकेशन प्रालिद्धारा प्रकाशित राष्ट्रिय दैनिक ‘बुटवल टुडे’ले प्रथम वार्षिकोत्सव मनाएको छ। सो अवसरमा उत्कृष्ट फिचर समाचार लेखेबापत पत्रकार कमला चौधरीलाई दोसल्ला, कदर पत्र र नगदसहित सम्मान गरेको छ। ‘लुम्विनी अञ्चलमा पर्यटन क्षेत्र’ भन्ने शीर्षकमा फिचर समाचार लेख्न् दिइएको थियो। जसमा चौधरीले नवलपरासीमा थारु होमस्टेबारे फिचर लेखेकी थिइन्। लेखनलाई आधारमा उनको फिचरलाई उत्कृष्ट घोषणा गरेको थियो। बुटवल टुडेका अध्यक्ष हरिप्रसाद पौडेल र प्रबन्ध सञ्चालक नवराज कुँवरले चौधरीलाई कदर पत्रले सम्मान गरेका थिए। Continue reading “उत्कृष्ट फिचर लेखेबापत कमला चौधरीलाई सम्मान”

चौधरी दम्पत्तिको हत्या

कैलाली- कैलालीको थापापुर गाउँ विकास समिति–४ मोहनपुरमा गएराति एक दम्पतीको हत्या भएको छ। पचास वर्षीय खुसीराम चौधरी र उनकी श्रीमती फुलरानी चौधरीलाई  धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए। Continue reading “चौधरी दम्पत्तिको हत्या”

टेलिकमका विभिन्न सेवामा छुट

nepal-telecomकाठमाडौं- नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ। टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले आज विज्ञप्ति जारी गरी कम्पनीअन्तर्गत जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा यही असोज २४ देखि आगामी कात्तिक १ गतेसम्म ५० प्रतिशत छुट दिएको जनाउनुभएको छ। सो सेवा आगामी कात्तिक २३ गतेसम्म कायम रहने छ। Continue reading “टेलिकमका विभिन्न सेवामा छुट”

राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाल आर्मीलाई

काठमाडौं- राजधानीमा सम्पन्न राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले हात पारेको छ। कीर्तिपुर मैदानमा भएको सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
पहिलो पटक सहभागिता जनाएको आर्मीले सुरुवाती खेलमा नै राम्रो प्रदर्शन गर्यो । यस्तै आर्मीले उपाधिसँगै रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्योख भने उपविजेता बनेको एपिएफले ७५ हजार नगदमा चित्त बुझायो। Continue reading “राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाल आर्मीलाई”

बडा दशैं सुरु

Dashaiकाठमाडौं- नेपालीहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक  घटस्थापना भित्राइँदैछ। घटस्थापनाको साइत आज बिहान ९:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ। पहिलो सबै नेपालीको घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ। असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यस दिनदेखि नवरात्री आरम्भ हुन्छ। Continue reading “बडा दशैं सुरु”

पूर्व कमलरी उर्मिलाले पाइन् राष्ट्र संघको अवार्ड

Urmila Chaudhary-1काठमाडौं- पूर्व कमलरी उर्मिला चौधरी ‘युथ करेज अवार्ड फर एजुकेशन’का लागि सम्मानित भएकी छन्। संयुक्त राष्ट्रसंघद्वारा मलाला दिवसको दिन घोषणा गरेको उक्त सम्मान उनले शुक्रबार राजधानीमा ग्रहण गरिन्। उनलाई युनिसेफका नेपाल निर्देशक हन्ना सिङ्गरले अवार्ड प्रदान गरिन्। Continue reading “पूर्व कमलरी उर्मिलाले पाइन् राष्ट्र संघको अवार्ड”