शेरबहादुर देउवासँग लक्ष्मण थारु भिड्दै

ser bahadur deuwa vs laxman tharuकाठमाडौं- थरुहटका बलिया नेता लक्ष्मण थारु कैलाली ६ बाट उम्मेदवारी दर्ता गराका छन्। उनको बलियो प्रतिद्वन्द्वी भने नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा रहेका छन्। थरुहट तराई पार्टी नेपालबाट फोरम लोकतान्त्रिक छिरहेका उनलाई विजय गच्छदारले कैलालीबाट उम्मेदवारीका लागि छनौट गरेको थियो। Continue reading “शेरबहादुर देउवासँग लक्ष्मण थारु भिड्दै”

दाहालको क्षेत्रमा कुँवरको उम्मेदवारी

padmaकाठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सार्वजनिक कार्यक्रममा दुर्व्यवहार गरेर चर्चामा आएका बागलुङका युवा पद्मबहादुर कुँवरले अध्यक्ष दाहालले उम्मेदवारी दिनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। Continue reading “दाहालको क्षेत्रमा कुँवरको उम्मेदवारी”

केन्द्रीय नेताहरु कहाँ कहाँबाट परे?

top rank leade in CA nepalकाठमाडौं- शीर्ष तथा मधेसी दलले आफ्‍ना केन्द्रीय नेताहरुको उम्मेदवारी टुंगो लगाएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ र काठमाडौं १० बाट उठ्ने भएका छन्। त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला बाँके १ र ३ तथा चितवन ४ बाट उम्मेदवारी दिने भएका छन्। त्यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल इलाम १ सर्लाही १ बाट उठ्ने भएका छन्। मधेसी दलतर्फ फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी ३ बाट उठ्ने भएका छन्। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ र मोरङ ५ बाट उठ्ने भएका छन्। Continue reading “केन्द्रीय नेताहरु कहाँ कहाँबाट परे?”

कुन दलले कति थारु प्रतिनिधि चयन गर्‍यो? (सूचीसहित)

tharu leaders in CAकाठमाडौं- निर्वाचन मिति नजिकिँदै गर्दा साना तथा प्रमुख दल उम्मेदवार चयनमा ब्यस्त देखिएका छन्। साना तथा प्रमुख दलहरुले करिब करिब प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाएका छन्। सबै दलले थारु समुदाय बाहुल्य क्षेत्रमा थारु प्रतिनिधलाई नै प्राथमिकता दिएका छन्। अहिलेसम्म सार्वजनिक भएका सूचीअनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी ३ बाट लड्ने भएका छन्। सोही पार्टीका उपाध्यक्ष गोविन्द चौधरी रौतहट ५ बाट र रामजनम चौधरी कैलाली २ बाट उठ्ने भएका छन्। Continue reading “कुन दलले कति थारु प्रतिनिधि चयन गर्‍यो? (सूचीसहित)”

कसरी जोगाउने ब्याट्री लाइफ?

एक पटक चार्ज गरेर हप्तौँ चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटबाट एउटै काममात्र गर्न सकिन्छ। त्यो हो– फोन कल। कम र अनाकर्षक फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाईंलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ। स्मार्टफोन त्यस्ता पकेट कम्प्युटर हुन्, जसमा थि्रडी गेम खेल्न मिल्छ, मन परेका तस्बिर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ। Continue reading “कसरी जोगाउने ब्याट्री लाइफ?”

कञ्चनपुरका पत्रकार रामचन्द्र कुश्मीलाई ज्यान मार्ने धम्की

कञ्चनपुर- थारु पत्रकार संघ, नेपालका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र कुश्मीलाई ज्यानमार्ने धम्की दिइएको छ। कञ्चनपुरका गोपालबहादुर चन्दको नेतृत्वमा आएको एक समूहले उनलाई ज्यान मार्ने धम्की दिएका हुन्। कार्यालयमा रहेको कुश्मीलाई पत्रकारिता तालिमको प्रमाण पत्र दिन माग गर्दै धम्की दिएका थिए। धम्कीको थारु पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ। Continue reading “कञ्चनपुरका पत्रकार रामचन्द्र कुश्मीलाई ज्यान मार्ने धम्की”

सीमाको चौधरीको राष्ट्रिय कीर्तिमान

कमल खत्री, काठमाडौं- सीमा चौधरीले राष्ट्रिय खुला एथलेटिक्स छनोट प्रतियोगितामा सोमबार राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनीसँगै दिलमाया कार्कीले पनि कीर्तिमान बनाएकी छन्। कीर्तिमान बनाउने दुवै सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी हुन। एथलेटिक्स करियरमा दुवैको पहिलो राष्ट्रिय कीर्तिमान हो। Continue reading “सीमाको चौधरीको राष्ट्रिय कीर्तिमान”

मिति सारेर भए पनि सार्थक चुनाव गर : लेखी

Rajkumar Lekhiकाठमाडौं- राष्ट्रिय नागरिक पार्टीले निर्वाचनको मिति केही दिन पछाडि सारेर भए पनि सार्थक चुनावको वातावरण बनाउनुपर्ने माग गरेको छ। अध्यक्ष राजकुमार लेखीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ४ को चुनावको तिथिलाई चाडपर्वको तिथिजस्तो अपरिवर्तनीय मान्न नहुने बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै लेखीले विपक्षी दलहरुको ठूलो तप्कालाई बाहिर राखेर गरिने चुनाव परिणामुखी नहुने भनेका छन्। Continue reading “मिति सारेर भए पनि सार्थक चुनाव गर : लेखी”

थारुवान पत्रकारिता पुरस्कार घोषणा, सम्पादकमा सर्वाहरी

DSC02475 newकाठमाडौं– थारुवान डटकमले दस हजार राशि बराबरको ‘थारुवान पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ। सोमबार राजधानीमा आयोजित प्रथम वार्षिकोत्सवको अवसरमा थारुवान डटकमका सञ्चालक मदन चौधरी सो पुरस्कारको घोषणा गरेका हुन्। थारुवान डटकममा प्रकाशित उत्कृष्ट समाचार/फिचरलाई पुरस्कार दिइने चौधरीले बताए। उनले पुरस्कारको मापदण्ड भने पाठकले रुचाएको आधारमा र सम्पाक मण्डलले तय गर्ने बताए।

थारुवान डटकमले सम्पादकीय मण्डलको चयनसमेत गरेको छ। सञ्चालक चौधरीले पत्रकार कृष्णराज सर्वाहरीको नेतृत्वमा सम्पादकीय मण्डल चयन गरेका हुन्। कार्यक्रमका सहभागीहरुले थारुवान डटकमलाई एउटै समुदायमा नखुम्चिन आग्रह गरेका थिए।

‘मिडिया ब्यक्ति वा जाति विशेष हुनु हुँदैन,’ नागरिक पार्टी नेपालका अध्यक्ष  राजकुमारी लेखीले भने, ‘थारुवान डटकम पनि कुनै राजनीतिक पार्टीको भातृ संगठन नबनोस्।’ मुलुकलाई राजनीतिक रुपान्तरणका लागि मिडियाको प्रमुख भूमिका रहने हुँदा थारुवान डटकमले त्यस्तो भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए।

कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति विषणु निष्ठुरीले हावा पानी कसैको नभएजस्तै मिडिया पनि कसैको नहुने बताए। उनले मिडियालाई एउटै दायराभित्र नराख्न पनि सल्लाह दिए। ‘हावा पानी जसरी सबैलाई स्वीकार्य हुन्छ, मिडिया पनि सबैलाई स्वीकार्य बनाउन जरुरी छ,’ निष्ठुरीले भने, ‘मिडियालाई भौगोलिक सीमाजस्तै दायरा तोक्न हुँदैन।’ उनले मिडिया सार्वभौम भएको भन्दै पत्रकारिताको आफ्नै आचार संहिता रहेको हुँदा त्यसभित्र रहेर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाए। उनले मिडियाले सबैको रुचिका कुराहरु दिनसक्नुपर्ने भन्दै थारुवान डटकमले पनि अगामि दिनमा यस्ता कुरामा ध्यान दिनपर्ने बताए।DSC02506 new

थरुहट तराई पार्टी नेपालका वरिषठ नेता गोपाल दहितले मिडिया नामभन्दा पनि सत्य तथ्यमा अडिग रहनुपर्ने बताए। उनले एउटा गलत सन्देशले आम जनतामाथि भ्रम सिर्जना पैदा गर्ने भएकोले सत्य तथ्य समाचार मात्र पस्किन मिडियालाई सुझाए। उनले थारुहरु आर्थिकरुपले पछाडि भए पनि विगत एक वर्षमा थारुवान डटकले थारु समुदायका मुद्दालाई उठाएको प्रष्ट्याए।

कार्यक्रममा थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरीले अनलाइन पत्रकारिताबारे प्रष्ट पारेका थिए। उनले अहिलेको इन्टरनेट सञ्जालमा अनलाइन पत्रकारिताको ब्यापक उदय भइरहेको बताए।

कार्यक्रमा पत्रकार सुशील पन्त, मधेसी पत्रकार संघका अध्यक्ष कुमार विवेकानन्द मिश्र, थारु कल्याणकारिणी सभाका अध्यक्ष सुमन थारु, थारु विद्यार्थी समाजका महासचिव चन्द्र प्रसाद चौधरी, बर्दियाली थारु विकास मञ्च नेपालका अध्यक्ष सीताराम चौधरीलगायतले थारुवान डटकमलाई प्रगतिको शुभकामना दिए।