Author: admin
अन्तरक्रिया
फिलिपिन्सकी मेगन विश्व सुन्दरी
बाली- बाली प्रान्तमा भएको मिस वर्ल्डको उपाधि फिलिपिन्सकी २३ वर्षे मेगन योङले जितेकी छिन्। शनिबार आयोजित कार्यक्रममा गतवर्षकी मिस वर्ल्ड वेन जिया युले ताज पहिराइदिएकी थिइन्। उनी टेलिभिजन प्रस्तोता समेत हुन्। ‘म अहिलेसम्मको उत्कृष्ट मिस वर्ल्ड हुने वाचा गर्छु,’ मिस वर्ल्डको ६३औं संस्करणमा उनले भनिन्। मुश्लिम समुदायको विरोधको कारण कडा सुरक्षाभित्र सम्पन्न मिस वर्ल्डमा फिलिपिन्स, फ्रान्स, गाना, ब्राजिल, स्पेन, ग्रिल्बाल्टर, अष्ट्रिलिया, नेपाल,बेलायत, इण्डोनेसिया र जमैका उत्कृष्ट १० मा परेका थिए। प्रतियोगितामा एक सय २७ देशका प्रतियोगीहरुले सहभागिता जनाएका थिए। Continue reading “फिलिपिन्सकी मेगन विश्व सुन्दरी”
को हुन् नक्कली र सक्कली थारु नेता ?
काठमाडौं- राजधानीमा आयोजित एक कार्यक्रममा थारु नेताहरुले एकअर्कालाई सक्कली र नक्कली थारु भएको आरोप लगाएका छन्। ‘आगामि संविधान सभा निर्वाचनमा थारु समुदायका मुद्दा र उम्मेदवारको भूमिका विषयक अन्तरक्रिया’मा सहभागी थारु नेताहरुले अहिले सक्कली र नक्कली दुबै थारु नेताहरु रहेको बताए। Continue reading “को हुन् नक्कली र सक्कली थारु नेता ?”
एमाओवादीद्वारा उम्मेदवारको पहिलो नामावली सार्वजनिक
काठमाडौं- एमाओवादीले पार्टीको शीर्ष नेतृत्वसहित हिमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ। एमाओवादी केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट उम्मेदवार बन्दैछन्। अर्का वरिष्ठ नेता बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ र रुपन्देही क्षेत्र नं ४ बाट उम्मेदवार बन्ने भएका छन्।
एमाओवादीको केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको आज बिहान बसेको बैठकले सो नामावलीको टुङ्गो लगाएको हो। एमाओवादी केन्द्रीय कार्यालयका अनुसार नेता पोष्टबहादुर बोगटी नुवाकोट क्षेत्र नं ३ बाट उम्मेदवार बन्न लागेका छन्। एमाओवादी अध्यक्ष दाहाल अघिल्लो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १० बाटै विजयी भएका थिए। भट्टराई भने गोरखा क्षेत्र नं २ बाट विजयी भएका थिए।
यस पटक उनले गोरखाको क्षेत्र नं २ छोडेर क्षेत्र नं १ बाट उम्मेदवार बन्नु भएको छ भने नेता बोगटी यसअघि पनि नुवाकोट क्षेत्र नं ३ बाटै विजयी भएका थिए। Continue reading “एमाओवादीद्वारा उम्मेदवारको पहिलो नामावली सार्वजनिक”
विमलको ह्याट्रिकसँगै नेपाल फाइनल चरणमा प्रवेश
काठमाडौं- नेपाल सात वर्षपछि एएफसी सोह्र वर्षमुनि (यु–१६) फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। दशरथ रङ्शालामा आइतबार साँझ भएको समूह छनोट चरणको अन्तिम खेलमा नेपालले तुर्किमिनिस्तानलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै समूह ‘सी’ को विजेता पनि बनेको छ। यसअघि सन् २००६ मा भएको खेलमा नेपालले छनोट चरण पार गरेको थियो। Continue reading “विमलको ह्याट्रिकसँगै नेपाल फाइनल चरणमा प्रवेश”
दलहरु समानुपातिकको उम्मेदवारी निवेदन आज दिँदै
काठमाडौं- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गराउन राजनीतिक दलहरुलाई सोमबार निवेदन दिने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार भोलि समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई भोलि पहिलो चरणमा निवेदन दिनुपर्ने कार्यसूची तय गरी सार्वजनिक रुपमा आह्वान गरेको हो। Continue reading “दलहरु समानुपातिकको उम्मेदवारी निवेदन आज दिँदै”
इराकसँग नेपाल बराबरी खेल्यो
काठमाडौं- राजधानीमा जारी एएफसी सोह्र वर्षमुनि (यु–१६) फुटबल प्रतियोगिताको समूह सी छनोट खेलमा आज नेपालले निकै बलियो टिम मानिएको इराकसँग बराबरी खेलेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपालले इराकसँग २–२ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको छ। आजको खेलमा अग्रता भने इराकले लिएको थियो। इराकका खेलाडी हुसम हसनले खेल सुरुवाती १५ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए भने इराकका अर्का खेलाडी अमिर साबहले खेलको पहिलो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै खेल २–० ले अगाडि रह्यो। Continue reading “इराकसँग नेपाल बराबरी खेल्यो”


