दाहालले भने, ‘संविधान सभामा थारुको प्रतिनिधित्व सबैभन्दा धेरै गराउँछु’

Del416125काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका आदिवासी थारु समुदायको पहिचान र अधिकारका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन्। विघटित थारु महिला सभा काठमाडौँद्वारा राजधानीमा आयोजित ‘जितिया पर्व–२०७०’ को उद्घाटन गर्दै उनले भने, ‘देशको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने थारु समुदायलाई आफ्नो पार्टीले आगामी संविधान सभा निर्वाचनमा सबैभन्दा धेरै प्रतिनिधित्व गराइनेछ।’ Continue reading “दाहालले भने, ‘संविधान सभामा थारुको प्रतिनिधित्व सबैभन्दा धेरै गराउँछु’”

थारुवान डटकमको अभियान जारी रहोस्

santosh dahitसन्तोष दहित– सर्वप्रथम त थारुवान डटकमका सञ्चालक मदन चौधरीप्रति धेरै-धेरै शुभकामना एवं बधाइ दिन चाहन्छु। मदनजी तपाईँले जुन उद्देश्यका साथ थारुवान डटकमको सञ्चालन गर्नुभयो, त्यो उद्देश्यका साथ आज थारुवान डटकमको एक वर्ष पार गरेको कुरा सुन्दा धेरै खुसी लागेको छ। हरेक चूनौतिको बाबजुद पनि आज एक वर्ष पार गरी दोस्रो वर्षको यात्रामा प्रेवेश गरेकोमा पुनः थारुवान डटकमको शुभकामना र निरन्तरताको कामना गर्छु। Continue reading “थारुवान डटकमको अभियान जारी रहोस्”

राजधानीमा जितिया पर्व (फोटो फचिर)

jitiya 2070-8काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु जातिले आफ्नो महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमल र राष्ट्रिय सभागृह भृकुटीमण्डपमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै पर्व मनाउँछन्। Continue reading “राजधानीमा जितिया पर्व (फोटो फचिर)”

जितिया पर्वको रौनक

jitiya 2070-2लक्की चौधरी–  हरेक वर्ष आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामकासाथ थारु घर आङ्गनमा मनाइने जीतियापर्वको रौनकता यसवर्ष पनि थारुवस्तीमा शुरुभएको छ। विशेषगरी विवाहित थारु चेलीबेटीले निराहर व्रतबसी मनाइने यसपर्वले थारु समुदायबीच सम्बन्ध सुधारको भूमिका खेल्नेगर्दछ। विवाहगरी गएका थारु चेलीहरुलाई अनिवार्यरुपमा माइतमा बोलाई चाड मनाइन्छ। यदि त्यसो नगरिए सम्बन्धमा दरार आएको अर्थलाग्ने हुनाले चेलीबेटीलाई माइतमा ल्याउने विशेष चाँजोपाँजो गरिन्छ। असोज ११ गते देशभर थारु घरआंगनमा जितिया मनाइँदैछ। Continue reading “जितिया पर्वको रौनक”

थारुवान डटकमको एक वर्षे यात्रा

_MG_8485थारुवान डटकम आजकै दिन अर्थात् जितिया पर्वको अवसरमा उद्घाटन भएको थियो। गतेको हिसाबले असोज २२ गते भए पनि थारुवान डटकमको यही पर्वको दिन उद्घाटन भएको थियो। राजधानीको नाचघरमा आयोजित कार्यक्रममा तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको औपचारिकरुपमा शुभारम्भ गरेका थिए। यो एक वर्षको अवधिमा पाठकहरुले दिएको मायाप्रति म सदैव ऋणी रहनेछु। म अर्थात् मदन चौधरी। मैले पाँच वर्षअघि नागरिक दैनिकमार्फत् आफ्नो पत्रकारिता यात्रा थालनी गरेको थिएँ। अहिले पनि नागरिक दैनिककै अनलाइन सं‌स्करण नागरिकन्युज डटकममा कार्यरत छु। Continue reading “थारुवान डटकमको एक वर्षे यात्रा”

प्रथम श्रेणीमा +2 पास गरेकी कमलरीले भनिन्- ‘वकिल बन्छु’

former kamalari Bishnu Chaudharyसन्तोष दहित, दाङ- आठ वर्षअघि अरुको घरमा कमलरी बसेर काम गर्थिन् सतवरिया-५, की विष्णु चौधरी। उनी दुई वर्ष दाङकै एक जमिन्दारको घरमा दासीको रुपमा बस्दै आएकी थिइन्। २०६१ को माघीमा कमलरी उन्मुन क्षेत्रमा काम गर्ने संघसस्थाले गाँउ-गाँउमा छापा अभियान चलाउन थाले। त्यही अभियानका क्रममा घोराहीदेखि दक्षिणतिर रहेको भैस्कुर गाँउमा विष्णुलाई एक जमिन्दारले कमलरी राखेको पत्ता लगाए। तर त्यतिवेबेला विष्णु त्यहाँ थिएनन्। उनी माघी मनाउन घर पुगेकी रहिछन्। स्वानले विष्णुलाई घरमै भेटेर अबदेखि कमलरी नबस्न आग्रह गर्‍यो। त्यसको बदलामा पढाइदिन भनेपछि विष्णुले राहत महसुस गरिन्। त्यसपछि उनी कमलरी बस्न गइनन्। Continue reading “प्रथम श्रेणीमा +2 पास गरेकी कमलरीले भनिन्- ‘वकिल बन्छु’”

सर्वोच्चले भन्यो- ‘ज्यान मुद्दाका दोषी उम्मेदवार हुन पाउँदैनन्’

काठमाडौं- सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद तथा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिले आगामी संविधान सभाको निर्वाचनमा भाग लिन नसक्ने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशत्रय गिरिशचन्द्रलाल, सुशीला कार्की र प्रकाश वस्तीको विशेष इजलासले गत जेठ ३१ गते जारी संविधानसभाको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा १९(ङ) मा ज्यान मुद्दाका दोषीले संविधानसभाको चुनावमा उम्मेदवार हुन नपाउने भन्ने व्यवस्थालाई हाल यथावत राख्न आदेश दिएको छ। सर्वोच्चले यही सम्बन्धमा यसअघि जारी गरेको अल्पकालीन आदेशलाई बदर गरेको छ। Continue reading “सर्वोच्चले भन्यो- ‘ज्यान मुद्दाका दोषी उम्मेदवार हुन पाउँदैनन्’”