विद्युत प्राधिकरणका १८ कर्मचारीबाट पाँच करोड धरौटी माग

काठमाडौं‍- विशेष अदालतले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको अभियोग लागेका विद्युत् प्राधिकरणका १८ कर्मचारीबाट रू. ५ करोड बढी धरौटी बुझाई तारिकमा हाजिर हुन आदेश दिएको छ। 
उक्त अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक दायर गरेको मुद्दामा तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झासहितका १८ जनासँग धरौटी माग गरेको हो। Continue reading “विद्युत प्राधिकरणका १८ कर्मचारीबाट पाँच करोड धरौटी माग”

३३ दलीय मोर्चाले आन्दोलन गर्ने

काठमाडौं- नेकपा–माओवादीसहितको तेत्तीस दलीय मोर्चाले आसन्न संविधानसभाको चुनावलाई लक्षित गरी विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने भएको छ। माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी सचिव देव गुरुङले मुलुक निर्दलीयताबाट सैनिकीकरणतर्फ प्रवेश गर्न लागेको जिकिर गरे।  Continue reading “३३ दलीय मोर्चाले आन्दोलन गर्ने”

फोरम लोकतान्त्रिकले संसदीय समिति गठन गर्‍यो

bijaya-kumar-gachchhadarकाठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा संसदीय समिति र केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। पार्टीको आज बसेको राजनीतिक समितिको बैठकले नौ सदस्यीय संसदीय समितिको पदेन अध्यक्षमा पार्टी अध्यक्ष गच्छदार, सदस्यहरुमा रामेश्वर राय यादव, मोहम्मद नसिर सिद्दिकी, आशा चतुर्वेदी, रामजनम चौधरी, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद वकिल मुसलमान, वीरेन्द्रलाल श्रेष्ठ र पदेन सचिवमा जितेन्द्र नारायण देव रहेका छन्। Continue reading “फोरम लोकतान्त्रिकले संसदीय समिति गठन गर्‍यो”

बोनस बाँड्ने आयल निगमका कार्यकारी निर्देशकसहित चारजना पक्राउ

Nepal aayal Nigamकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बोनस वितरण गरेको अभियोगमा आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई आज पक्राउ गरेको छ। आयोगले निगमको सञ्चित नोक्सानी पूर्ति नभएसम्म बोनस वितरण नगर्न आयोगले दिएको निर्देशन विपरीत कार्य गरेको आरोपमा निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय  कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई आयोगले आज हिरासतमा लिएको हो। Continue reading “बोनस बाँड्ने आयल निगमका कार्यकारी निर्देशकसहित चारजना पक्राउ”

बाधा अड्काउ फुकाउन आदेश जारी, सेना परिचालनको बाटो खुल्यो

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न बाधा अड्काउ फुकाउ आदेश जारीसँगै नेपाली सेना परिचालन गर्न बाटो खुलेको छ। राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा सेना परिचालनसम्बन्धी बाधा अड्काउ फुकाउन आदेश जारी गरेपछि सेना परिचालनका निम्ति बाटो खुलेको हो। Continue reading “बाधा अड्काउ फुकाउन आदेश जारी, सेना परिचालनको बाटो खुल्यो”

प्रमुख निर्वाचन आयुक्त भन्छन्- ‘निर्वाचनको काम लगभग पूरा’

election commisionकाठमाडौं- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधान सभाको निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन्। उनले भने, ‘अयोगका तर्फबाट मङ्सिर ४ गते अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि काम लगभग सम्पन्न भएको छ।’ Continue reading “प्रमुख निर्वाचन आयुक्त भन्छन्- ‘निर्वाचनको काम लगभग पूरा’”

एमालेले उम्मेदवारको नामावली एकमुष्ट सार्वजनिक गर्ने

काठमाडौं- नेकपा (एमाले) ले आगामी संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट चयन हुने उम्मेदवारको नामावली एकै पटक सार्वजनिक गर्ने तयारी गरेको छ। स्थायी समितिको बसेको बैठकले मातहतका कमिटीबाट सिफारिस भएका नामबारे एकसरो छलफल सकाएको छ। पार्टीले केही दिनमै यसलाई निर्णायक बनाउने निष्कर्ष निकालेको छ। Continue reading “एमालेले उम्मेदवारको नामावली एकमुष्ट सार्वजनिक गर्ने”

बाल्कनद्वारा थ्रीस्टारविरुद्ध गोलको वर्षा

3 starकाठमाडौं- एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगितअन्तर्गत आज भएको फाइनल चरणको पहिलो खेलमा नेपालको थिस्टार क्लब पराजित भएको छ। मलेसियाको मेलकास्थित हाङग जेबाट रङ्गशालामा भएको सो प्रतियोगितामा थ्रीस्टार तुर्किमेनिस्तानको बाल्कन क्लबसँग ६–० को फराकिलो गोलअन्तरले पराजित भयो। खेलको सुरुदेखि नै थि्रस्टारलाई दबाबमा राखेको तुर्किमेनिस्तानले खेलको पहिलो हाफको २२ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेको थियो। तुर्किमेनिस्तानका खेलाडी येभ्गेनी काचेन्कोलेले डिबक्स भित्रबाट गोल गर्दै खाता खोलेका थिए भने त्यसको दुई मिनेट पनि बित्न नपाउदै तुर्किमेनिस्तानकै कप्तान कारादानोभ मामेलालीले थप एक गोल गरे।  Continue reading “बाल्कनद्वारा थ्रीस्टारविरुद्ध गोलको वर्षा”

चुनावको मिति सर्दैन : गच्छदार

पोखरा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का  अध्यक्ष विजयकुमार गच्छदारले नेकपा–माओवादी सम्बद्ध मोर्चाले निर्वाचनमा भाग नलिए पनि आगामी मङ्सिर ४ गते हुने संविधान सभाको निर्वाचन नरोकिने बताएका छन्। Continue reading “चुनावको मिति सर्दैन : गच्छदार”

बल्ल गठन भयो कांग्रेसमा संसदीय समिति

Sushil Koiralaकाठमाडौं- नेपाली कांग्रेसले संविधानसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न शक्तिशाली संयन्त्र मानिने संसदीय समिति गठन गरेको छ। न्द्रीय समितिको आजको बैठकमा सभापति सुशील कोइरालाले प्रस्तुत गरेका नामावलीलाई अनुमोदन गरेको बैठकपछि पार्टीका प्रवक्ता दीलेन्द्रप्रसाद वडूले जानकारी दिए। समितिमा सभापति कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव, सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, अजुर्ननरसिंह केसी, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना र फर्मुल्लाह मन्सुर रहेका छन्। Continue reading “बल्ल गठन भयो कांग्रेसमा संसदीय समिति”