बसको ठक्करबाट नवलपरासीमा तीन जनाको मृत्यु

परासी-  नवलपरासीको प्रगतिनगरमा आज यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ। कावासोती प्रहरीका अनुसार काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ७३६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना१९प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा प्रगतिनगर–९ का ५५ वर्षीय रामप्रसाद भुसाल,  उनकी छोरी रजहर बस्ने २६ वर्षीया लक्ष्मी तिवारी र भुषालका नाति २ वर्षीय युगल तिवारी रहेका छन्।  Continue reading “बसको ठक्करबाट नवलपरासीमा तीन जनाको मृत्यु”

सरकारले चाहे फेरि वार्ता बस्छौं, तर हामीलाई पाखा लगाउन पाइँदैन : वैद्य


Mohan_Baidyaकाठमाडौं- संविधान सभा निर्वाचनको विरोधमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले आज खुल्ला मञ्चमा विरोधसभा आयोजना गर्‍यो। सभामा बोल्ने मोर्चा सम्बद्ध नेताले मोर्चालाई पाखा लगाएर गरिएको निर्वाचनले जनताको संविधान बन्न सक्दैन भन्दै बहिस्कार आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनाको विकल्प नभएको दोहोर्‍याए। 
विरोध सभालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेकै परिस्थितिमा गरिने संविधान सभाको निर्वाचनले जनताको संविधान नबन्ने भएकाले कुनै हालतमा निर्वाचनमा जाँदैनौं भने। Continue reading “सरकारले चाहे फेरि वार्ता बस्छौं, तर हामीलाई पाखा लगाउन पाइँदैन : वैद्य”

नवनिर्वाचित समितिलाई कार्यभार हस्तान्तरण

शेषनारायण झा, अबुधाबी- गैरआवासीय नेपाली सङ्घ संयुक्त अरब इमिरेट्सको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान समितिले कार्यभार हस्तान्तरण गरेको छ। यूएइका लागि नेपाली राजदूत धनन्जय झाको प्रमुख आतिथ्यतामा अबुधाबीस्थित नेपाली राजदूतावासमा गत शुक्रबार उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। Continue reading “नवनिर्वाचित समितिलाई कार्यभार हस्तान्तरण”

थारु महिला सभाको केन्द्रीय अध्यक्षमा हरिदेवी

tharu mahila sabha- 1st convocationकाठमाडौं- थारु महिला सभाको केन्द्रीय महाधिवेशनले हरिदेवी चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनले उपाध्यक्षमा भगवती चाधरी र श्यामा चौधरी, महासचिवमा दीपमाला चौधरी, सचिमाव जयमाला चौधरी र कोषाध्यक्ष देवी चौधरीलाई चयन गरेको हो। Continue reading “थारु महिला सभाको केन्द्रीय अध्यक्षमा हरिदेवी”

नेपाली उपभोक्ता भारतीय बजारमा ठगिँदै

sunauli 2कमला चौधरी, बुटवल- असोज लाग्ने बित्तिकै दशैं आएजस्तो भएको छ। एकातिर दशैंको लागि घर जाने यात्रुको लागि टिकट बुकिङ खुलेको छ। अर्कातिर बुटवलसहित देशभरका विभिन्न ठाउँमा शुपथ मूल्य पसल सञ्चालन भएका छन्। बडादशैंको चहलपहल नेपालमा बढेपनि दशैंको व्यापारिक कारोबार भने सीमावर्ती भारतीय बजारमा फस्टाउँदो छ। दशैं तिहारलाई आवश्यक पर्ने सामान खरिद गर्ने नेपाली उपभोक्ताको अत्यधिक भीडले त्यहाँका बजारमा बेग्लै रौनक छ। Continue reading “नेपाली उपभोक्ता भारतीय बजारमा ठगिँदै”

जय थरुहट !

tharuhat-2

गोपाल दहित- थरुहट भूगोलको पहिचान, आत्मसम्मान, अधिकार, विकास र न्यायका लागि थरुहट आन्दोलन भयो। जुन आन्दोलनमा लाखौं थारु र गैरथारुहरुको स्वतःस्फूर्ट भौतिक, नैतिक, आर्थिक सहयोग र सहभागिता थियो। यस आन्दोलनसित चार शहीद र हजारौं घाइटेहरुको बलिदानीपूर्ण रगतको नाता छ। आन्दोलनमा सहभागीहरुले शीर थाह्रो पारेर “जय थरुहट” भनी अभिबादन गर्दाको गगनचुम्बी स्वरहरु अहिले पनि ताजै लाग्छ। त्यसैले दिल खोलेर सबैले सुन्ने गरी पटक पटक भन्न मन लाग्छ, “जय थरुहट”, “जय थरुहट”, “जय थरुहट”।
tharuhat-1
थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी रहेको छ। ल्याबमा ट्यूब बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजङ्गल, हिंश्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। रगत, पसिना र पुस्तौपुस्ताको बलीदानी गरेर तराईलाई आजको मानववस्ती योग्य बनाउने ऐतिहासिक पौरख आदिवासी थारुहरुले गरेका हुन्। यसर्थ यो भूगोलको ऐतिहासिक नाम “थरुहट” हो, र भौगोलिक नाम “तराई” हो। कतिपय ठूला र पुराना राजनीतिक दलहरुले आकर्षक नारा उचाल्ने, चुनावमा भोट लिने, अन्ध भक्त बनाउने, लोभलालच र डरधम्की दिइ बिलखबन्दमा पारी घर नघाटको बनाइराख्ने, सुकुम्बासी, बस्तीविकास कम्पनी, पुनरवास, आरक्ष पीडित, विकास आयोजना, आदि नामले हिमाल र पहाडबाट सुनियोजित रुपमा लाखौंको संख्यामा हुकुम्बासीहरु थरुहट भूगोलमा ल्याइ बसोबास गराई यहाँको अन्न उत्पादन र विकासलाई अस्तव्यस्त बनाउने, धरतिपुत्र मूलवासी थारु, दनुवार, सुनुवार, कोचे, मेचे, आदिलाई उनीहरुको ऐतिहासिक भूथलोमा अल्पमतमा पार्ने, श्रीसम्पत्ति हडप्ने, सबैखाले अधिकारबाट बन्चित बनाउने, हुँदा हुँदा पहिचान र आत्मसम्मान समेत खतम पार्ने हर्कत गरी आएका छन्। यी सबै हर्कत अब त अति भइसक्यो। यसर्थ थरुहटका नागरिकहरु आफ्नो पहिचान, आत्मसम्मान, अधिकार, विकास र न्याय प्राप्तिका लागि “जय थरुहट”को नारा गुन्जायमान पार्दै “थरुहट तराई पार्टी नेपाल” मा गोलबद्ध भइराखेका छन्, यो सुनौलो अवसर हो।tharuhat-3
नेपालमा “जय थरुहट”, “जय मगरात”, “जय लिम्बुवान”, “जय खुम्बुवान”, “जय ताम्सालिङ”, “जय नेवाः”, “जय तमुवान”, “जय खसान”, “जय खप्टड”, आदिको नारा किन गुन्जायमान हुँदैछन्। “जय नेपाल” भनी ओठे नारा लगाउनेहरु समग्र नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ताको जगेर्ना र समग्र नेपाल र नेपालीहरुको आत्मसम्मान, विकास र न्यायका लागि सम्वेनशील र जिम्मेवार बन्न चाहेनन्। काठमाडौं उपत्यका र नेपाल मण्डलमा केन्द्रीकृत भइ थरुहट, पहाड र हिमालको कुनाकाप्चामा बस्ने नेपालीहरुको दुःख, दर्द र बिपन्नतालाई धरौती राखेर आफू केन्द्रमा मोजमस्ती लुट्ने परम्परा बनाएका कथित शासक जाति, कतिपय राजनीतिक दल र उनीहरुलाई मोहरा बनाएर पुस्तौपुस्ता पुग्ने सम्पत्ति कुम्ल्याएका सम्भ्रान्त परिवारको स्वार्थका कारण नयाँ बिकल्प खोज्ने संघर्षका क्रममा यस्ता नाराहरु बुलन्दित भइरहेका छन्, यो राम्रो पक्ष हो। किनकि आफ्नो पहिचान र अधिकार अरुले दिएर होइन, आफैँले संघर्ष गरी खोसेर लिनुपर्ने इतिहास साक्षी छ।
सावधानीको पक्ष, थरुहटका जाति, वर्ग, क्षेत्र र समुदायको पक्षमा नारा लगाउने, अनुहार पनि थरुहटकै देखाउने, दुई चारवटा सानातिना काम गरेजस्तो पनि गर्ने, तर उही शासक जाति र वर्गको झोल बोकुवा बनी उनीहरुलाई नै सत्ता, भत्ता र सत्तासिन पावरमा पुर्‍याउने “नक्कली थरुहट” देखि सावधान हुनुपर्छ, धोखा पाइन्छ। कथित शासक जाति र वर्गको भित्रि रणनीति, कार्यनीति, योजना र कुटिल चाल नबुझेर कतिपय कायकर्ता नक्कली थरुहटको भूमिका गर्दैछन् भने कतिपय बुझेर पनि बुझ पचाएर ब्यक्तिगत स्वार्थमा निर्लिप्त भएर उनीहरुको पैसा, दारु र मासुमा इमान, जमान, नैतिकता, अस्मिता र आवरु बेच्दैछन्, आफ्नो खुट्टामा आफैं बन्चरो हिर्काउँदैछन्। यसर्थ, बुझेर वा नबुझेर शासक जातिको गुलामी गर्नेहरुले आफ्नो बिचारमा परिवर्तन ल्याएर सक्कली थरुहटमा गोलबद्ध हुनु सबैको लागि हितकर छ।
सक्कली थरुहट तराई पार्टी नेपालमा गोलबद्ध हुँदा हाम्रा पहिचान, अधिकार र आत्मसम्मान पाइन्छ, विकासको लहर आउँदछ र न्याय निरोपण हुन्छ। पुस्तौपुस्तादेखि सिमान्तिकरण, बहिष्करण र सरकारी श्रोत साधन साथै अवसरबाट बन्चितिकरणमा पारिएका यसैगरी अन्याय, शोषण, दमनमा पिल्सेका थारुलगायत सबै आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, मुस्लिम र मधेसीहरु यसैगरी उनीहरुका सन्ततीले सरकारी रोजगारी पाउने बाटो खुल्छ, तपाईँ हाम्रा छोरा छोरीहरु पनि जिल्लामा न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, एसपी, हाकिम बन्नेछन्, केन्द्रमा जर्नेल, कर्नेल, आइजी, डिआइजी, यसैगरी मन्त्रालयमा सचिव, सहसचिव, निर्देशक बन्नेछन्। राज्य संयन्त्रको सबै निकाय तथा तहमा सबै जाति, वर्ग र समुदायकाको पहुँच र प्रतिनिधित्व सुनिश्चित हुन्छ। यसका साथै शासनको बागदोर सम्हाल्ने पदजस्तै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने मौका मिल्नेछ। थरुहट, पहाड र हिमाल भूक्षेत्रको सबै कुनाकाप्चासम्म विकासको लहर आउनेछ। र, नेपालमा कथित उच्च शासक र शासित जातिको विभेद् अन्त्य हुनेछ। नेपाली भएकोमा सबैले गौरव गर्ने शुभ दिन आउनेछ।
यसर्थ पुनः आह्वान गर्दछु, धक फुकार, दिल खुस पारेर दृढ विश्वासका साथ अन्तर मनले स्वीकारेर स्वतन्त्र कण्ठले सुशोभीत हुँदैं “जय थरुहट” भनौं, र थरुहट तराई पार्टीको महान अभियानमा तुरुन्तै गोलबद्ध होऔं। यही नै आजको माग, आवस्यकता, प्रार्थमिकता र खोजेको अपरिहार्यता हो।

लेखक थरुहट तराई पार्टी नेपालको वरिष्ठ नेता हुन्। 

 

 

मोर मैयाँ (थारु गजल)

मोर मैयाँ छोर्ख जइना निष्ठुरीहे बधाई ।
महिसे नाता तोर्ख जइना निष्ठुरीहे बधाई ॥

मैयाँके नाटक खेल्टि नेङग्ना तु निष्ठुरी।
मोर भावना खेल्ख जइना निष्ठुरीहे बधाई ॥ Continue reading “मोर मैयाँ (थारु गजल)”

ककनीमा थारु नृत्य (फोटोसहित)

काठमाडौं- ककनीमा नार्कोननको अफिस स्थापना भएको छ। शुक्रबार उपराष्ट्रपति परमान्नद झाले उक्त अफिसको उद‍घाटन गरे। कार्यक्रममा १५ वटा जातिले आफ्नो भेषभुषा प्रदर्शन गरेको थियो। थारु समुदायको प्रतिनिधित्व भने थारु बर्दियली विकास मञ्चले गरेको थियो। कार्यक्रममा ती स‌ंस्थाका जागरुक युवाहरुले थारु भेषभुषामा पाँच मिनेटको थारु नृतग देखाएकाथिए। कार्यक्रमको तस्बिर हेर्नुस्: Continue reading “ककनीमा थारु नृत्य (फोटोसहित)”