Author: admin
अन्नत पर्व
फेसबुकका पाँच विश्वासिला साथी
गएको हप्ता एक किशोरको फेसबुक चलनचल्तीको भाषामा ह्याक भयो। प्राविधिक भाषामा भन्नुपर्दा उनको फेसबुकको पासवर्ड कसैगरी अरूले थाहा पाएर चलाइदिएछ। चलाएर हेर्दासम्म त केही बिग्रेको थिएन, तर अपरिचितले चलाएर चिनेजानेका मान्छेलाई अश्लील शब्दमा च्याट गर्न थालेपछि भने हंगामा नै भयो। Continue reading “फेसबुकका पाँच विश्वासिला साथी”
माङ्गलिक कामना गर्दै अनन्त पर्व मनाइयो
अविनाश चौधरी, धनगढी– माङ्गलिक कामना गर्दै कैलालीका पूर्वी भेगका थारु समुदायले अनत्ता (अनन्त) पर्व मनाएका छन्। समुदायले नै मनाउने गरेको अष्टिम्की र अँटवारी पर्व जस्तै व्रत बसेर अनत्ता पर्व मनाइएको हो। एक दिनमात्रै मनाइने यो पर्वमा महिला पुरुषहरु नुहाई धुवाई गरेर पूजाको सामग्री सहित एक घरमा जम्मा हुने चलन छ। जम्मा भएका व्रतालुहरुले कलशमा कुशको अनन्त भगवान स्थापित गर्ने गर्छन् र गुइठाँको धुनी जलाएर पूजा गर्ने चलन छ। Continue reading “माङ्गलिक कामना गर्दै अनन्त पर्व मनाइयो”
यसरी मनाइन्छ अनन्त पर्व (फोटोसहित)
दिलबहादुर चौधरी– धेरै इतिहासकार र विद्वानहरुमा थारुबारे विवाद देखिएको छ। कतिपयले थारुलाई किरात मानेका छन् भने कसैले निग्रेटो वा द्रविड मूलका मानेका छन्। यसरी किरात, निग्रेटो वा द्रविड जे भने पनि धेरै इतिहासकार र विद्वानहरुले थारुलाई अनार्य भएको कुरा स्वीकार गर्छन्। Continue reading “यसरी मनाइन्छ अनन्त पर्व (फोटोसहित)”
पत्रकार चौधरीको नाम राप्रपा प्रत्यक्षमा सिफारिस
गौशाला- राष्ट्रिय प्रजातन्त्र पार्टीले महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रत्यक्ष उम्मेदवारीका लागि पत्रकार वैद्यनाथ चौधरीको नाम सिफारिस गरेको छ। राप्रपा पार्टीको जिल्ला कार्यसमितिले पत्रकार चौधरीसँगै महोत्तरीको छवटै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक लागि आफ्ना दलका उम्मेदवारका नाम सिफारिस गरी पठाएको पार्टीका जिल्ला अध्यक्ष राजेश्वर रायले बताए। Continue reading “पत्रकार चौधरीको नाम राप्रपा प्रत्यक्षमा सिफारिस”
एकातिर अट्वारी अर्कोतिर बड्की अत्तवार
कमला चौधरी, बुटवल- नेपाल एक बहुजाति, बहुभाषी, बहु संस्कृति र प्राकृतिक सौर्न्दताले भरिएको देश हो। यहाँ विभिन्न जातजातिका मानिस बसोवास गर्छन्। त्यसमध्ये पनि आफ्नो छुट्टै पहिचान बोकेको जाति छ, त्यो हो थारु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईका फाँटहरुमा थारु समुदायको बस्ती छ। यो समुदायको भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवं जीवनशैली अत्यन्त रोचक र फरक छ। कालो वर्णमा, मंगोलियनजस्तै देखिने यो जाति एकदमै सोझा, इमानदार, परिश्रमी स्वाभावका हुन्छन्। यो समुदायको आफ्नै चाडवाड छन्। थारु समुदायले माघी पर्वलाई सबभन्दा ठूलो पर्वका साथै नया वर्षको रुपमा मनाउने गर्छन्। त्यसैगरी यो समुदायको गुडिया पर्व पछिको दोस्रो पर्वको रुपमा बड्की अत्तवारलाई मान्दै आएका छन्। Continue reading “एकातिर अट्वारी अर्कोतिर बड्की अत्तवार”
भारतलाई हराउँदै अफगान साफ च्याम्पियन
काठमाडौं- ६ पटकको विजेता भारतलाई हराउँदै अफगानिस्तान साफ फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको छ। दशरथ रंगशालामा भएको फाइनलमा अफगानिस्तानले भारतलाई २-० ले हराउँदै साफ च्याम्पियनसिपको उपाधि कब्जा गरेको हो। खेलको ९ औं मिनेटमा मुस्तफा अजाडोझी र ६२औं मिनेटमा सन्जर अहमदीले गोल गर्दै परम्परागत फुटबल शक्ति भारतलाई निरीह सावित गरिदिए। Continue reading “भारतलाई हराउँदै अफगान साफ च्याम्पियन”
थरुहटमा उम्मेदवारी सिफारिस
काठमाडौं- थरुहट तराई पार्टी नेपालले संविधान सभा निर्वाचनका लागि ९ जिल्लाबाट उम्मेद्वाईर सिफारिस गरेको छ। तराईका १ सय २२ स्थानबाट उम्मद्वा]री उठाउने योजनासहित पहिलो चरणमा ९ जिल्लामा सिफारिस गरिएको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। पार्टीले नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर र सुनसरीबाट उम्मेदवारी सिफारिसको घोषणा गरेको हो। सुनसरीमा भने एक क्षेत्रका लागि मात्र सिफारिस गरिएको हो। पार्टी अध्यक्ष भानुराम थारुलाई कैलाली ३ क्षेत्रबाट सिफारिस गरिएको छ। Continue reading “थरुहटमा उम्मेदवारी सिफारिस”
थारू समुदायको सीप घरमै सीमित
कञ्चनपुर- हस्तकलाको क्षेत्रमा धनी मानिएको कञ्चनपुरको थारू समुदाय व्यावसायिक बन्न नसक्दा उत्थानमा टेवा पुग्न सकेको छैन। आफू प्रयोजनका लागि थारू समुदायका व्यक्तिले परम्परागत सीपको प्रयोग गर्दै हस्तकलाका साधन बनाउँदै आए पनि जनचेतनाको कमीका कारण हस्तकलाका सामग्रीलाई बजारसम्म पुर्याउन नसक्दा यस समुदायको सीप घरमै सीमित रहन पुगेको छ। Continue reading “थारू समुदायको सीप घरमै सीमित”
