माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

asfaqकाठमाडौं- भारत साफ च्याम्पियनसिपको लगातार तेस्रोपटक फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइल खेलमा माल्दिभ्सलाई हराउँदै भारत फाइनल पुगेको हो। भारतका लागि भारतका अरनाब मन्डलले ८६औं मिनेटमा माल्दिभ्सविरुद्ध गोल गर्दै अग्रता लिएको थियो। अन्तिम सयमा गरेको उक्त गोल नै भारतलाई फाइनल पुर्यारयो। Continue reading “माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा”

राज्यबाट उपेक्षित ‘अट्वारी’

atwariसन्तोष दहित- नेपालका भूमिपुत्र चिनिने थारु जातिको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय जगतमा छुट्टै पहिचान रहँदै आएको छ। थारु समुदायको भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवं जीवनशैली अत्यन्त रोचक र फरक छ। थारु समुदायका मानिसहरुङ्को स्वभाव सरल, इमान्दार एवं परिश्रमका पारखीका रुपमा पनि चिनिन्छ। प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु जाति समृद्ध संस्कृतिका धनी मानिन्छन्। त्यसैले होला प्रत्येक महिनामा कुनै न कुनै पर्व थारु समुदायले मनाउँदै आएका छन्। थारु समुदायले अन्य समुदायका पर्व मनाए पनि थारु समुदायको अट्वारी पर्वलाई महान पर्वको रुपमा लिइन्छ। Continue reading “राज्यबाट उपेक्षित ‘अट्वारी’”

आइतबार अर्थात् अट्वारी

atwari-1सन्जु चौधरी- थारु समुदायका पुरुषहरुको महान् पर्व हो अट्वारी। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्छन्। यो पर्व तीजको अघिल्लो/पछिल्लो आइतबार पर्छ। आइतबारै मनाउने भएकाले यस पर्वलाई अट्वारी भनिएको हो। यस पर्वमा भेवा (भिम) को पूजा गरिन्छ। भिनसर्या खैना (दर खाने) : अट्वारीको ब्रत बस्ने पुरुषले राति भाले बस्नुभन्दा पहिले नै भिनसर्या खाने चलन छ। भिनसर्यामा माछा, गंगटा र घोंघी खाने चलन छ। यी तीन किसिमको परिकारचाहिँ अनिवार्य रुपमा भिनसर्यामा खाने गरिन्छ। भिनसर्या भाले बास्नुभन्दा पहिले नै खानु पर्छ। यदि भाले बासी सकेपछि खायो भने जुठो मानिन्छ। खाँदाखादै भाले बास्यो भने भिनसर्या नखाएर ब्रत बस्ने चलन पनि छ। Continue reading “आइतबार अर्थात् अट्वारी”

थारु पत्रकार संघमा नयाँ कार्यसमिति

binita- TJAकाठमाडौं- थारु पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशनले गोरखापत्र दैनिकका लक्की चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ। संघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षमा क्रमशः प्रदीप लेखी थारु (कान्तिपुर टिभी), सीताराम चौधरी (तराई टिभी), पार्वता चौधरी (रेडियो कान्तिपुर) र शैलेन्द्र चौधरी (हिमालय टिभी) चयन भएका छन्। सदस्यमा मदन चौधरी (नागरिक दैनिक), अजय पन्जियार (सगरमाथा टिभी), किशोरकुमार चौधरी (एभिन्यूज टिभी), सरला चौधरी (रेडियो भेरी), हिक्मत चौधरी छन्। Continue reading “थारु पत्रकार संघमा नयाँ कार्यसमिति”

थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण

gopal dahitकाठमाडौं- थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको छ। भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल र शम्भुप्रसाद चौधरी महासचिव रहेको समाजवादी पार्टीबीच बुधबार तिलकपुर बैठकले एकीकरणको घोषणा गरेको हो। एकीकरणपछि पार्टीको नाम भने थरुहट तराई पार्टी नेपाल नै रहने विज्ञप्तीमा जनाइएको छ। Continue reading “थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण”

उद्योगपति चौधरी नवलपरासीबाट सिफारिस

binod chaudharyपरासी- उद्योगपति विनोद चौधरीलाई नेकपा (एमाले)ले आगामी संविधान सभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीले सिफारिस छ। ती क्षेत्रमध्ये यस पटक क्षेत्र नम्बर १ मा यसअघि निर्वाचन जितेका काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला पुनः कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने पक्का छ। चौधरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने सम्भावना बढेको बुझिएको छ। यसैगरी  जिल्ला अध्यक्ष तिलक महतलाई क्षेत्र नम्बर २, ३ र ४ गरी तीन स्थानबाट सिफारिस गरिएको छ। क्षेत्र नं ५ बाट दिपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ। Continue reading “उद्योगपति चौधरी नवलपरासीबाट सिफारिस”

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं- anil-2सात वर्षपछि नेपालले भारतलाई पराजित गरेको छ। काठमाडौंमा जारी ८औं साफ च्याम्पियनसिपमा  बिहीबार भारतलाई २-१ ले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। नेपालका लागि अनिल गुरुङले ६८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको केही बेरमै ७९औं मिनेटमा रोविनको क्रसमा जुमानु राईले शानदार गोल गरेका थिए। Continue reading “भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा”

अलिको अर्को हेयाट्रिक, भुटानविरुद्ध माल्दिभ्सको ८ गोल

aliकाठमाडौं-  कप्तान अलि अस्फकको ह्याट्रिकले माल्दिभ्स समूह चरणको खेलमा भुटानलाई ८-२ गोल अन्तरले पाखा लगाएको छ। यसअघि माल्दिभ्सले श्रीलंकालाई १०-० गोलले पराजित गरेको थियो। बुधबारको खेलमा भुटानविरुद्ध अस्फक एक्लैले ४ गोल गरे। उनैले श्रीलंकाविरुद्ध दोहोरो ह्याट्रिक गरेका थिए। यो जितसँगै माल्दिभ्स सेमिफाइनल प्रवेश गरेको छ। १६औं मिनेटमा अलि फासिरको गोलमा अग्रता लिएको माल्दिभ्ससँग बराबरी हुन भुटानको लागि २५ औं मिनेटमा कप्तान पासाङले गोल गरे। पहिलो हाफकै ३५औं चेन्जोले गोल गरे । Continue reading “अलिको अर्को हेयाट्रिक, भुटानविरुद्ध माल्दिभ्सको ८ गोल”