Author: admin
उपेन्द्र यादवको टक्कर को सँग? गच्छदारसँग?
काठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल सम्पूर्ण शक्तिका साथ चुनावी अभियानमा जाने भएको छ। संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा उक्त पार्टीले घोषणापत्र तयारी, उम्मेदवार छनोट र चुनावी अभियानजस्ता कार्यक्रमलाई अघि बढाउँदै चुनावमा जाने निर्णय गरेको हो। पार्टीको यही भदौ १४ देखि १७ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले संविधानमा राष्ट्रिय पहिचानसहितको सङ्घीयता, समावेशी लोकतान्त्रिक गणतन्त्र, संवैधानिक सर्वोच्चता एवम् विधिको शासनको लागि चुनावमा सम्पूर्ण शक्तिका साथ जाने निर्णय गरेको हो। Continue reading “उपेन्द्र यादवको टक्कर को सँग? गच्छदारसँग?”
सुनसरीका संविधानसभा निर्वाचनका सम्भावित थारु प्रतिस्पर्थीहरु
विराटनगर- नेपाली कांग्रेस सुनसरीले आगामी संविधान सभा निर्वाचनका लागि सुनसरीको छ वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवार छान्न प्रत्येक बुथ इकाईबाट सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ। पार्टीको अभियानअनुसार प्रत्यक्ष र समानुपातिकका लागि सम्भावित उम्मेदवार कार्यकर्ताहरूको माझबाट लिइन लागेकाले पनि यस पटकको निर्वाचनमा परिणाम राम्रो आउने जिल्ला तहका नेताहरूको दाबी छ। Continue reading “सुनसरीका संविधानसभा निर्वाचनका सम्भावित थारु प्रतिस्पर्थीहरु”
फोरम लोकतान्त्रिकले ५० सिट ल्याउने गच्छदारको दाबी
विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ ५० सिटमा विजयी हासिल गर्ने दाबी गरेका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को तीन दिनदेखि जारी केन्द्रीय समिति, जिल्ला पदाधिकारी, भातृ संगठनका केन्द्रीय पदाधिकारीहरुको राष्ट्रिय भेलाको समापन समारोहमा आज साँझ सो कुरा बताएका हुन्। Continue reading “फोरम लोकतान्त्रिकले ५० सिट ल्याउने गच्छदारको दाबी”
सरिता गिरीले किन अन्सन तोडिन्?
काठमाडौं- तराई–मधेसको जनसङ्ख्या वृद्धिसँगै पाँच निर्वाचन क्षेत्र थप्नुपर्नेलगायतका विभिन्न माग राख्दै २२ दिनदेखि अनिश्चितकालीन अनसनमा बस्नुभएका नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले आज अनसन तोडेकी छन्। पार्टीद्वारा आज अनसनस्थल, शान्तिवाटिकामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले सरकारले निर्वाचन क्षेत्र पुनः निर्धारण आयोगको प्रतिवेदनलाई सार्वजनिकसमेत नगरी पारित गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णयले अनिश्चितकालीन अनसन बस्नुको औचित्य नभएको बताइन्। Continue reading “सरिता गिरीले किन अन्सन तोडिन्?”
संविधान सभाको सदस्य फेरि पनि जम्बो
काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले आगामी संविधानसभाको सिट सङ्ख्या ६०१ नै कायम राख्ने सहमति गरेको छ। सहमतिमा भने मधेसी जनअधिकार फोरम नेपाल र ऊ सम्बद्ध मोर्चाले भने आन्तरिक बैठकपछि मात्रै सो निर्णयमा सहमति जनाउने बताएको छ। समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सोही पार्टीको माग बमोजिम नै संविधानसभा सदस्य ६०१ नै कायम गर्न लागिएको नेकपा (एमाले)का नेता रघुजी पन्तले जानकारी दिए। Continue reading “संविधान सभाको सदस्य फेरि पनि जम्बो”
युवा स्ट्राइकर विमलको गोलमा नेपाल बराबरी
काठमाडौं- युवा स्ट्राइक विमल घर्तिमगरको गोलले नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको आठौं साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा अन्तिम समयमा विमलले गोल गरेका थिए। पाकिस्तानका खेलाडीले १३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। त्यसलगत्तै नेपालले पाकिस्तानमाथि दबाब दिए पनि गोल गर्न सकेको थिएन। पटकपटक पाकिस्तानी खेलाडीले फल हान्दा रेफ्रीले पहेँलो कार्ड देखाउ बाध्य भएका थिए। Continue reading “युवा स्ट्राइकर विमलको गोलमा नेपाल बराबरी”
हृदयघातबाट कोरियामा दीपक कुमार चौधरीको मृत्यु
काठमाडौं- कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ। रोजगारी गर्न कोरिया पुगेका सुनसरी मधेलि-१ का दीपक कुमार चौधरीको मृत्यु भएको हो । आइतबार करिब ४ बजेतिर कम्पनी होस्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि सँगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए। केहिबेरमै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले बताए। चौधरी गत मे १ मा किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीको कामदारको रुपमा कोरिया आएका थिए। मोटर पाट्र्स उत्पादन गर्ने सो कम्पनीमा अरु २ नेपाली कार्यरत छन्। Continue reading “हृदयघातबाट कोरियामा दीपक कुमार चौधरीको मृत्यु”
सर्वहारी सम्मानित
काठमाडौं- थारु ओ नेपाली गजल बिधामे विशेष योगदान पुगैलकमे रापती समाज काठमाडौ गोरखापत्र थारु भाषाके पृष्ठ संयोजक कृष्णराज सर्वहारीहे एक विशेष कार्यक्रमके साथ सम्मान कर्ले बा। रसियन कल्चर सेन्टरमे भदौ १३ गते हुइल कार्यक्रममे वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल सर्वहारीहेसम्मान पत्र सहित दोसल्ला ओह्राके सम्मान कर्ला। Continue reading “सर्वहारी सम्मानित”
गच्छदारलाई गृह जिल्लाबाटै उम्मेदवारको सिफारिस
काठमाडौं- मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीले सुनसरीबाट संविधान सभा निर्वाचनका लागि उम्मेदवारीको सिफारिस गरेको छ। पछिल्लो समय विभिन्न पार्टीमा आबद्ध शीर्ष थारु नेताहरुलाई पार्टी प्रवेश गराइसकेका गच्छदारलाई उनको गृह जिल्लाबाटै पार्टीले उम्मेदवारीको सिफारिस गरेको हो। सुनसरी क्षेत्र नम्बर ३ बाट उनले दोस्रो संविधान सभाको निर्वाचनमा उठनेछन्। Continue reading “गच्छदारलाई गृह जिल्लाबाटै उम्मेदवारको सिफारिस”
