शान्ता दाङबाट सिफारिस, चुनाव जितेर देखाउने शान्ताको दाबी

Santa Chaudharyकाठमाडौं- नेकपा एमालेले पूर्व कमलरी तथा पूर्व सभासद् शान्ता चौधरीलाई दाङबाट उम्मेदवारका लागि सिफारिस गरेको छ। एमाले क्षेत्रीय समितिले आइतबार चौधरीलाई दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारीको सिफारिस गरेको हो। यस विषयमा थारुवानले शान्तासँग कुरा गर्दा उनले चुनाव लड्न धेरै गाह्रो रहेको बताइन्। उनले त्यति असहजका बीच पनि आफूले उम्मेदवारी दिने बताइन्। Continue reading “शान्ता दाङबाट सिफारिस, चुनाव जितेर देखाउने शान्ताको दाबी”

एमाओवादीद्वारा परशुरामलाई सुनसरीबाट उम्मेदवारीको सिफारिस

prasuram chaudharyकाठमाडौं- थारु अभिनेता परशुराम चौधरीलाई एकीकृत माओवादीले कोचिला राज्यबाट संविधान सभाको चुनावका लागि सिफारिस गरेको छ। थारु, मैथली, भोजपुरी, रजवंशी तथा बंगाली फिल्ममा अभिनय गर्दै आएका उनलाई पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस गरेको हो। ‘कोचिला राज्यको सुनसरीबाट थारु हिरो परशुराम चौधरीलाई सिफारिस गरेका छौं,’ सिफारिस संयोजक निर्मल बरालले भने, ‘थारु बाहुल्य क्षेत्र भएकाले उहाँलाई सिफारिस गरेका हौं।’ Continue reading “एमाओवादीद्वारा परशुरामलाई सुनसरीबाट उम्मेदवारीको सिफारिस”

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Bharat khawa-tकाठमाडौं- दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण खेल साफ च्याम्पियनसीप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपालले बङ्गलादेशलाई हराउँदै राम्रो सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गराएको हो। नेपालका लागि अनिल गुरुङले खेलको १८ औँ मिनेटमा भोला सिलवालको पासमा हेडमार्फत् गोल गरेका थिए। Continue reading “साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात”

मधेसमा प्रमुख राजनीतिक दलको चहलपहल

netaकाठमाडौं- संविधान सभा निर्वाचनको माहोल तातिरहेको बेला प्रमुख भोट बैंक मानिएको मधेसमा प्रमुख दलहरुले आफ्नो पक्षमा मत तान्ने प्रयास थालेका छन्। मधेसको भोटमा आँखा लगाएका राजनीतिक दलले मधेसकेन्द्रित विशेष अभियान र कार्यक्रम मात्रै चलाएका छैनन् कि दलका नेताहरुको एकपछि अर्को लर्को लागेको छ। Continue reading “मधेसमा प्रमुख राजनीतिक दलको चहलपहल”

निर्वाचनको विरोध गर्नेहरु जनताविरोधी हुन् : दाहाल

Del416125काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनको विरोध गर्नेहरु जनता र मुलुक विरोधी भएको बताएका छन्। एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को प्रथम एकता अधिवेशनलाई सम्बोधन गर्दै उनले जनतामा जान डराउनेहरु इतिहासको पानामा सीमित हुने र उनीहरुको नेपाली राजनीतिमा कुनै स्थान नरहने बताए। Continue reading “निर्वाचनको विरोध गर्नेहरु जनताविरोधी हुन् : दाहाल”

अष्टीमकी

sanju chaudharyसन्जु चौधरी– थारु जातिको महिलाहरुको महान पर्व अष्टीमकी हो पर्व कृष्ण जन्मअष्टमीको दिन पर्छ। यो पर्वमा विवाहित महिला, किशोरी, बालिकाहरु पनि ब्रत बस्छन्। यो पर्वको बेलामा अघिल्लो दिन र खाने चलन छ। दरमा चाहिँ घोंघी, माछा, गँगटा, अनिवार्य हुन्छ। दर चाहिँ भाले बास्नुभन्दा पहिले खाइसक्नुपर्छ यदि भाले बासेपछि खायो भने त्यो जुठो मानिन्छ। अष्टीमकी लेख्ने प्राय जसो केटा मान्छे हुन्छ। लेख्ने मान्छे पनि ब्रत बस्नेसँग दर खाएर भोकै बसेर अष्टीमकी लेखी सकेपछि मात्र खाना खान्छन्। भोली पल्ट बिहान बिहान नुहाएर ब्रत बस्ने चलन छ। Continue reading “अष्टीमकी”

बाल विवाहविरुद्ध सडक नाटक

सन्तोष दहित- दाङ- सगरमाथा सहयोगी समूहको आयोजना र एफएनसी तथा एसीसीको सहयोगमा श्री दिपेन्द्र मावि मानपुरमा बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन गरियो। पछिल्लो समयमा जिल्लाको विभिन्न ठाँउमा बाल विवाह बढ्दै गएको समाचार आएपछि सगरमाथा समूहले बाल विवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले गाँउ-गाँउमा सगरमाथा सहयोगी समूहले बाल विवाहविरुद्ध सडक नाटक प्रदशन गर्न थालेको एसीसीका काउन्सीलर ज्ञानु थापा बताए। Continue reading “बाल विवाहविरुद्ध सडक नाटक”