‘कमलरी हिंसाविरुद्ध सडक आन्दोलन गर्नुपर्छ’

सन्तोष दहित, बाँके- कमलरी सृजना चौधरीको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको विषयमा बाँकेमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कमलरी क्षेत्रमा काम गर्ने संघसस्थाबीच छलफल भएको छ। सृजना चौधरीको हत्या भएको डेढ महिना बढी भइसक्दा पनि राज्यले कुनै चासो नदेखाएकोप्रति छलफलमा खेद प्रकट गरिएको थियो। कार्यक्रममा कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिका केन्द्रीय सदस्य सन्तोष दहितले हालसम्म गरेका क्रियाकलापबारे जानकारी गराएका थिए। Continue reading “‘कमलरी हिंसाविरुद्ध सडक आन्दोलन गर्नुपर्छ’”

युरोपजस्तै युएई

europडी. विनोद- दुईचार पैसा कमाएर जिन्दगीमा केही गर्न चाहने नेपाली युवाहरूको सपनाको देश भएको छ, युएई। यहाँ राम्रो आम्दानीमात्रै हुँदैन, सामाजिक स्वतन्त्रता पनि पर्याप्त छ। ‘कतारलगायत अन्य खाडी देशभन्दा यहाँ स्वतन्त्रता र आम्दानी बढी भएकाले यहाँ आउनेको संख्या बढेको हो,’ दुबईमा कार्यरत मोरङका बाबुराम फुयाँलले इमेलमार्फत भने, ‘म पनि यहाँ आएको पाँच वर्ष भयो।’ Continue reading “युरोपजस्तै युएई”

कीर्तिपुरमे थारू कवि जमघट

tharu poetत्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुर परिसरमे थारू कविता शृङ्खलाके चौथा कार्यक्रम बैशाख २१ गते हुइल। थारू नागरिक समाजके अगुवा दिलबहादुर चौधरीके बर्का पहुनाईमे हुइल कार्यक्रममे करीब एक दर्जन स्रष्टालोग रचना सुनैलाँ। कार्यक्रममे सुशिल चौधरी, कृष्णराज सर्वहारी, बालिका चौधरी, निशा चौधरी, सिताराम चौधरी, योगेश चौधरी, राकेश चौधरी टार्जन, प्रसादु थारू, दोषहरण चौधरी, नन्दु चौधरी, खुशीराम चौधरी, शिव बहादुर चौधरी, मनोज हर्दिउला लगायत कविलोग रचना सुनैले रहिट। Continue reading “कीर्तिपुरमे थारू कवि जमघट”

लिम्बुवानको बन्द फिर्ता

झापा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले पूर्वमा आह्वान गरेको अनिश्चितकालीन आम हड्ताल स्थगित गरेको छ। परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भर्खरै एक विज्ञप्ति जारी गरी हड्ताल स्थगित भएको जनाएका हुन्। विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन गरि सरकारी कार्यालय, गाविस, नगरपालिका, निर्वाचन आयोगमा घेराउ तथा तालाबन्दी गरी चैत्र १ को कदम र मतदाता नामावली संकलन, अवैध नागरिकता वितरणको विरुद्धमा आन्दोलनलाई अझ सशक्त पारिने उल्लेख छ। Continue reading “लिम्बुवानको बन्द फिर्ता”

गुरुवा वैदवा भेलाले पहिचानसहितको संघीयता मागे

guruwa-1सन्तोष दहित, दाङ- थारु गुरुवा वैदवा महासंघको केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले अब बन्ने संविधानमा पहिचानसहितको संघीयता बनेमात्र थारु गुरुवा वैदवा, सोह्रिन्याहरुको अधिकार सुनिश्चित हुने बताएका छन्। गुरुवा वैदवा, सोह्रिन्याहरुको क्षेत्रीय सम्मेलन कार्यक्रममा चौधरीले जिल्लामा छरिएर रहेका सबै देशबन्ध्या गुरुवा, घर गुरुवा, धररिया गुरुवा, टेलडिह्वा, वैदवा, सोह्रिन्याहरु संगठित गराउने उद्देश्यले यो अभियान चलाएको बताए। Continue reading “गुरुवा वैदवा भेलाले पहिचानसहितको संघीयता मागे”

लोकमानविरुद्ध दुई घन्टा चक्काजाम

काठमाडौं- नेविसङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका संयुक्त विद्यार्थी सङ्गठनले काठमाडौँ उपत्यकाका निजी तथा सरकारी क्याम्पस आसपास क्षेत्रमा आज दुई घन्टा चक्काजाम गरेका छन्। संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्तिका लागि आइतबार गरेको सिफारिसको विरोध गर्दै ती विद्यार्थी सङ्गठनले बिहान ८ देखि १० बजेसम्म चक्काजाम तथा विरोध प्रदर्शन गरेका हुन्। Continue reading “लोकमानविरुद्ध दुई घन्टा चक्काजाम”

लिम्बुवानको बन्द चौथो दिन पनि जारी

भद्रपुर- नागरिकता वितरण तथा मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्नेलगायत पाँच सूत्रीय माग राखी मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्ले लगातार चौंथो दिन पनि हडताल जारी राखेपछि पूर्वी क्षेत्रका जनजीवन थप कष्टकर बन्दै गएको छ। पूर्वका एकहजारभन्दा बढी सार्वजनिक सवारीहरु ठप्प भएका छन, त्यसमा कार्यरत हजारौं मजदुरहरु काम नपाएर विच्चलीमा परेका छन्। मालवाहक ट्रक र ट्र्याक्टरमा कार्यरत मजदुर पनि काम नपाएपछि बेरोजगार भइ बसेका छन्। Continue reading “लिम्बुवानको बन्द चौथो दिन पनि जारी”

दुर्घटनामा तीन जनाको मृत्यु

चितवन- गएराति भएका अलगअलग सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।  पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको र रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा अर्को एक जनाको मृत्यु भएको हो। राजविराजबाट नेपालगन्जतर्फ जान आउँदै गरेको ना३ख ७९६१ नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरेमा ना११प ४५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा– २ का ४७ वर्षीय पूर्णबहादुर विक र भण्डारा– ७ का ५० वर्षीय सुकराम चौधरीको मृत्यु भएको हो। Continue reading “दुर्घटनामा तीन जनाको मृत्यु”

मिस नेपालको ‘चिसो हात न्यानो माया’

Miss Nepal Ishani Shrestha
तस्बिर : स्मृति ढुंगाना

काठमाडौं- मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले जुम्लाको दुर्गम गाउँमा आधारभूत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ‘चिसो हात न्यानो माया” भन्ने नाराका साथ यही वैशाख ३० र ३१ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको सो संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ग्रामीण भेगका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने तथा जागरण  ल्याउने उद्देश्यले स्वास्थ्य शिविरसँगै आधारभूत स्वास्थ्य सचेतना तथा महिला सशक्तीकरणसम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ। Continue reading “मिस नेपालको ‘चिसो हात न्यानो माया’”