लन्डन- बेलायतको तल्लो सदन हाउस अफ कमन्सका उप–सभामुख नाइजेल इभान्स यौन उत्पीडन र बलात्कारको आरोपमा पक्राउ परेका छन्। उप–सभामुख इभान्स समलिंगी हुन्। पक्राउपछि उप–सभामुख इभान्सले उनलाई लगाइएको आरोप पूर्णत झुटो भएको बताए। कन्जरभेटिभ पार्टीका तर्फबाट रिबल भ्याली क्षेत्रबाट सांसद निर्वाचित ५५ वर्षे इभान्सलाई दुई जना पुरुषमाथि आक्रमण गरेकोबारे प्रहरीले सोधपुछ गरेको छ। पक्राउपछि पत्रकारलाई जारी गरेको वक्तव्यमा इभान्सले उनीविरुद्ध लगाइएका घटना अविश्वसनिय भएको उल्लेख गरेका छन्। Continue reading “बलात्कार आरोपमा बेलायती संसदका उप–सभामुख पक्राउ”
Author: admin
नेपाल डिभजन ३ च्याम्पियन
अविनाशको ह्याट्रिकसँगै बहराइनविरुद्ध नेपाल १९६ रनले विजयी
काठमाडौं- मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कप अन्तर्गत बहराइनविरुद्ध आजको खेलमा अविनाश कर्णले ह्याट्रिकसहित ८ विकेट लिएपछि २ सय ६० रनको चुनौति सामना गर्न आएको बहराइन १ सय ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट क्षतिमा २ सय ५९ रन जोडेको थियो। Continue reading “अविनाशको ह्याट्रिकसँगै बहराइनविरुद्ध नेपाल १९६ रनले विजयी”
दाइजोकै कारण भ्रूण हत्या बढ्दो
सिरहा- दाइजोका कारण भ्रूण हत्या गराउने क्रम बढेको हिजो यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले दाबी गरेका छन्। उत्पीडन सरोकार मञ्ज असनपुरले ‘दाइजो हटाऔँ, सम्बन्ध बढाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरेका गोष्ठीका वक्ताहरूले दहेज प्रथा उन्मूलन नभएको कारण समाज अझै पछाडि धकेलिँदै गएकाले कडा कानुनको निर्माण र महिलालाई शिक्षित बनाउन शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। Continue reading “दाइजोकै कारण भ्रूण हत्या बढ्दो”
विषादी सेवन गरेका तीन जनाको अवस्था गम्भीर
चितवन- चितवनका छुट्टाछुट्टै स्थानमा गएराति तीनजनाले विषादी सेवन गरेका छन्। विषादी सेवन गरेका तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रत्ननगर नगरपालिका–५ का ५० वर्षीय लक्ष्मण चौधरीले विषादी सेवन गर्दा उनको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ। राति विषादी सेवन गरेका उनलाई श्रीमतीले उपचारका लागि राति नै भरतपुर अस्पताल ल्याएका हुन्। Continue reading “विषादी सेवन गरेका तीन जनाको अवस्था गम्भीर”
थाई राजदूतद्वारा जनकपुरको भ्रमण
जनकपुरधाम- नेपालका लागि थाइल्यान्डका राजदूत कानथोङ उनाकुलले आफ्नो दुई दिने भ्रमणका क्रममा आज जनकपुरको धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन गरे। थाई राजदूतको नेतृत्वमा आइतबार जनकपुर आइपुगेका चार सदस्यीय टोलीले जनकपुरमा अत्याधुनिक सुविधा भएको स्मशानघाट निर्माणका लागि स्थलगत भ्रमण गरेको छ। Continue reading “थाई राजदूतद्वारा जनकपुरको भ्रमण”
विकास निर्माणमा सबै दल एकजुट हुनुपर्छ : नेपाल
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणका काममा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंको पूर्वी भेग साँखुस्थित पुखुलाछी गाविसमा निर्माण हुन लागेको शङ्करापुर पोलिटेक्निक इन्स्टिच्युटको आज शिलान्यास गर्दै नेता नेपालले माओवादीले विध्वंसात्मक गतिविधि जारी राख्दा विकास निर्माणका काम अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताए। Continue reading “विकास निर्माणमा सबै दल एकजुट हुनुपर्छ : नेपाल”
युगान्डालाई हराउँदै नेपाल डिभिजन ३ को च्याम्पियन
काठमाडौं- बर्मुडामा सम्पन्न्न विश्व क्रिकेट डिभिजन–३ प्रतियोगिताको नेपाल समूह बिजेता बनेको छ। आइसिसीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आइतबार राति सम्पन्न फाइनल खेलमा नेपालले पाँच विकेटले युगान्डालाई पराजित गर्दै ६ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहन सफल भएको हो। Continue reading “युगान्डालाई हराउँदै नेपाल डिभिजन ३ को च्याम्पियन”
लिम्बुवानको बन्द अझै जारी, जनजीवन कष्टकर
भद्रपुर- मोर्चासम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा गरेको आमहडताल तेस्रो दिनसम्म जारी रहँदा जनजीवन कष्टकर बन्दै गएको छ। नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत शनिबारदेखि गरेको बन्दका कारण अरुण–सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सखुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी जिल्लामा नगण्य असर परेको छ। Continue reading “लिम्बुवानको बन्द अझै जारी, जनजीवन कष्टकर”
अख्तियार प्रमुखमा लोकमान नै नियुक्त
विवादास्पद छबि बनाएका लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुने निश्चित भएको छ। संवैधानिक परिषद्को आज बसेको बैठकले कार्कीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी जेठीसासु कयोदेवी यमीलाई अध्यक्ष तथा पूर्व सचिव भानु आचार्यलाई महालेखा प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ। ट्विटरमा लोकमानबारे चलेको बहस हेर्नुस्: Continue reading “अख्तियार प्रमुखमा लोकमान नै नियुक्त”
