आदिवासी जनजातिको नेतृत्व कुमाललाई

काठमाडौं- चितवनको सौराहामा भएको आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशनले तीन वर्षीय कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महास‍ंघको उपाध्यक्षमा तराईतर्फ राम अवतार मण्डल, हिमालतर्फ डण्डु शेर्पा, पहाडतर्फ सुर्यबहादुर भुजेल, भित्री तराईतर्फ तपिया दराई, महिलातर्फ रोश्नी मेचे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा पेम्बा गुरूङ भोटे र कोषाध्यक्षमा जगतबहादुर बराम विजयी भएका छन्। Continue reading “आदिवासी जनजातिको नेतृत्व कुमाललाई”

‘गाउँका हामी नर्स’

1सन्तोष दहित, दाङ- सौडियार ९ कनरियाकी सम्पत्ति चौधरीले सुत्केरी स्याहार्न थालेको २२ वर्ष पुगिसक्यो। कसैलाई सुत्केरी व्यथा लागेदेखि बच्चाको न्वारान नहुँदासम्म सुत्केरी र शिशुलाई स्याहार सुसार गर्ने जिम्मा उनकै हुन्छ। सुत्केरी कसरी गराउने? कसरी बच्चा स्याहार्ने अनि कसरी सुत्केरी स्याहार्ने भन्नेबारेमा उनले अहिलसेसम्म केही तालिम भने लिएकी छैनन्। अनुभवको भरमा उनले अहिलेसम्म सैयौं सुत्केरीहरुलाई स्याहारिसकेकी छिन।  Continue reading “‘गाउँका हामी नर्स’”

दाङ थाकसमा दुई सदस्य मनोनित

दाङ- थारु कल्याणकारिणी सभा दाङका वैठक आज घोराहीमा सम्पन्न भएको छ। सभाका सभापति तेजमान चौधरीको अध्यक्षतामा बसेको बैठकले दुई जना सदस्यलाई मनोनित गरेको छ। जसमा घोराही २ मघैका शंकर चौधरी र सौडियार २ गुरुवा गाँउका पहलमान चौधरीलाई सदस्यमा मनोनित गरेको छ। Continue reading “दाङ थाकसमा दुई सदस्य मनोनित”

आदिवासीको महाधिवेशन चितवनमा सुरु

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ। भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा सुरु भएको महाधिवेशनको आदिवासी जनजातिको आन्दोलनमा सहिद भएका सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले उद्‍घाटन गर्नुभएको थियो।  Continue reading “आदिवासीको महाधिवेशन चितवनमा सुरु”

दाङमा थारु कलाकारको भेला

सन्तोष दहित, दाङ- सधैंभरि आफ्नो काममा व्यस्त रहने दाङका थारु साहित्यकार, संगीतकार, गायक शुक्रबार एकै ठाउँमा देखिए। भेलामा साहित्यकारहरुले कविता, गजल सुनाए भने गायकले गीत सुनाए। संगीतकारले भने आधुनिक हर्मोनियमको धुन निकाले।
मोड अनेक भयो रे
मोड अनेक भयो रे
जागो रे जागो रे ककक
जागो ककक गो रे क् जागो
सुनो रे सुनो ककक
सुनो रे सुनो ककक Continue reading “दाङमा थारु कलाकारको भेला”

नेपाल युएईसँग पराजित

काठमाडौं- नेपाल एसिसी यु–१९ इलिट कपबाट बाहिरिएको छ। युएईले बायुमास ओभल मैदानमा नेपाललाई सेमिफाइनलमा ७६ रनले पराजित गर्‍यो। नेपालले टस जितेपछि आएको युएईले सोर्ये चोपराको १ सय १४ रनमा ७ विकेट गुमाई २ सय ७१ रन बनायो। नेपाल ४६.१ ओभरमा १ सय ९६ रनमा समेटियो। युएईसँग यस प्रतियोगिताको यसअघिका संस्करणमा चारै खेल जिते पनि नेपालको शुक्रबार केही चलेन्। Continue reading “नेपाल युएईसँग पराजित”

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

रत्ननगर- चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १४ जनाको मृत्युभएको छ। चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्कअनुसार एक वर्षको अन्तरालमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढी ७ जनाको मृत्युभएको छ। यस्तै हात्तीको आक्रमणबाट ६ जना र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ। Continue reading “एक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु”

जन्ती बोकेको बसले ठोक्किँदा पच्चीस घाइते

गौशाला- एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर– २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताए। Continue reading “जन्ती बोकेको बसले ठोक्किँदा पच्चीस घाइते”

सामसङ ग्यालेक्सी एसफोर नेपालमा

samsung s4सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले अघिल्लो सातादेखि नै एसफोरको बुकिङ लिइरहेको थियो। आइएमएसका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा यसको मूल्य ७१ हजार नौ सय रुपैयाँ पर्ने जानकारी दिए। Continue reading “सामसङ ग्यालेक्सी एसफोर नेपालमा”

झापा बन्दले जनजीवन प्रभावित, बन्दकर्ताद्वारा ट्रकमा आगजनी

झापा- पक्राउमा परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपा नेपालले आज झापामा अप्रत्यासित रुपमा गरेको बन्द कार्यक्रमले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र मेची राजमार्गका साथै सहायक मार्गहरुमा सार्वजनिक यातायातका साधनका साथै मालबाहक ट्रकसमेत अवरुद्ध भएका छन्। Continue reading “झापा बन्दले जनजीवन प्रभावित, बन्दकर्ताद्वारा ट्रकमा आगजनी”