अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु

film mahotsawकाठमाडौं- ‘सातौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१३’ आजदेखि सुरु भएको छ। इन्डिजिनियस फिल्म अर्काइभ (आइएफए) ले आयोजना गरेको सो महोत्सव यही वैशाख १५ गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ। महोत्सवको नारा ‘सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता’ छ। Continue reading “अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु”

विवाह रोक्न अदालतको आदेश

सर्लाही– विवाहको अन्तिम तयारी पूरा भइसकेको एउटा विवाह रोक्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। हरिपुर–४ चितायनका २२ वर्षीय विपीसिंह चौधरीलाई जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह नगर्न अन्तरिम आदेश दिएका हुन। एक श्रीमती हुँदाहुँदै दोश्रो विवाहको तयारीमा रहेका चौधरीलाई तत्काल विवाह स्थगित गर्न अन्तरिम आदेश जारी गरेको इजलास सहायक दिनेश मिश्रले नागरिकन्युजलाई बताए। Continue reading “विवाह रोक्न अदालतको आदेश”

अन्तिम लडाइँको तयारीमा मुक्त कमलरी

kamalariसन्तोष दहित, दाङ- कमलरीमाथि शृङ्खलाबद्धरुपमा भइरहेको हत्या हिंसा, बलत्कार र आगजनीविरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरी अन्तिम लडाइँको तयारीमा जुटेका छन्। गाँउगाँउ टोलटोलमा अहिले मुक्त कमलरी आफैं त्यहाँ पुगेर गाँउका महिला दिदीबहिनीलाई भेला गरी अन्तिम लडाइँमा सहभागिको लागि अनुरोध गर्न थालेका छन्। पछिल्लो चरणमा आफ्ना सहकर्मी साथी लालमटिया निवासी कमलरी सृजना चौधरीको ललितपुर जिल्ला चाकुपाटस्थित इनजिनियर युवराज पौडेलको डेरामा आगलागी मृत्यु भएको खबर पाएपछि उनीहरु अहिले संगठित हुन थालेका हुन्।  Continue reading “अन्तिम लडाइँको तयारीमा मुक्त कमलरी”

अनिजद्वारा कैलालीका पत्रकारहरुलाई सम्मान

कैलाली- नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कैलाली जिल्ला शाखा कैलालीले दुई जना पत्रकार र एउटा सञ्चारगृहलाई समावेशी पत्रकारिता सम्मान २०७० द्वारा सम्मान गरेको छ। अनिज कैलालीको दोस्रो जिल्ला अधिवेशनको अवसर पारेर जनजातिको अधिकारको सवाल तथा जातीय पहिचानसहितको संघीयताका पक्षमा समाचार प्रसारण/प्रकाशन गरेको कदर गर्दै एबीसी टेलिभिजन सुदूरपश्चिम ब्यूरोलाई समावेशी पत्रकारिता सम्मान–२०७० ले सम्मानित गरिएको हो। ब्यूरो प्रमुख प्रकाश विक्रम शाहले उक्त सम्मान ग्रहण गरे। Continue reading “अनिजद्वारा कैलालीका पत्रकारहरुलाई सम्मान”

थारू साहित्यमा मौलिक विधाको खोजी

Tharu Litrecy 2मुकेश टेंर्रा, कैलाली- देशैभर छरिएर रहेका (छिट्कल) थारू साहित्यकार आइतबार कैलालीको छुट्की पलियामा एकजुट भए। छिट्कल थारू साहित्यिक समाजले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन पवेरा गाविस–३ छुट्की पलियामा आयोजना गरेको थारू साहित्यिक उँकवार–भेट कार्यक्रममा उनीहरू जमघट भएका हुन्। उनीहरुले आफ्ना प्रस्तुतीमार्फत् सुस्ताउँदै गएको थारू समुदायका साहित्यकारहरु फेरि जुरमुराइसकेको सन्देश दिए। Continue reading “थारू साहित्यमा मौलिक विधाको खोजी”

धनगढीमा चट्याङले तीनको मृत्यु

धनगढी- गएराति हावाहुरी र वर्षासहित परेको चट्याङका कारण कैलाली र डोटी जिल्लामा गरी तीनजनाको मृत्यु भएको छ। कैलालीको मध्यक्षेत्रको बौनिया गाविस–२ मैनापोखरी गाउँका सोसुराम चौधरीको घरमा राति परेको चट्याङबाट उनकी श्रीमती अन्दाजी २६ वर्षीया टीकादेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  Continue reading “धनगढीमा चट्याङले तीनको मृत्यु”

काष्ठकलामा लालप्रसादले पाए राष्ट्रिय पुरस्कार

lal prasad chaudharyसन्तोष दहित, दाङ- घोराही नगरपालिका १ झंगवाका लालप्रसाद चौधरी काष्ठकलामा उत्कृष्ट भएका छन्। करिब एक दशकदेखि काठका विभिन्न मुर्तिहरु बनाउँदै आएका उनी काष्ठकलामा राष्ट्रिय पुरस्कार पाउन सफल भएका हुन्। वैशाख २ गते उनले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबाट नगद २० हजारसहित ताम्रपत्रको राष्ट्रिय पुरस्कार पाएका हुन्। Continue reading “काष्ठकलामा लालप्रसादले पाए राष्ट्रिय पुरस्कार”

राष्ट्रपतिद्वारा ‘कू’ प्रयासको प्रचार गलत

Ghachadarवीरगञ्ज- चुनावी मन्त्रिपरिषद्अघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपतिले चार पटक ‘कू’को प्रयास गरेको आरोपलाई खण्डन गरेका छन्। राष्ट्रपति यादवले चार पटक ‘कू’को प्रयास गरेको भनि पूर्वप्रधानमन्त्री भट्टराईले दिएको अभिब्यक्तिबारे वीरगञ्जमा सञ्चारकर्मीको जिज्ञासामा नेता गच्छदारले यस्तो बताएका हुन्। Continue reading “राष्ट्रपतिद्वारा ‘कू’ प्रयासको प्रचार गलत”