चितवनमा फेरि बर्डफ्लु भेटियो, १४ हजार कुखुरा नष्ट

रत्ननगर- चितवनमा आज बिहानसम्म बर्डफ्लु सङ्क्रमित साढे १४ हजार कुखुरा नष्ट गरिएको छ। अझै करिब ४० हजार सङ्क्रमित कुखुरा नष्ट गर्न बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो। गएरातिदेखि आज बिहानसम्म एक दर्जन प्राविधिक टोलीले सङ्क्रमित दुवै क्षेत्रमा कुखुरा नष्ट गरिरहेका छन्। Continue reading “चितवनमा फेरि बर्डफ्लु भेटियो, १४ हजार कुखुरा नष्ट”

राष्ट्रपति यादव र अध्यक्ष रेग्मीबीच भेटवार्ता

काठमाडौं- राष्ट्रपति रामवरण यादव र अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा निर्वाचनको प्रक्रियाको विरोधमा रहेका विभिन्न राजनीतिक दल र समूहसँग सरकारले अगाडि बढाइराखेको वार्ता र संवादको प्रक्रियाबारे अध्यक्ष रेग्मीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।  Continue reading “राष्ट्रपति यादव र अध्यक्ष रेग्मीबीच भेटवार्ता”

दीर्घकालीन दृष्टिकोण हुनुपर्ने : नेपाल

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति गर्ने विषयमा सम्पूर्ण राजनीतिक दलको दीर्घकालीन दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन्। बल्खु कृषि तथा तरकारी बजारले आज यहाँ आयोजना गरेको ‘रोजगारी सिर्जना तथा गरिबी निवारणमा कृषि क्षेत्रको योगदान’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करिब एक तिहाई योगदान कृषि क्षेत्रको योगदान रहेको उल्लेख गरे। Continue reading “दीर्घकालीन दृष्टिकोण हुनुपर्ने : नेपाल”

निर्वाचनको मिति चाँडै तोक्न चौधरीको माग

Surendra Chaudharyवीरगन्ज- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले आउँदो मङ्सिरमा संविधान सभाको निर्वाचन हुनेमा कांग्रेस पूर्ण विश्वस्त रहेको बताएका छन्। नयाँ वर्षको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन पर्साद्वारा यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘वर्तमान सरकार निर्वाचनका लागि नै बनेका हुनाले विधिसम्मत तरिकाले संविधानसभा निर्वाचनको मिति चाँडोभन्दा चाँडो तय गर्न सरकारसँग आग्रह गर्छु।’ Continue reading “निर्वाचनको मिति चाँडै तोक्न चौधरीको माग”

वर्तमान सरकारलाई शासन गर्ने अधिकार छैन : सापकोटा

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारलाई निर्वाचन गर्ने मात्रै कार्यादेश भएको उल्लेख गर्दै अरु विषयमा चासो राख्ने कुनै पनि अधिकार नभएको बताएका छन्। एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित प्रवक्ता–सञ्चारकर्मी भेटका क्रममा उहाँले निर्वाचन प्रयोजनका लागि गठन गरिएको सरकारले मुख्य कामलाई पर सारेर अरु विषयमा अल्झनु कुनै पनि हिसाबले ग्राह्‍य नहुने बताए।  Continue reading “वर्तमान सरकारलाई शासन गर्ने अधिकार छैन : सापकोटा”

थारू साहित्यक बगियम शर्मिला सृष्टि

Tharu Literature-1सुशिल चौधरी- लिख्ना सहजील रहट ट सब्ज लिख्ट, लिख्ना अरवर रलक मार कम मनै लिख्ठ। कवि– लेखक बन्ना रहर किही निलागठुइ, तर बहुट कम मनै जो बन पैठ लेखक साहित्यकार यी डुन्यम। बहुट मनै कठ– शब्दसे खेल्ना कलक बमगोला बारुड से खेल्ना जसिन हो। शब्द एक सुन्दर घरके सरजाम हो कलेसे बेढंगसे बेल्सलसे डुन्या उजार बनाइ स्याकठ। याकर उदाहरण के डरिया ख्वाजक लाग वट्रा कठिन नै हो। आधुनिक राज्य व्यवस्थाके इतिहासम संसारम जत्राफे विद्रोह हुइल बा, कलमके टुप्पम से सुरु हुइल बा। नेपालके इतिहास विट्ख्वार वेर फे उ तथ्य भेटाए सेक्ठी। राणाशासन कालम कृष्णलाल अधिकारी ‘मकैको खेती’ लिखल हुकिहीन उ शासनके शासकहुक्र ड्याख निसेक्ल, जेल डार्क ज्यान लेल। २०२८ सालम निरकुंश पञ्चायत व्यवस्थाके विरोधम जर्मल थारू भाषक् पैल्हा पत्रिका गोचालीक् अग्वा सगुनलाल चौधरी जेल नेल खैल। आखिर सशत्र द्वन्द्वक बेला वेपत्ता जो पर्ल। हुँकाहर वाणी ओ कलम टिस्लोर रलक मार शासक हुक्र डरैल। उहमार फे कह सेक्जाइठ– कलम चलैना खतरा मोल्ना हो।  Continue reading “थारू साहित्यक बगियम शर्मिला सृष्टि”

कमलरीको जीवनशैली अझै फेरिएन

suma with father and motherगौतमबुद्ध बज्राचार्य- मुलुकबाट कमैया प्रथा मुक्ति घोषणा भएको एक दशक बितिसक्दा पनि उनीहरूको जीवनशैलीमा खासै परिवर्तन आउननसकेको तथा विकासको मूलधारभन्दा बाहिर रहेकै कारणबाट पनि उनीहरू पहिचानविहीन अवस्थामा बाँच्न बाध्य भएका छन्। कमैयाले मालिकको शोषणबाट उन्मुक्ति पाए पनि सरकारले घोषणा गरेअनुसारको जग्गा नपाउनु र पाएको जग्गा पनि खोलाबगरको भई खेतीबाली लगाउन नसकेका कारण उनीहरूले आर्थिक प्रगति गर्नसकेका छैनन्। Continue reading “कमलरीको जीवनशैली अझै फेरिएन”

‘स्थानीय गायक पनि सक्षम छन्’

गायक श्रीनिवास चौधरी
गायक श्रीनिवास चौधरी

नेपाली संगीत क्षेत्रलाई माथि उठाउन धेरै कलाकारहरुको योगदान छ। योगदान गायक श्रीनीवास चौधरीको पनि उत्तिकै छ। संगित क्षेत्रमा लागेको एक दशकमै २ सय बढी आधुनिक, हिन्दी, थारु र भोजपुरी गितमा स्वर दिइसकेका चौधरीले ४ वटा एल्वमसमेत बजारमा ल्याइसकेका छन्। कपिलवस्तुको वर्कुलपुर गाविस-१ मा २०३५ सालमा जन्मिएका चौधरी लोकसंगीतबाहेक एक कुशल प्रस्तोता र सञ्चारकर्मीसमेत हुन्। मिडिया र संगीत क्षेत्रमा सँगसँगै अगाडि बढाएका गायक चौधरी गीतसंगीत बिना बाच्न नसक्ने बताउँछन्। उनै गायक चौधरीसँगको कुराकानी: Continue reading “‘स्थानीय गायक पनि सक्षम छन्’”

बेपत्ता छोरा खोजिदिन वृद्ध आमाको अपिल

Bidhananda chaudharyकाठमाडौं– दस वर्षदेखि हराइरहेका छोरा खोजिदिन लखनीदेबी थारूले सरकारलाई आग्रह गरेकी छन्। बिहीबार राजधानीमा पत्रकार सम्मलेन गर्दै ७० वर्षीया थारूले द्वन्द्वकालमा हराएका आफ्ना ४० वर्षीय छोरा विद्यानन्द चौधरीलाई खोजिदिन राज्यसमक्ष आग्रह गरेकी हुन्। दस वर्षअघि २०५९ सालमा सप्तरी हरिहरपुर–१ मटिगढाबाट बजार जान्छु भन्दै निस्केका छोरा अहिलेसम्म सम्पर्कमा आएको छैन। सो समय माओवादी द्वन्द्वकाल जारी रहेकाले कुनै समूहले बेपत्ता पारेको शंका उनको परिवारको छ। Continue reading “बेपत्ता छोरा खोजिदिन वृद्ध आमाको अपिल”