भद्रपुर- पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आजदेखि सङ्घीय लिम्बूवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा हड्तालको घोषणा गरेपछि झापालगायत पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। पूर्वपश्चिम र कोसी राजमार्गका साथै सहायक राजमार्गमा बिहानैदेखि सार्वजनिक यातायातका साधन नगुडेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ। धनकुटा, पाँचथर र मोरङको सिमानामा पर्ने बुधबारे–६मा परिषद्का कार्यकर्ताले तस्बिरसहितको मतदाता सङ्कलनमा अवरोध गर्न थालेपछि पक्राउमा परेका करिब छ कार्यकर्ताको रिहाइको माग राखी हड्ताल गरिएको हो। Continue reading “लिम्बूवानद्वारा अनिश्चितकालीन बन्द”
Author: admin
सरस्वती चौधरी
लुटेराहरूको माझमा
डी. विनोद- गत फेब्रुअरीको पहिलो साता कोठाबाट कामका लागि कम्पनीतर्फ हिँडेका तनहुँका सन्त गुरुङ तामिल मूलको एक समूहबाट लुटिए। उनी मलेसियाको शाहलममा कार्यरत छन्। लुटेराले उनको मोबाइल लुटे। ‘जहिले पनि लुटिइने डर रहन्छ,’ उनले भने। उनलाई त्यो समूहले कुटपिट पनि गरेको थियो। Continue reading “लुटेराहरूको माझमा”
नयाँ आइफोन कस्तो?
सामसुङले ग्यालेक्सी एस फोर बजारमा ल्याइसकेपछि अब प्रविधि दुनियाँमा हलचल मच्चाउने पालो एप्पलको हो। तर, यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। प्रविधिको क्षेत्रमा हल्लाले पनि ठूलो अर्थ राख्छ। कतिपय हल्ला सही पनि साबित भएका छन् भने केही बकम्फुसे छन्। यस पटकभने हल्लाबाजहरू पनि अन्योलमा छन्। उनीहरूले अनुमानै लगाउन सकिरहेका छैनन्, आइफोनको नयाँ संस्करण अर्थात् आइफोन ६ आउँछ वा सुधारिएको संस्करण अर्थात् फाइभ एस आउँछ? Continue reading “नयाँ आइफोन कस्तो?”
भावविह्वल हुँदै मुक्त कमलरी। तस्बिर : मदन चौधरी
गंगुले भक्कानिँदै भने- मेरी छोरी जलाउनेलाई कारबाही गरियोस्
मदन चौधरी, काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समिति गठन गरेर पीडितहरु राजधानी आएका छन्। राज्यले कमलरी प्रथालाई अवैध भने पनि उचित ब्यवस्था गर्न नसक्दा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र युवतीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै समिति राष्ट्रपति र सरकार प्रमुखलाई गुहार्न राजधानी आएको हो। Continue reading “गंगुले भक्कानिँदै भने- मेरी छोरी जलाउनेलाई कारबाही गरियोस्”
गइल बरसहे घुमके हेरेबेर–१

फिलिमके चक्का घुमैहस समय कत्रा हाली घुमठ। हेर्टी हेर्टी गइल दिन, अठ्वार, महिना, बरस ओराके डोसर बरस पैला टेकठ। २०६९ साल ओराके २०७० साल पौली टेक सेकल। यी अवसरमे मै गैल बरसके अपन कुछ टीट–मिठ सम्झना बाँटक् चाहटुँ।
२०६९ के वैशाख १ गते वर्दियक सेमरहवा गाउँमे मना गैल रहे, गोचाली दिवसके वयालीसौँ बरस गाँठमे। साहित्यिक फूलरियम झुला झुल्टी यी बरसके शुरुवात हुइल रहे। डोसर रोज थारू पत्रकार संघक बर्दियक गठन कैगैल रहे। बैशाखके पैल्हा अठ्वार जो देउखर गढ्वामे इक्वेल एक्सेसके सहयोगमे दुइ दिने पत्रकारिता तालिम चला गैल रहे। Continue reading “गइल बरसहे घुमके हेरेबेर–१”
अज्ञात समूहले बुटवलमा घर भत्काएपछि…
हतियारधारी ‘गुण्डा’ले मध्यरात बस्तीमा डोजर चलाएपछि स्थानीय भागाभाग
बुटवल- हतियारधारी युवा समूहले डोजर प्रयोग गरी मध्यरातमा बुटवल–७ नेपालगञ्जरोडमा नौ घर भत्काएको छ। राति साढे दुई बजे तीन वटा डोजर प्रयोग गरी ती घर भत्काएका हुन्। झण्डै पचास युवाले सडक नियन्त्रणमा लिदै घर–घरमा पसेर पेस्तोल देखाउदै सुतिरहेका व्यक्तिहरुलाई ज्यान बचाउने भए बाहिर निस्कन भन्दै धम्क्याएर डोजर चलाएको स्थानीय बासिन्दाको भनाइ छ। Continue reading “हतियारधारी ‘गुण्डा’ले मध्यरात बस्तीमा डोजर चलाएपछि स्थानीय भागाभाग”





