काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई आज सम्मानस्वरुप हात्तीवनस्थित मेरो सिटीको अपार्टमेन्ट प्रदान गरेको छ। सङ्घले थापालाई लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गरेवापत रु ३३ लाख मूल्य पर्ने अपार्टमेन्ट प्रदान गरेको हो। विसं २०४२ सालमा जन्मेका थापा २०५८ सालमा फ्रेण्डस क्लबबाट ए डिभिजन लिग फुटबल खेलेका हुन्। यस्तै सन् २०११ डिसेम्बर ४ मा भारतको नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बङ्गलादेशविरुद्ध उत्कृष्ट गोल गर्दै उनले चर्चा बटुले भने विश्वको चर्चित गोलमध्ये पाँचौँ गोल गर्ने खेलाडीको सूचीमा समेत परेका थिए। Continue reading “सागर थापालाई अपार्टमेन्ट”
Author: admin
मन्त्रिपरिषद्द्वारा एक सय दुई नियमावली परिमार्जन गर्ने
काठमाडौं- सरकारले ‘अधिराज्य’, ‘महाराज’ जस्ता शब्दावलीहरु गणतन्त्रको मर्म र भावनाबमोजिम संशोधनका लागि आवश्यक व्यवस्था गर्न कानुन तथा न्याय मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को आजको बैठकले राजतन्त्रको अन्त्य भएको झन्डै सात वर्षपछि पनि तत्कालीन शासन व्यवस्थामा प्रयोग भएका त्यस्ता शब्दावली/वाक्यांश रहेका एक सय दुईवटा नियमावली परिमार्जन गर्ने निर्णय गरेको हो। Continue reading “मन्त्रिपरिषद्द्वारा एक सय दुई नियमावली परिमार्जन गर्ने”
राप्तीपारीका बिरामीले अब एम्बुलेन्स चढ्न पाउने
बाँके- स्वास्थ्य सेवाबाट प्रभावित बाँकेको राप्तीपारीका जनता अब सहज तरिकाले स्वास्थ्य सेवा पाउने भएका छन्। नेपाल हेल्प लाइन फाउन्डेसनले एम्बुलेन्स सेवा बिहीबारबाट सुरु गरेको हो। एम्बुलेन्स सेवाको उद्घाटन गर्न हिजो यहाँ आयोजित कार्यक्रममा संस्थाका संरक्षक बदरुद्दीन खानले एम्बुलेन्स सेवा व्यापारमुखी नभई सेवामुखी हुने बताए। एम्बुलेन्सको उद्घाटन गर्दै मेडिकल कलेजकी डाक्टर सहिन प्रवीनले अहिलेसम्म सञ्चालनमा रहेको एम्बुलेन्स सहरमुखी रहेकाले यो एम्बुलेन्सलाई गाउँमुखी बनाउन जरुरी छ भने। Continue reading “राप्तीपारीका बिरामीले अब एम्बुलेन्स चढ्न पाउने”
‘अनिजले सबैको भावना समेट्नुपर्छ’
रुपन्देही- अनिज पत्रकार संघ रुपन्देहीको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गरिएको छ। संघका निवर्तमान अध्यक्ष भीम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिलन गाहासहित सबै कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गर्दै आदीवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम बहादुर गलामीले अनिज एउटा एकल जातीय संस्था नभइ बहुजातीय संस्था भएकले सबैका भावना समेटेर अघि बढ्नुपर्ने बताए। अनिजका निवर्तमान अध्यक्ष भीम गुरुङले अनिजका अगाडि विभिन्न चुनौति रहेको उल्लेख गर्दै सम्पूर्ण आदिवाशीको हितमा बोलेरमात्र नभइ काम गरेर देखाउनुपर्नेमा जोड दिए। Continue reading “‘अनिजले सबैको भावना समेट्नुपर्छ’”
कमलरी मृत्युपछिका केही प्रश्न

मानबहादुर क्षेत्री– दाङको लालमटियाकी सिर्जना चौधरीको अघिल्लो साता ललितपुरको चाकुपाट ललितपुरस्थित मालिकको घरमा मृत्यु भयो। उनको मृत्यु मटि्टतेल छर्केर आगो लगाएर भएको समाचार सार्वजनिक भएको छ। दाङ कमलरी मुक्त जिल्ला हो। यो जिल्लामा कमलरी राख्न नपाउने र यहाँबाट पठाउनसमेत नपाउने घोषणा भएको ४ वर्ष बितिसकेको छ तर पनि यस्ता समाचार आउनुले लुकिछिपी यस्ता अवैध काम भइरहेको खुलेको छ। जबकि यस्तो घोषणा हुनुअघि दाङबाट वर्षमा ५ हजारभन्दा बढी किशोरीहरु कमलरीका रूपमा काम गर्न जिल्ला बाहिरिन्थे। Continue reading “कमलरी मृत्युपछिका केही प्रश्न”
बलात्कारीलाई झट्का दिने अन्तर्वस्त्र
चेन्नई, एजेन्सी– चेन्नईमा इन्जिनियरिङ अध्ययन गरीरहेका तीन छात्राले यौन उत्पीडन र बलात्कार रोक्न एउटा विशेष अन्तर्वस्त्र निर्माण गरेका छन्।
भारतीय सहर चेन्नईको एसआरएम विश्वविद्यालयमा अध्ययनरत तीन छात्रा मनीषा मोहन, रिम्पी त्रिपाठी र निलाद्री बसुले महिलालाई बलात्कारबाट बचाउने अन्तर्वस्त्र विकास गरेका हुन्। ती छात्राको नौलो आविष्कारका लागि उनीहरूलाई गान्धीयन यङ अवार्ड समेत प्रदान गरिएको छ। Continue reading “बलात्कारीलाई झट्का दिने अन्तर्वस्त्र”
रेकर्ड राख्दै केशरी चौधरी। तस्बिर : उदिप्तीसिह क्षेत्री
पत्रकारमाझ आशा चौधरी। तस्बिर : रासस
सविताको रेकर्ड तोडिन् केशरीले
काठमाडौं- नेपाल पुलिसकी केशरी चौधरीले बुधबार पहिलो प्रयासमा १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पाँच दिनको अभ्यासपछि ३८औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बुधबार केशरीले १५.९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाइन्। उनले एक वर्षअघि धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा एपिएफकी सविता चौधरीले राखेको १७.५ सेकेन्डको कीर्तिमान तोडिन्। ‘सुरुमा के होला भन्ने डर लागेको थियो,’ २१ वर्षीया केशरीले भनिन्, ‘नतिजा पछि साह्रै खुसी लाग्यो। खासमा मलाई टि्रपलजम्पको अभ्यासले पनि हर्डल्समा सहयोग पुग्यो।’ पुलिसको ९ महिनाको विभागीय प्रशिक्षण सकेर तीन साताअघि मात्र फर्केकी केशरीले गत साताबाट हर्डल्सको अभ्यास थालेकी थिइन्। Continue reading “सविताको रेकर्ड तोडिन् केशरीले”
आशाले भनिन्- धेरै पढेपछि ‘मैडम’ बन्छु
नेपालगन्ज- पारिवारिक अवस्था अत्यन्त कमजोर भएकी बाँके जिल्ला कोहलपुर–८ की १६ वर्षे किशोरी आशा चौधरी थारुको प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि ‘शिक्षिका’ बन्ने इच्छा छ। अहिले आठ कक्षासम्म अध्ययन गरेकी आशा बाँके युनेस्को क्लबमार्फत स्वीडेन जाने कार्यक्रममा परेपछि सञ्चारकर्मीसँगको भेटमा उनले भनिन, “म धेरै पढेपछि ‘मैडम’ बन्छु।” Continue reading “आशाले भनिन्- धेरै पढेपछि ‘मैडम’ बन्छु”

