झापाका थप दुई ठाउँमा बर्डफ्लु

भद्रपुर- झापाको थप दुई ठाउँका कुखुरामा बर्डफलु रोगको सङ्क्रमण पुष्टि भएको छ। यो समेत गरी एक सातामा झापाका विभिन्न छ ठाउँका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। भद्रपुर नगरपालिका–१० मोहम्मद राजाको घरमा पालिएका स्थानीय जातका कुखुरा र पृथ्वीनगर–५ बस्ने गङ्गा तामाङको घरमा पालिएका स्थानीय जातका कुखरामा बर्डफ्ल् पुष्टि भएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ। Continue reading “झापाका थप दुई ठाउँमा बर्डफ्लु”

सुनिता विश्वासलाई पार्टीबाट निकालियो

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालले केन्द्रीय सदस्य सुनिता विश्वास र साधारण सदस्य मन्तराम विश्वास पार्टी विरोधी गतिविधिमा संलग्न रहेको ठहर गर्दै उहाँहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। यही चैत २६ र २७ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। Continue reading “सुनिता विश्वासलाई पार्टीबाट निकालियो”

बजेटमा राष्ट्रिय प्राथमिकताका आयोजना र कृषिको व्यावसायिकीकरण

budgetकाठमाडौ- आज सार्वजनिक भएको नेपाल सरकारको पूर्ण बजेटमा उच्च राष्ट्रिय प्राथमिकतामा रहेका केही प्रमुख आयोजना निर्माणलाई प्राथमिकता दिइएको छ। यस्ता आयोजनामा रानीजमरा कुलरिया, सिक्टा, बबई र महाकाली सिंचाइ आयोजना, काठमाडौं उपत्यका सहरी सडक आयोजना, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सडक क्षेत्र विकास आयोजना, उपक्षेत्रीय यातायात यातायात अभिवृद्धि आयोजना, जिल्ला सडक सहयोग कार्यक्रम तथा चक्रपथ विस्तार छन्। बजेटमा कृषिको व्यावसायिकीकरणका लागि जोखिम न्यूनीकरण गरी माछा, पशुपक्षी र कृषि उपजमा गरिएको लगानीलाई सुरक्षित गर्न कृषकले तिरेको बिमा प्रिमियम बापतका ५० प्रतिशत रकम सरकारले बेहोर्ने जनाइएको छ।
Continue reading “बजेटमा राष्ट्रिय प्राथमिकताका आयोजना र कृषिको व्यावसायिकीकरण”

बजेटबारे निजी क्षेत्रका ब्यापारी के भन्छन्

budgetकाठमाडौं- सरकारले आव २०६९/०७० को बाँकी अवधिका लागि प्रस्तुत गरेको बजेटलाई लिएर निजी क्षेत्रका विभिन्न व्यक्तिले सकारात्मक प्रतिक्रिया दिएका छन्। बाध्यात्मक अवस्थामा सरकारले प्रस्तुत गरेको बजेट भएका कारण नयाँ योजना र कार्यक्रम कुनै पनि नभएको भन्दै गुनासो पनि व्यक्त गरेका छन्। चालु आवभित्र आज प्रस्तुत गरिएको बजेटसमेत गरी तेस्रो पटक बजेट प्रस्तुत हुनु नै दुर्भाग्य भएको भन्दै उनीहरूले आफूहरूले विगतदेखि नै पूर्ण बजेटको माग गरेको पुनः दोहोर्‍याए।  Continue reading “बजेटबारे निजी क्षेत्रका ब्यापारी के भन्छन्”

ह्याप्पी शिरुवा

तस्बिर : इकान्तिपुर
तस्बिर : इकान्तिपुर

बुद्धसेन चौधरी- शिरुवा पर्व थारुहरुको लागी महान चॉड हो । यो पर्व थारु समुदायमा अति प्राचिन काल देखी चलिआएको विश्वास गरिन्छ । यस पर्वलाई मौसम परिवर्तन अर्थात गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ । गर्मीबाट बच्नको लागी पानी को बढी भन्दा बढी प्रयोग हुने भएकोले र पानी ले सितलता प्रदान गर्ने हुनाले यसलाई जुरसितल पनि भनिन्छ । बर्मा र थाइल्यान्ड मा पनि यो पर्व यसै समयमा मौसम परिवर्तनको संकेतकोरुपमा लिइ गर्मीबाट बच्नको लगी एक अर्का लाई पानी छ्यापेर रमाइलो गरी मनाउने चलन छ । यो पर्व थारुहरुको लागि वर्षको पहिलो चॉड भएकोले यसले थारु समुदायमा बिषेश महत्व राख्दछ । Continue reading “ह्याप्पी शिरुवा”

सरकारद्वारा ४ खर्ब ४ अर्ब ८२ करोडको बजेट प्रस्तु

काठमाडौं- सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको छ। सरकारले यसअघि आएका दुई अध्यादेशहरुलाई समायोजन गरि बजेट सार्वजनिक गरेको हो। सरकारले सिफारिस गरेका बजेट सम्वन्धी तनि अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेपछि अर्थमन्त्री शंकर कोइरालाले मंगलबार राष्ट्रिय योजना आयोगको हलमा पत्रकार सम्मेलन गरी बजेट प्रस्तुत गरे। Continue reading “सरकारद्वारा ४ खर्ब ४ अर्ब ८२ करोडको बजेट प्रस्तु”

अनीज दाङको अध्यक्षमा देविका

दाङ- नेपाल आदिवासी जनजाति पत्रकार सँघ (अनीज) दाङको छैठौं अधिबेशन ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ। अनीज दाङको दाङको घोराहीमा सम्पन्न भएको छैठौं जिल्ला अधिवेशनले देविका जिएमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 
जसको उपाध्यक्षमा प्रकाश चौधरी, सचिवमा शिव घर्तीमगर, कोषाध्यक्षमा राजकुमार चौधरी, सहसचिवमा सुनिता चौधरी र सदस्यहरुमा पुनम घर्तीमगर, चुर्ण चौधरी, सरोज चौधरी र सीतल चौधरी रहेका छन्। Continue reading “अनीज दाङको अध्यक्षमा देविका”

कञ्चनपुरका थारु गाँउमा चरई पूजा

कञ्चनपुर- कञ्चनपुरका दङ्गाली थारु समुदायले आज चरई पूजाको आयोजना गरेका छन्। प्रत्येक वर्षको चैत महिनाको यसै सोमबार गाँउका सबै थारु समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई चरई पूजाको आयोजना गर्दै आएका छन्। वर्षभरीका लागि अन्न खान पुगोस, गाँउमा रोगको महामारी नहोस भनेर पूजाको आयोजना गरिदै आएको पिपलाडीका नरेन्द्र चौधरीले बताए। पूजाका लागि गाँउका घर घरबाट एक जना पुरुष र एक जना महिलाको अनिवार्य उपस्थिति रहने चलन रहेको उनले बताए। Continue reading “कञ्चनपुरका थारु गाँउमा चरई पूजा”