माधव चौधरी, दाङ- थारु समुदायका विभिन्न संगठनले वैशाख ३ र ४ गते दाङसहित ५ जिल्ला बन्द आह्वान गरेका छन्। रहस्यम तरिकाले मृत्यु भएका कमलरीको दाषी पहिचान गरी कानुनबमोजिम कारबाहीको माग गर्दै करिब दुई दर्जन थारु संगठनले बन्दको आह्वान गरेका हुन्। Continue reading “कमलरीका हत्यारालाई कारबाही माग गर्दै ५ जिल्ला बन्द घोषणा”
Author: admin
बागमती नदीमा डुबेर तीन जनाको मृत्यु
गौर- बागमती नदीमा डुबेर आज तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वसतपुर गाविसका मुरारी झाको १४ वर्षीय छोरा कृष्ण , सुशील झाको १५ वर्षीय छोरा दीपक र सुवोध झाको १४ वर्षीय छोरा रितेश रहेका छन्। नववर्षको उपलक्ष्यमा बागमती नदीमा नुहाउने क्रममा ती तीनैजना डुबेका थिए। उपचारको क्रममा तीनै जनाको गौर अस्पतालमा मृत्यु भएको पीडित परिवारले बताएका छन्। नदीमा डुबेर मृत्यु भएको अवस्थामा शवहरू गौर अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ। Continue reading “बागमती नदीमा डुबेर तीन जनाको मृत्यु”
सम्मानित तिलकराम थारु र केशरी चौधरी। तस्बिर : गीता चौधरी
केशरी र तिलकराम सम्मानित
काठमाडौं– राष्ट्रिय कीर्तिमानधारी एथलेटिक्स खेलाडीद्वय तिलकराम थारु र केशरी चौधरीलाई थारु फ्रेन्ड एसोसियसनले आइतबार सम्मान गरेको छ। नयाँ वर्ष तथा थारू समुदायको पर्व जुर शितलको अवसरमा फ्रेन्ड एसोसियनसनले तिलकलाई नगद ७७ हजार ५ सय रुपैयाँ र केशरीलाई १९ हजार ५ सय रुपैंपा प्रदान गर्यो। फ्रेन्ड एसोसिएसनका सदस्य सुरेन्द्र चौधरी पुलिसका खेलाडी तिलक र केशरीलाई खादा ओडाएर सम्मान गरेका थिए। Continue reading “केशरी र तिलकराम सम्मानित”
सिरुवामा हिलोसँग खेल्दै। तस्बिर : सोरा फेसबुक
एमाओवादी अध्यक्ष दाहाल चीन प्रस्थान
काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिका लागि हुन लागेको बताएका छन्। छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय हित र स्वार्थ अनुकूल छिमेकी मित्र राष्ट्रहरुले गरेको आर्थिक उन्नति र प्रगतिबाट फाइदा लिने गरी आफूले भ्रमणको सुरुवात गरेको जानकारी दिए। Continue reading “एमाओवादी अध्यक्ष दाहाल चीन प्रस्थान”
भुइह्यारको पुनःस्थापना हुँदै
सन्तोष दहित, दाङ- जति बेला देशमा ससस्त्र द्धन्द सुरु भयो त्यति बेला थारु समुदायको परम्परागत भुइह्यार संकटमा पर्न गयो। पछिल्लो चरणमा थारु समुदायको भुइह्यार संकटमा थारुवान डटकम लगायत विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि अहिले संकटमा परेको देउठन्वा तथा भुइह्यार निर्माणको लागि राज्यले पनि सहयोग गर्ने भएको छ। अहिले थारु समुदाय वसोवास गरिरहेको दाङका सवै गाविसमा भुइह्यार निर्माणको लागि वजेट छुत्याएको स्थानिय महटवाहरुले जानकारी दिएकाछन। Continue reading “भुइह्यारको पुनःस्थापना हुँदै”
‘गङनम स्टाइल’पछि ‘जेन्टलम्यान’
सोल, (रोयटर्स)– दक्षिण कोरियाली गायक साईले शनिबार सोल सहरमा एक भरिभराउक कन्सर्टमार्फत् नयाँ गीत ‘जेन्टलम्यान’ सार्वजनिक गरेका छन्। उनको अघिल्लो ‘गङनम स्टाइल’लाई उछिन्ने अनुमान गरिएको यो गीत अनलाइनमार्फत् एक लाख ६० हजार दर्शकले प्रत्यक्ष हेरेका थिए। डेढ अर्ब चोटि हेरिएको ‘गङनम स्टाइल’ अहिलेसम्म नै युट्युबमा सर्वाधिक लोकप्रिय भिडियो हो। उक्त गीतमा संसारका ठूल्ठूला सेलिब्रिटीहरुले कम्मर हल्लाइसकेका छन्, संयुक्त राष्ट्रसंघका महासचिव बान कि–मुनले समेत। Continue reading “‘गङनम स्टाइल’पछि ‘जेन्टलम्यान’”
नयाँ वर्षको पहिलो पर्व जुडशितल
विराटनगर- नयाँवर्षको पहिलो पर्वका रुपमा पूर्वी नेपालमा थारु तथा खवास समुदायले भोलि जुडशितल पर्व मनाउँदैछन्। ठूलाले सानालाई गङ्गाजल शिरमा छर्केर र सानाले ठूलालाई खुट्टामा छर्केर आशिर्वाद लिनेदिने चलनलाई जुडशितल भनिन्छ। जुडशितलसँगसँगै आदिवासी थारु तथा खवास समुदायले प्रकृतिलाई संरक्षण गर्न बोट विरुवामा पनि पानी हाल्ने गर्दछन्। जुडशितलका दिन अर्थात् वैशाख १ गते सबैभन्दा पहिलो कूल देवताको पूजाआजा गर्ने चलनसँगसँगै यी समुदायका मानिसले विशेष रुपमा बरी, सजिवनको तरकारी र गाजी पनि खाने चलन छ। Continue reading “नयाँ वर्षको पहिलो पर्व जुडशितल”
नवनियुक्त न्यायाधीशले काम सुरु गरे
काठमाडौं- न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा नियुक्त पाँच अस्थायी न्यायाधीशले आजैदेखि कार्यप्रारम्भ गरेका छन्। कार्यबाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आज नवनियुक्त अस्थायी न्यायाधीशहरू प्रकाश वस्ती, तर्कराज भट्ट, वैद्यनाथ उपाध्याय, डा भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्तिपत्र प्रदान गर्दै आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए। Continue reading “नवनियुक्त न्यायाधीशले काम सुरु गरे”

