मुकेश टेंर्रा, कैलाली- सुदूरपश्चिम साहित्य समाजले बृहत साहित्यिक सांस्कृतिक महोत्सव आयोजना गर्न थारू ठन्व्हा (देउथान) भत्काएको खुलासा भएको छ। धनगढी नगरपालिका–५ हसनपुरको चकमेली बजारमा रहेको देउथान भत्काएर समाजले महोत्सव सञ्चालन गर्न मैदान बनाएको हो। सो मैदान बनाउने क्रममा समाजले हसनपुरका थारू समुदायको ‘दुलुवा देउता’ उखेलेर फालेको हसनपुरबासीले जनाएका छन्। Continue reading “देउथान भत्काएर सांस्कृतिक महोत्सव सञ्चालन”
Author: admin
अस्पतालमा उपचाररत राजकुमारी राना। तस्बिर : अर्जुन ओली
कांग्रेसका केन्द्रीय नेताहरू त्रिवेणीमा
कावासोती- सोमबार सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकको सबै जसो तयारी पूरा भएको छ। भेलाको तयारीका लागि कांग्रेस सभापति सुशील कोइरालासहित अधिकांस केन्द्रीय सदस्यहरू नवलपरासी आइपुगेका छन्। उनीहरू सोमबार सदरमुकाम परासीमा काँग्रेसले गर्ने आमसभाको तयारीका लागि ब्यस्त छन्। कांग्रेसले परासीमा शक्ति प्रर्दशनसहित उद्घाटनका लागि आमसभा गर्ने जनाएको छ। Continue reading “कांग्रेसका केन्द्रीय नेताहरू त्रिवेणीमा”
वैशाखमा आदिवासी फिल्म महोत्सव
काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)को सातौं संस्करण आउँदो वैशाख १२ देखि १५ सम्म काठमाडौंका राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने भएको छ। इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ रहेको छ। सातौं निफमा सहभागी हुनलाई नेपाल सहित २१ देशका छोटा/लामा फिल्म, डकुमेन्ट्री, एनिमेसन र म्युजिक भिडियो प्राप्त भएको छ। नेपालबाट २५ र विदेशबाट ६८ गरी ९३ वटा फिल्म छनोट चरणमा आइपुगेको छ। यी फिल्मबाट छानिएकाहरु महोत्सवमा प्रदर्शन गरिनेछ। Continue reading “वैशाखमा आदिवासी फिल्म महोत्सव”
सम्मान ग्रहण गर्दै थारुवान डटकमकर्मी सन्तोष दहित।
‘थाकसलाई राजनीतिबाट मुक्त गरौं’
सन्तोष दहित, दाङ- थारु कल्याणकारिणी सभालाई राजनीतिबाट मुक्त गरी विशुद्ध थारु जातिको साझा मुद्दा बनाएर अगाडि बढनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। शनिबार थारु कल्याणकारिणी सभाको १४औं जिल्ला अधिवेशमा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन्। थारु जातिको कल्याणको लागि स्थापना भएको संस्थालाई पछिल्लो चरणमा पदाधिकारीमा बस्ने व्यक्तिले संस्थाको विधानविपरीत चलेको गुनासो राखेका थिए। Continue reading “‘थाकसलाई राजनीतिबाट मुक्त गरौं’”
थारुवान डटकर्मी सन्तोष सम्मानित

दाङ- थारु कल्याणकारिणी सभा दाङ महाधिवेशनको अवसरमा थारुवान डटकमकर्मी सन्तोष दहित सम्मानित भएका छन्। थारु समुदायको भाषा, सामाजिक, राजनीतिक तथा सांस्कृतिक उत्थानका लागि कलम चालाएर महत्पूर्ण योगदान पुर्याएको भन्दै पत्रकार तथा अधिकारकर्मी दहितलाई सम्मान गरिएको थियो। थारु कल्याणकारिणी सभाको हितको लागि महत्वपूर्ण भूमिका खेलेकामा समाजसेवी दामोदर अधिकारी, सभाका पूर्व सभापति फुलमान चौधरी र एनजिओकर्मी आशमानी चौधरीलाई पनि सम्मान गरियो। Continue reading “थारुवान डटकर्मी सन्तोष सम्मानित”
थाकस दाङ अध्यक्षमा तेजमान
दाङ- थारु कल्याणकारिणीसभा दाङको अध्यक्षमा तेजमान चौधरी चयन भएका छन्। दाङमा सम्पन्न भएको १४औं जिल्ला अधिवेशमा उनी गोला प्रथाबाट निर्वाचित भएका हुन्। अध्यक्षमा रामबहादुर दहित, बुझौना चौधरी र तेजमान चौधरीको मत परिणाम बराबर आएपछि तीन जनालाई गोलाप्रथा गरिएको थियो। गोला प्रथाबाट तेजमान चौधरी परेका थिए। Continue reading “थाकस दाङ अध्यक्षमा तेजमान”
अब स्ववियु निर्वाचन मिश्रित प्रणालीमा
कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयको शुक्रबार सम्पन्न विशेषसभाले स्ववियु निर्वाचनसम्बन्धी संशोधन प्रस्ताव पारित गरेसँगै आगामी निर्वाचन यसअघिका निर्वाचनभन्दा भिन्न किसिमबाट हुने भएको छ। विगतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सम्बन्धमा विद्यार्थी सङ्गठनहरुबीच देखिएको मतभेदलगायतका कारणबाट वि.सं.२०६५ यता हुन नसकेको निर्वाचनका लागि विश्वविद्यालय सभाले हिजोदेखि बाटो खुला गरेको छ। Continue reading “अब स्ववियु निर्वाचन मिश्रित प्रणालीमा”
महासमिति बैठकबाट कांग्रेसभित्रको समस्या अन्त्य हुन्छ : कोइराला
चितवन- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसमा देखिएको विवाद महासमिति बैठकबाट अन्त्य भएर जाने दाबी गरेका छन्। शनिबार चितवनमा कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले अधिकांश समस्या हल भइसकेको र यदि कुनै समस्या भए महासमिति बैठकले टुङ्ग्याउने बताए। Continue reading “महासमिति बैठकबाट कांग्रेसभित्रको समस्या अन्त्य हुन्छ : कोइराला”

