राजकुमारीलाई बोक्सी भनेर अमानवीय कार्य गर्नेमाथि कारबाही हुने

Rajkumari rana
राजकुमारी राना

काठमाडौं- यही चैत २३ गते बिहान कैलाली जिल्लाको वेलादेसपुर गाविस–७ घुर्सुवा बस्ने ६० वर्षीया वृद्धा राजकुमारी रानामाथि बोक्सीको आरोपमा भएको अमानवीय घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ। यस घटनाप्रति मन्त्रिपरिषद्का अध्यक्ष र गृहमन्त्रीबाट गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि प्रचलित कानुनबमोजिम कडाकारबाही गर्न निर्देशन भएअनुरुप गृह मन्त्रालयले स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकेको र घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि आवश्यक छानबिन कार्य भइरहेको छ। Continue reading “राजकुमारीलाई बोक्सी भनेर अमानवीय कार्य गर्नेमाथि कारबाही हुने”

न्यायाधीश नियुक्ति वैशाखपछि

काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतमा नयाँ वर्षसँगै नयाँ न्यायाधीशको नियुक्ति गर्ने भएको छ। परिषद्को आज बसेको बैठकले मुद्दाको बढ्दो चाप र न्यायाधीशको सङ्ख्या घट्दै गएपछि न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको हो। प्रधानन्यायाधीशसहित १५ जना स्थायी र १० जनासम्म अस्थायी न्यायाधीश थप नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ। विगतमा स्थायी र अस्थायी गरी २३ जना न्यायाधीश रहेको सर्वोच्च अदालतमा हाल कामु प्रधानन्यायाधीशसहित पाँचजना मात्र न्यायाधीश रहेका छन्। Continue reading “न्यायाधीश नियुक्ति वैशाखपछि”

अब २८ वर्षसम्मका मात्र विद्यार्थी नेता

कीर्तिपुरऔ- त्रिभुवन विश्वविद्यालयको आज सम्पन्न विशेष सभाले त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा उल्लेखित स्ववियुसम्बन्धी नियम संशोधन प्रस्ताव व्यापक विवादका बीच पारित गरेको छ।मन्त्रिपरिषद्का अध्यक्ष एवम् विश्वविद्यालयका कुलपति खिलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलले सभामा नियम संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। Continue reading “अब २८ वर्षसम्मका मात्र विद्यार्थी नेता”

विदेशी मुद्रा तस्करी गर्ने एसएसपी बर्खास्त

काठमाडौं- सरकारले वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठलाई सेवाबाट आज बर्खास्त गरेको छ। विदेशी मुद्रा तस्करीमा प्रत्यक्ष संलग्नता भएको ठहर गरी उनलाई सेवाबाट बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए। गत असोज २१ गते एक करोड ५४ लाख विदेशी मुद्रा दुबईतर्फ पठाउने कार्यमा श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको ठहर गरी आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। Continue reading “विदेशी मुद्रा तस्करी गर्ने एसएसपी बर्खास्त”

परासीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २० जना घाइते

परासी-पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको माकर- ४ दाउन्नेमा आज बिहान बस पल्टिँदा एक बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार २० जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३ख ३६७८ नम्बरको बस पल्टिँदा बसमा सवार सर्लाही सल्यानपुर- १ की १ वर्षीया मन्सी यादव र रौतहट कुडिया- ६ का १८ वर्षीय रुपन बैडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। Continue reading “परासीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २० जना घाइते”

थाकसको १४औं जिल्ला अधिवेशन शनिबार

Thakasaदाङ- थारु कल्याणकारिणी सभा दाङको १४औं जिल्ला अधिवेशन चैत २४ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको छ। शुक्रबार थारु कल्याणकारिणी सभा दाङका सभापति चन्द्रप्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै सभाको १४औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। विज्ञप्तीमा दाङका सम्पूर्ण थारु बुद्धिजीवी, थारु विद्यार्थी, थारु शिक्षक, विभिन्न पार्टीका भातृसंगठनाका थारु अगुवा, नेता, मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजमा तथा सरोकारवालालाई भोलि (शनिबार) ११ बजे कर्मचारी मिलनकेन्द्र सहभागी भइदिन अपिल गरेको छ। Continue reading “थाकसको १४औं जिल्ला अधिवेशन शनिबार”

‘भिजिलान्ते’को राम्रो घुसपैठ

आधा शताब्दीको यात्रा पूरा गर्नै लाग्दा प्राविधिक हिसाबले नेपाली फिल्मले नयाँ फड्को मारेको छ। नेपालमा पहिलो पटक थ्रीडी प्रविधिमा नेपाली फिल्म हेर्न पाइने भएको छ। राजधानीका मल्टिप्लेक्स हलहरूमा स्वाद र सुगन्धबाहेक सबै अनुभूति हुने फिल्म हेरेका दर्शकका लागि थ्रीडी सामान्य लागे पनि नेपाली निर्देशक, नेपाली कलाकार र प्राविधिकले बनाएको ‘भिजिलान्ते’ले फरक स्वाद पस्कन सकेको छ। नेपाली फिल्ममा केही पनि हुँदैन भन्नेलाई युवा निर्देशक दीपेन्द्र के खनालले गतिलो जवाफ दिएका छन्।  Continue reading “‘भिजिलान्ते’को राम्रो घुसपैठ”

बोक्सी भन्दै निवस्त्र पारी वृद्धालाई दिशा खुवाइयो

उपचार गराउँदै राजकुमारी राना। तस्बिर : कान्तिपुर
उपचार गराउँदै राजकुमारी राना। तस्बिर : कान्तिपुर

धनगढी- कैलालीको बेलादेवीपुर-८ मा शुक्रवार विहान बोक्सीको आरोपमा एक बृद्धालाई दिशा खुवाई, निवस्त्र पारी गुप्तागंमा लठ्ठी घुसाउने लगायत क्रुर ढंगले कुटपिट गरिएको छ। बोक्सीको आरोपमा अमानवीय ढंगले कुटपिट गरिएकी ६५ वर्षिय बृद्धा राजकुमारी रानाको अवस्था गम्भीर छ।

धनगढी नगरपालिकासँगै जोडिएको बेलादेवीपुर-८ निवासी ६५ वर्षीया बृद्धा राजकुमारीलाई गाउँकै निरा राना, रामसिंह रानाले निर्वस्त्र पारेर दिशा खुवाई कुटपिट गरेका हुन। अमानवीय रुपमा कुटपिट गर्ने कार्यमा गाउँका अन्य ३०-३५ जनाले समेत सघाएका थिए। Continue reading “बोक्सी भन्दै निवस्त्र पारी वृद्धालाई दिशा खुवाइयो”

‘हनुमानको नाम लिएर मैदानमा’

संगीता श्रेष्ठ- मोजाभित्र कपडा हालेर बनाइएको भकुन्डो खेल्ने भरत खवास आज नेपाली राष्ट्रिय फुटबल टोलीका उम्दा फरवार्ड र स्ट्राइकर भइसकेका छन्। नेपाली फुटबलपारखीले माया गर्ने खेलाडी हुन् उनी। मोरङ, हरैचा गाविस–७, पचाममा जन्मिएका भरत एन्फा एकेडेमीका उत्पादन हुन्। 

बाल्यकालमा उनका दुई सपना थिए। एउटा– फुटबलर बन्ने र अर्को– नेपाली सेनामा भर्ती हुने। उनका दुवै सपना पूरा भएका छन्। उनी राष्ट्रिय टोलीका खेलाडी र नेपाली सेनाका सहायक सेनानी हुन्। Continue reading “‘हनुमानको नाम लिएर मैदानमा’”

प्रविधिले पनि मनायो ‘मूर्ख दिवस’

ARKive image GES004529 - Chimpanzeeतपाईंको कम्प्युटरमा क्यामरा छैन। तैपनि त्यसले फोटो खिच्नसक्छ। पत्याउनुभयो? पक्कै पत्याउनुभएन होला। त्यसपछि सफ्टवेयरले तपाईंलाई फोटो खिचेर हेर्न उक्साउँछ। क्यामरै नभएको मोनिटरले कसरी फोटो खिच्छ त? तपाईंलाई अनौठो लाग्छ। सँगै खुल्दुली पनि। कतै क्यामराविनै फोटो त आउँदैन? तपाईंको चासो पूरा गर्न पनि सफ्टवेयरको कमान्ड स्वीकार गर्न तयार हुनुहुन्छ। स्त्रि्कनमा एउटा क्यामरा देखिन्छ। त्यसपछि सटर रहेको ठाउँमा माउसले लगेर क्लिक गर्न दिएको कमान्ड तपार्इं स्विकार्नुहुन्छ। क्यामरा क्लिक भएको आवाज आउँछ। अब प्रोसेसिङको काम सुरु हुन्छ। कम्प्युटरको स्त्रि्कनमा ‘वर्किङ’ अथवा ‘प्रोसेसिङ’ को सिग्नल देखिन्छ। Continue reading “प्रविधिले पनि मनायो ‘मूर्ख दिवस’”