सोल, एजेन्सी- उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिकामाथि आणविक आक्रमण गर्ने अनुमति दिएको बिहीबार जनाएको छ। उत्तर कोरियाले आक्रमणको अनुमति दिएको बताइरहँदा अमेरिकाले भने कोरियाली क्षेत्रमा सुरक्षा सशक्त बनाउन मिसाइल रक्षा प्रणाली ग्वाम पठाएको छ। उत्तर कोरियाली सेनाले जारी गरेको वक्तव्यमा अमेरिकाको आक्रामक नीति र आणविक खतरा निमिट्यान्न पार्न ‘निर्मम अभियानको अनुमति दिइएको’ उल्लेख छ। उत्तर कोरियाली सेनाले कोरियाली प्रायद्विपमा ‘आज वा भोली’ नै युद्ध सुरु हुने जनाएको छ। Continue reading “अमेरिका हान्न उत्तर कोरियाली सेनालाई अनुमति”
Author: admin
धनगढीमा होली सकिएन। तस्बिर : मुकेश टेँर्रा
रानाथारूको ‘होरी’ अझै सकिएन (फोटो फिचर)
मुकेश टेंर्रा, धनगढी- फागु पूर्णिमाभन्दा पहिलेदेखि होली पर्व मनाउन थालेका रानाथारु समुदायमा त्यसको रौनक अझै उत्तिकै छ। फागु पूर्णिमाभन्दा पहिलेको औंसीदेखि होली वर्ष सुरु हुने रानाथारु समुदायमा पूर्णिमापछिको औंसीसम्म होली मनाउने चलन छ। पूर्णिमापछि मुर्दा होली मनाउन थालेका रानाथारु समुदायले घरघरमा ‘हट्कना’ (खुशीयाली/होली मिलन कार्यक्रम) आयोजना गरी ‘होरी’ को रौनक कायम राखेका छन्। आउँदो औंसीमा ‘खक्रेरा’ गरेपछि (सडकमा गाग्रो फुटाएर त्यसको टुक्रा घरमा ल्याएपछि) होली सकिने रानाथारु संस्कृतिका जानकारहरु बताउँछन्। पहिलेजस्तो हरेक रानाथारु गाउँमा होलीको रौनक अचेल नभए पनि ‘होरी’ (रानाथारुको होली नाच) नाच्ने क्रम रोकिएको भने छैन। Continue reading “रानाथारूको ‘होरी’ अझै सकिएन (फोटो फिचर)”
दाङकी महिलालाई बाख्रा उपहार। तस्बिर : नविन चौधरी
कमलरी हत्याका दोषीलाई कारबाही गर्न जिल्ला प्रशासनमा ज्ञापन पत्र
दाङ- कमलरी सृजना चौधरीको हत्याको घटनाको निष्पक्ष छानबिन र दोषीलाई यथासिघ्र कानुनी दायारामा ल्याउनको लागि दाङका दुइदर्जन बढी थारु संघसस्थाका अगुवाले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा सृजना चौधरीको हत्याको दोषी इन्जिनियर युवराज पौडेललाई तुरुन्त कारबाही गर, सृजना चौधरीलाई जबरजस्ती बाल श्रम र मानव बेचबिखन विपरित कमलरी बस्न पठाउने पार्वती गिरी र लालमणी शर्मालाई ३ दिनभित्र पक्राउ गर, बालश्रम ऐन २०५६ र मानव बेचबिख तथा ओसार पसार निन्यत्रण एन २०६४ कडाइपूर्वक लागू गर, लगातार हुँदै आएको बाल हत्या तथा महिला हिंसा बन्द गरलगायत माग गरिएको छ। Continue reading “कमलरी हत्याका दोषीलाई कारबाही गर्न जिल्ला प्रशासनमा ज्ञापन पत्र”
गोविन्द चौधरीले तमलोपा छाडे
काठमाडौं- पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले आफ्नो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको महामन्त्री पदबाट राजीनामा दिएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीबाट फुटेर महेन्द्र यादव नेतृत्वमा बनेको पार्टीले स्थापनाको उद्देश्यअनुरुप काम नगरेकाले राजीनामा दिएको उनको भनाइ छ। पार्टीमा जातीय बिभेद, नातावाद, कृपावादका कारण पार्टीले स्थापनाका उद्देश्यअनुसार काम नगरेको उनको आरोप छ। उनले पार्टी अध्यक्ष यादवले अवसरहरु आफूमात्रै उपभोग गरेको आरोप लगाएका छन्। Continue reading “गोविन्द चौधरीले तमलोपा छाडे”
अफगानिस्तानसँग नेपाल फेरि पराजित
काठमाडौं- एसिसी ट्वान्टी-२० कप उपाधि अफगानिस्तानले जितेको छ। लगातार चौथो पटक अफगानिस्तानले कप जित्न नेपाललाई सात विकेटले पराजित गरेको हो। नेपालले टस हारेर ब्याटिङ गर्दै दिएको १ सय ३६ रनको लक्ष्यलाई अफगानिस्तानले १३ बल बाँकी रहँदै पूरा गर्यो। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सबै खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ। Continue reading “अफगानिस्तानसँग नेपाल फेरि पराजित”
युएईलाई हराउँदै नेपाल फाइनलमा, भोलि अफगानिस्तानसँग भिड्ने
काठमाडौं- नेपाल एसीसी ट्वान्टी-२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार मानिएका युएईलाई नेपालले ६ विकेटले पराजित गर्यो। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। Continue reading “युएईलाई हराउँदै नेपाल फाइनलमा, भोलि अफगानिस्तानसँग भिड्ने”
भरत खवास दोस्रोपटक उत्कृष्ट फर्वाड
राजधानीको दशरथ रंगशालामा जारी लिग सोमबारबाट सकिएको छ। अन्तिम खेलमा खेल अगावै विजेता बनिसकेका थ्रीस्टारलाई आर्मीले २ विरुद्ध ३ गोलले पराजित गर्यो। आर्मीका लागि अन्तिम समयमा निर्णायक गोल भरत खवासले गरे। भरतको गोलसँगै आर्मी लिगको तेस्रो स्थान पाउन सफल भयो। दोस्रो भने मनाङ यसअघि नै भइसकेको थियो। Continue reading “भरत खवास दोस्रोपटक उत्कृष्ट फर्वाड”
‘अधिकारका लागि जुनसुकै अवस्थाको सामना गर्न तयार छौं’

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीको तेस्रो जिल्ला अधिवशेन शनिबार धनगढीमा सम्पन्न भयो। सो अधिवेशनबाट महासंघका अध्यक्षमा नेपाल मगर संघका केन्द्रिय सदस्य तेज तारामीमगर निर्वाचित भए। संविधानसभाको निर्वाचन नजिकिएको बेला आदिवासी जनजाति महासंघका नेतृत्व परिवर्तन भएको छ। यसले आदिवासीका सवाललाई हेर्न दृष्टिकोण र आदिवासी जनजाति महासंघको के छ र पहिचानसहितको संघीयता र संघीयता सहितको संविधानका लागि आन्दोलित महासंघ संविधानसभाको निर्वाचनमा कसरी सहभागी भइरहेको छ भन्ने विषय कौतुहलताको विषय बनेको छ। Continue reading “‘अधिकारका लागि जुनसुकै अवस्थाको सामना गर्न तयार छौं’”

