काठमाडौं- तराईमा धुमधामले बुधबार होली मनाइँदैछ। रंगको पर्वको रुपमा मनाइने यो पर्व पहाडमा मनाएको एकदिन पछि तराईमा मनाउने गर्छ। होली देवर र भाउजुको पर्वको रुपमा पनि परिचित छ। तराईमा बसोबास गर्ने आदिवासी समुदायहरु बिहानैदेखि रंग/अबिरले होली खेल्ने गर्छन्। होली सद्भावको पर्वसमेत रहेकाले यो मानिसहरु धुमधामले मनाउने गर्छन्। Continue reading “तराईमा होली”
Author: admin
राजधानीमा होली (फोटो फिचर)
काठमाडौं- मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व आज परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ। उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाउने गरिन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। Continue reading “राजधानीमा होली (फोटो फिचर)”
माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत
काठमाडौं- प्रदीप ऐरीको ५९ र शरद भेसावकरको अविजित ३६ रनसँगै नेपालले त्रिविवि क्रिकेट मैदानमा आजदेखि सुरु एसिसी ट्वान्टी-२० को पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले पराजित गरेको छ। टस हारी ब्याटिङका लागि निम्त्याइएको नेपाली टोलीले ५ ओभरको क्षतिमा १७१ रन बनाएको थियो।
नेपालको ट्वान्टी २० मा यो दोस्रो उच्च स्कोर हो। सन् २०११ मा त्रिवि क्रिकेटको यही मैदानमा नेपालले साउदी अरेबियाविरुद्ध ५ विकेट गुमाइ बनाएको १८३ रन नेपालको अहिलेसम्मको उच्च स्कोर हो। सो खेलमा महबुब आलमले नेपालको व्यक्तिगत उच्च स्कोर ८८ रन बनाएका थिए। Continue reading “माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत”
भोलिदेखि एसिसी ट्वान्टी-२०, नेपाल मलेसियासँग भिड्ने
काठमाडौं- भोलिदेखि काठमाडौंमा सञ्चालन हुन लागेको एसिसी ट्वान्टी ट्वान्टी कप क्रिकेट प्रतियोगिताका लागि आफूहरू मैदानमा उत्रन तयार रहेको नेपाली राष्ट्रिय टिमका खेलाडीले बताएका छन्। राष्ट्रिय टिम कप्तान पारस खड्काले आज सञ्चारकर्मीसँग भन्नुभयो– हामी प्रतियोगिताको लागि मैदानमा उत्रन तयार छौं। Continue reading “भोलिदेखि एसिसी ट्वान्टी-२०, नेपाल मलेसियासँग भिड्ने”
फागु पर्व मर्यादित बनाउन प्रहरीको आग्रह
काठमाडौं- ट्राफिक प्रहरी महाशाखाले फागु पर्वलाई मर्यादितरूपमा मनाउन उपत्यकावासीमा हार्दिक अनुरोध गरेको छ। महाशाखाद्वारा प्रकाशित विज्ञप्तिमा विगतका वर्षहरूमा छानामा बसी पानी, लोला फ्याँक्दा, लखेटीलखेटी रङ पानी छ्याप्दा, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, एउटै मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्दा, हेल्मेट नलगाउँदा र सवारी साधनको छतमा बसी रङ खेल्दा दुर्घटना भई धेरैजनाको ज्यान गएको तथा गम्भीर घाइते भइ जनधनको क्षति भएको उल्लेख गरिएको छ। Continue reading “फागु पर्व मर्यादित बनाउन प्रहरीको आग्रह”
पाकिस्तान फर्किए मुसर्रफ
मिरान्साह, एएफप- पाँच वर्षदेखि स्वघोषित निर्वासनमा रहेका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफको पाकिस्तान फर्कदैछन्।
मुसर्रफले केही दिनअघिमात्र पाकिस्तान फर्किने घोषणा गरेलगत्तै तालिवानीले स्वदेश फर्किए उनको हत्या गर्ने धम्की दिएका थिए । पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा भाग लिन स्वदेश फर्कने घोषणा गरेका ६९ वर्षीय मुसर्रफले आफू जुनसुकै खतरा सामना गर्न तयार भएको बताएका छन्। Continue reading “पाकिस्तान फर्किए मुसर्रफ”
कञ्चनपुरमा छोक्रा नाच। तस्बिर : राजेन्द्रप्रसाद पनेरु
थारू गुर्वाको ज्ञान
कृष्णराज सर्वहारी- विभिन्न समुदायमा स्वास्थ्य उपचारका लागि परम्परागत पद्धति यद्यापी छ। त्यस्तै थारू समुदायमा हालसम्म गुर्वा तथा बैडवा स्वास्थ्य उपचारको संवाहक मानिन्छन्। गुर्वाको खास विशेषता, उसलाई आदर गरिने कारण भनेको उसमा निहित मन्टर ज्ञान हो। यहाँ थारू गुर्वाहरूको परम्परागत उपचारपद्धति तथा बैडवाहरु (वैद्य) को जडिबुटी ज्ञानबारे चर्चा गरिन्छ। Continue reading “थारू गुर्वाको ज्ञान”
रहेनन् हास्यकलाकार गोकुल
अर्जुन राजवंशी, झापा- हास्यकलाकार गोकुलप्रसाद राजवंशीको आइतबार निधन भएको छ। झापा घैलाडुब्बा–७ निवासी राजवंशीको बिहान २:३० बजे ६९ वर्षको उमेरमा निधन भएको हो। चित्रकला, मूर्तिकला, साहित्यकला र हास्य कलाकारको रुपमा परिचित राजवंशी पछिल्ला वर्षमा ब्लड प्रेसर र मुटुको रोगबाट पीडित थिए। २०१८ सालमा झापाको राजगढमा तात्कालीन राजा महेन्द्रको तथा २०३३ सालमा झापाकै चन्द्रगढीस्थित कलबलगुढीमा पूर्वराजा वीरेन्द्रको सवारी हुँदा उनी विशेष हास्य व्याङ्ग्य प्रस्तुति देखाएर पुरस्कृत भएङ्का थिए। Continue reading “रहेनन् हास्यकलाकार गोकुल”
खेलकुदमा फोरम लोकतान्त्रिक
कमल खत्री, काठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले खेलकुदमा भातृ संगठनको प्रवेश गराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शुक्रबार फोरमले नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंघको औपचारिक घोषणा गरेको थियो। नेपाली खेलकुदमा भातृ संगठन विस्तार गर्ने फोरम पहिलो पार्टी भने होइन। खेलकुदमा भातृ संगठन प्रवेश गराउने फोरम चौथो पार्टी बन्न पुगेको छ। युवालाई आफ्नो पकडमा राख्न पार्टीहरूबीच खेलकुदमा भातृ संगठन विस्तार गर्ने क्रम बढिरहेको छ। Continue reading “खेलकुदमा फोरम लोकतान्त्रिक”
