जनकपुरधाम- आपसी सद्भाव र मेलमिलापको पर्व फागु (होली) आज यहाँ उत्साहपूर्वक मनाइँदै छ। पन्ध्र दिने परिक्रमा मेला सम्पन्न भएको भोलिपल्ट यहाँ फागु पर्व मनाइने परम्परा रहेको छ। फागु पर्वका अवसरमा महामुर्ख सम्मेलन, कवि गोष्ठी, मटकाफोड तथा एकआपसमा रङ अबिर खेल्नुका साथै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ। सांस्कृतिकका साथ वैज्ञानिक महत्व बोकेको यस पर्वमा खेलिने रङका अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्नुका साथै होलीका दहनको धुवाँबाट शीतकालजन्य रोग नास हुने र खरानीले दुष्टात्माको कुदृष्टि नपर्ने जनविश्वास रहेको छ। Continue reading “जनकपुरमा आज फागु पर्व मनाइँदै”
Author: admin
आक्रमण धम्कीबारे अमेरिका गम्भिर
वासिङटन, एजेन्सी– अमेरिकाले प्रशान्त महासागर क्षेत्रस्थित अमेरिकी सैनिक अखडामा आक्रमण गर्ने उत्तर कोरियाली धम्कीबारे गम्भिर भएको बुधबार जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जर्ज लिटलले अमेरिका कुनै पनि आपतकालीन स्थिति सामना गर्न तयारी अवस्थामा रहेको बुधबार बताएका छन्। उनले उत्तर कोरियालाई आक्रमणको धम्की नदिन आग्रह समेत गरे। प्रवक्ता लिटलका अनुसार उत्तर कोरियाको व्यवहारबाट उसैको अहित भइरहेको छ। Continue reading “आक्रमण धम्कीबारे अमेरिका गम्भिर”
कम्बोको कहानी
दश वर्षअघि कम्प्युटरमा सीडी रोम प्लेयरबाट सीडी राइटरमा अपग्रेड हुनु नै अनौठो मानिन्थ्यो। त्यसपछि आयो डीभीडी। डीभीडी प्लेयर र सीडी राइटर कम्प्युटरमा जोड्नु प्रतिष्ठाको विषय हुन थालेको थियो। कम्प्युटरमा कम्बो भन्ने शब्द नेपाली समाजमा यहीबाट सुरु हुन्छ। कम्बो अर्थात् कम्बिनेसन। एउटै डिभाइसलाई बहुआयामिक तरिकाले प्रयोग गराउन सक्नु नै कम्बोको विशेषता हो। सीडी राइटर र डीभीडी प्लेयरबाट लोकप्रिय हुन सुरु गरेको कम्बो ग्याजेट्स प्रयोगकर्ताका लागि अहिले सामान्य भइसकेको छ। प्रविधिको विकासमा कम्बिनेसनविना कुनै कुरा सम्भव छैन अब। मोबाइलमा क्यामरा, क्यामरामा थ्रीजी, स्टिल क्यामरामा भिडियो, कम्प्युटरमै क्यामरा अनि यस्तैखाले थुप्रै विशेषता! यी सबै एकै डिभाइसमा समेटिन थालेका छन्। Continue reading “कम्बोको कहानी”
हावातालमा विदेशतिर
डी. विनोद- ताप्लेजुङकी सिर्जना पाण्डे वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन्। घरेलु कामदार भएर काम गर्न उनी कतार जान लागेकी हुन्। व्यक्तिगत भिसामा कतार जान लागेकी उनलाई सरकारले लागू गरेको उमेर हदबारे त्यति जानकारी छैन। ‘सुनेकी छु, तर श्रम स्वीकृतिका लागि अहिलेसम्म केही पनि भनेको छैन। म प्रक्रियामा छु,’ उनले भनिन्। Continue reading “हावातालमा विदेशतिर”
नवनीत मिस इन्डिया
पटियालाकी २० वर्षीया नवनीत कौर ढिल्लन मिस इन्डिया २०१३ भएकी छिन्। उनले अब विश्व सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्। निर्देशक करण जोहर, अभिनेता जोन अब्राहम, अभिनेत्री असिन, कोरियोग्राफर श्यामक डाबर, क्रिकेटर युवराज सिंहसहितको निर्णायक टोलीले भारतीय सुन्दरी चयन गरेका हुन्। सहभागीलाई अन्त्यमा भोलि तपार्इंको जीवन समाप्त भयो भने तपाईंलाई सबैभन्दा पछुतो के हुन्छ भनेर सोधिएको थियो। समारोहमा बलिउड अभिनेत्री ऐश्वर्या राय, प्रियंका चोपडा र गायक सोनु निगमले आफ्ना प्रस्तुति दिएका थिए। Continue reading “नवनीत मिस इन्डिया”
कठिनाइमा नेपाल
विनोद पाण्डे- हङकङसँग घरेलु समर्थकका अगाडि पाएको पराजयले नेपाल पुनः अप्ठ्यारो स्थितिमा पुगेको छ। प्रतियोगिताको दोस्रो दिनको खेलमा सजिलै ६ विकेटले पराजित भएपछि ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाललाई एसीसी ट्वान्टी–२० को समूह चरण पार गर्नै कठिन हुने देखिएको छ। Continue reading “कठिनाइमा नेपाल”
एमाओवादीका थारु नेताद्वारा पाँच बुँदे माग
काठमाडौं– एकीकृत माओवादीका थारू नेताहरूले केन्द्रीय समितिमा आफूहरूको पनि समान सहभागिता हुनुपर्ने भन्दै पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग पूरा नगरे आउँदो १७ गते हुने केन्द्रीय समिति बैठक बहिष्कार गर्ने एमाओवादी नेतृ रामकुमारी चौधरीले बताइन्। ‘पार्टीले थारू नेताहरूलाई बाइपास गर्न खोज्दैछ,’ थारू राष्ट्रिय मुक्ति मोर्चाका सचिवसमेत रहेका रामकुमारीले भनिन्, ‘हामी केन्द्रीय सदस्यमा समावेशी खोजका हौं। Continue reading “एमाओवादीका थारु नेताद्वारा पाँच बुँदे माग”

![xf]nLsf] cj;/df cfof]hLt sfo{qmddf gfRb} o'jtLx? . tl:a/ k|bLk/fh jGt /f;;](https://archive.tharuwannews.com/wp-content/uploads/2013/03/Holi-Ktm-4.jpg)
